17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत डा. नवराज सुब्बा November 12, 2010, 8:57 pm
डा. नवराज सुब्बा
डा. नवराज सुब्बा

थाहै नपाइ फक्रिएको फूल मनपर्छ

जानी जानी गरेको भूल मन पर्छ ।

वसन्तमा छरिएर मुस्काउने आशा

नशा साँच्चै लागेछ तिमी देख्छु जता

तिम्रै केशमा सिउरेको फूल मन पर्छ

जानी जानी गरेको भूल मन पर्छ ।

नसल्काऊ मुटु मेरो बल्या दियो सँगै

तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै

अझै हान तीर मलाई शूल मन पर्छ

जानी जानी गरेको भूल मन पर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।