मनको बारी गोड्न खोज्दा ढुङ्गा मात्र पाएँ
त्यसैले पनि पत्थरसंगै मैले प्रीत लाएँ ।
कोमल मन खोज्नु पनि मेरै गल्ती थियो
बिरही बनि किन किन दुखी गीत गाएँ ।
उज्यालो बनि सबै तिर बल्ने चाहा मेरो
बनेर औंशी आँफै भित्र सधैं सधैं छाएँ ।
झुटको खेती गर्न पनि जान्दो रै'छ मान्छे
पर्दिन भर भनि मैले आजै कसम खाएँ
मान्छेको भर पर्दा पर्दै जीवन यसै गयो
ईश्वर मेरो आफ्नो भनि मन्दिर बरु धाएँ ।