19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आशिष दुलाल October 21, 2010, 6:15 pm

तिम्रै हो कि या मेरो, खस्रो बानि ब्यवहार देखेँ

गान्धारी बन्छु भन्थ्यौ तर आँखा चार देखेँ

दुनियाले के के भन्लान, नसोँच्ने बानि राम्रो

अचम्मको सत्य तिमी, मलाई उसपार देखेँ

भन्थ्यौ मनमा राख्छु सधा मान्छु आपmनो मान्छे

मनबाट झिकि सुकाउने, मेरो नामको भार देखेँ

सोच्दिनौ कि किन हो या बुझ पचाउँछौ मित्र

सोच्थें ताते गर्नु पर्ला, दौडने अहंकार देखेँ

धेरै तान्थ्यौ चुडिन्थेँ, धेरै कस्यौ फेरि टुक्रे

सुताउने खाट जस्तो ब्यवस्थित मार देखेँ

रेडीयो मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।