19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रदीप चापागाईं November 11, 2010, 12:59 pm

रंग फेर्छौ रातो निलो कैलो अनि अजिव छ,

संघारमै काँडेतार छ दैलो अनि अजिव छ !!

सजिलो छैन हेर मनको दाग के ले धुन्छौ,

मेटिदैन टाँसो फेरि मैलो अनि अजिव छ !!

शंका त्यो घाती हुन्छ लंका जलाउँछ रे,

पाप हो कि पुण्य भित्र थैलो अनि अजिव छ !!

गाउँछौ तिमी भने यहाँ सुन्ने त हुनु पर्‍यो,

सुनसान छ आँगन तिम्रो भैलो अनि अजिव छ !!

अलंकार देखाउँछ ऐनालाई सोधि हेर,

छल्किन्छ आधा पानी घैलो अनि अजिव छ !!

रंग फेर्छौ रातो निलो कैलो अनि अजिव छ,

संघारमै काँडेतार छ दैलो अनि अजिव छ !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।