19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कट्मिरा छेपाराहरु

कविता बिबश बिप्र October 22, 2010, 11:52 am

यसरी,

कट्मिरा कथकहरु

हरियो झारको

आगो तापेर बसिरहेछन

अनि,

भन्छन।।।

हामी पंचाग्नी तापिरहेछौ !!

र,

उद्दिप्त आगोका झिल्काहरु

अगेनाको

अक्षरेखा वरिपरि

समिधाको रक्षार्थ घुम्दाघुम्दै

चरुको भोजनमा तल्लिन रहन्छन !!

जसरी,

भोका पण्डितहरु नैबेद ग्रहण गर्दछन !!

फेरी,

क्षणिक सन्तुष्टीको अनुभुतीमा

बरालिएका

ति,

कट्मिरेहरु

थङथिला भएर घुर्दछ्न !!

लाग्छ कि,

उनिहरुले पुरै जिन्दगी खाए !!

र,

अघाए !

भोलि बिहानै शौचालयको यात्रापछि

सबै खाली हुन्छ भन्ने

किन सोच्न नसक्नु?

छेपारोजस्तो

उमंगमा रङ्ग फेरेर

रातै हुन सक्ने दोरङ्गाहरु

सदाबहार हुन कहिले सिक्नेहुन ?

अचम्म छ!

आबुधाबी, युएइ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।