कुनैदिन खुल्नेछु म, तिम्रो सामुमा
दुनीया सब भुल्नेछु म, तिम्रो सामुमा ।
रोपी हेर हरियाली, मनको पाटोमा
रङ्गीचङ्गी फूल्नेछु म तिम्रो सामुमा ।
पाइलैपिच्छे दुनीयाले लडाइरहँदा
थामी हेर झुल्नेछु म तिम्रो सामुमा ।
आँखाबाट हटाउन तिम्ले खोजेनी
वरीपरी डुल्नेछु म तिम्रो सामुमा ।
चितवन