जसै बङ्गको रंग छाडेर आयें ।
तसै फागुको रंगमा म हरायें ।।१।।
विनोदको अहा आज खोज्दैछु माला ।
नपायेर सा¥है दुखी भै करायें ।।२।।
उठ्यो झोक जसै योग साघूँ कि भन्ने ।
तसै फागु खेलूँ भनी मन डुलायें ।।३।।
अबीरको पनी रंग कच्चै रहेछ ।
दसेक धार्निमा केहि बढ्तै घसायें ।।४।।
ठुलो एक झ्याँगा भरी रंग थियो ।
लुगा साथ पसी रंग पक्का जमायें ।।५।।
पर्यो फेरि झोक्का अबीरको उ माथि ।
अबीर ह्वैन मानो विभूती रमायें ।।६।।
लिये झेलि ‘मोती’ अबीरको विभूती ।
विनोदी भयी मन्त्र मैले जगायें ।।७