जहिले देखि उनको मेरो परिचय भयो
शून्य थियो दिलको खाता सय-सय भयो ।
नयनका भमराँले सुन्दर मुहार चुम्दा
मुटुभरि मीठो यादको सञ्चय भयो ।
अनायासै चाहनाका पर्दा उघारिँदा
विना रङ्गमञ्च हाम्रो अभिनय भयो ।
लोलाएका ती नजर दर्पण बनी आउँदा
रात ढल्यो खुला पलक सूर्योदय भयो ।
मौन थिए अधर बोली रहे आँखाहरू
गन्तब्यको सोँच कहाँ यात्रा तय भयो ।
भरतपुर-१२, चितवन