२०१७ साल भदौ २७ गते बाग्मती अञ्चलको काठमाडौं जिल्ला, ठमेल भगवतीस्थानमा हर्षगम्भीरसिंह जिसी र डोमकुमारी जिसीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका उज्ज्वल जिसीले एम्.बी.ए. सम्मको अध्ययन पूरा गरेका छन् । २०३४ सालको अर्पण साप्ताहिकमा प्रकाशित सत्यप्रेम शीर्षक लघुकथाका माध्यमबाट आप्mनो साहित्ययात्रा प्रारम्भ गरेका जिसीले फुटकर रूपमा केही कथा र निबन्धसमेत सिर्जना गरेको पाइए पनि उनको सिर्जनाको मुख्य क्षेत्र कविता नै रहेको छ । कविताका पनि आख्यानात्मक स्वरूप नभएर गीत, गजल र मुक्तकजस्ता प्रगीतात्मक संरचनाका कविताको सिर्जनामै यिनको लेखनी केन्द्रित रहेको देखिन्छ । थुप्रै कविताकृतिको सिर्जना गरी समसामयिक नेपाली कविताका फाँटमा आप्mनो नाम उज्ज्वल पारिसकेका जिसीका हालसम्म निम्नलिखित कविताकृतिहरू प्रकाशित छन् ः
श्रद्धाकुसुम (२०४३, कविता),
समर्पण (२०४४, कविता),
पुष्पाञ्जली (२०४५, कविता),
कालो बादल (२०४५, मुक्तक),
कक्टेल (२०४६, कविता),
मनका तरङ्गहरू (२०४८, कविता, गीत, गजल, मुक्तक),
बाललहरी (२०४९, बालकविता),
चस्किदिन्छ मुटु (२०५५, गीत),
नखोज आँसु बर्साउन (२०६१, गजल),
झिलिमिली तारा (२०६५, बालकविता)
उपर्युक्त पुस्तककाकार कृतिहरूका अतिरिक्त विभिन्न पत्रपत्रिकामा प्रशस्त रचनाहरू प्रकाशित गरिसकेका उज्ज्वल जिसीका कतिपय गीत र भजनहरू रेडियो नेपालबाट स्वरबद्ध भएका छन् भने कतिपय छायाङ्कितसमेत भई टेलिभिजनबाट प्रसारित भएका छन् । आप्mनै स्वर तथा सङ्कलनमा एक दर्जनजति लोकगीतहरू रेडियो नेपाल तथा टेलिभिजनबाट प्रसारित गरिसकेका जिसीले बदलिँदो आकाश, आदर्श नारी, कान्छीजस्ता नेपाली चलचित्रका साथै नेपाली–पाकिस्तानी भाषामा निर्मित हामी एक हौं, ममताजस्ता चलचित्रहरूमा अभिनयसमेत गरेका छन् । बाल सरगम मासिकको सम्पादन गरी यिनले आपूmलाई सम्पादक व्यक्तित्वका रूपमा समेत उभ्याएका छन् ।
विभिन्न साहित्यिक गोष्ठी र सम्मेलनहरूमा सहभागिता जनाउन विशेष रुचि राख्ने उज्ज्वल जिसीको शिवपुरी साहित्य समाज, हीराबहादुर खड्का साहित्य प्रतिष्ठान, युगान्तर पुस्तकालय, नुवाकोट साहित्य प्रतिष्ठान, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, डायमन शमशेर राणा साहित्य प्रतिष्ठानजस्ता विभिन्न संस्थाहरूमा समेत संलग्नता रहेको देखिन्छ । यी विभिन्न साहित्यिक सङ्घसंस्थाहरूमा प्रत्यक्ष संलग्न रहँदै आएका जिसीले काव्य सिर्जनालाई पनि निरन्तरता दिइरहेका छन् । बेलाबखत विभिन्न कविता प्रतियोगिताहरूमा पुरस्कृत भइसकेका उज्ज्वल जिसी हालसम्म निम्नलिखित पुरस्कार र सम्मानबाट पुरस्कृत एवं सम्मानित भइसकेका छन् ः
राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८),
जमर्काे बालसाहित्य पुरस्कार (२०६०),
बालमन्दिर साहित्य सम्मान (२०६२),
हीराबहादुर साहित्य साधना पुरस्कार (२०६२),
राष्ट्रिय एकता तथा शान्ति सम्मान (२०६२),
बी.डी. त्यागी स्मृति पुरस्कार (२०६३),
युगान्तर साहित्यिक वर्ष पुरस्कार (२०६३),
तन्नेरी प्रतिभा सम्मान (२०६३),
राष्ट्रिय नागरिक सम्मान (२०६४),
नागरिक सेवा सम्मान (२०६४) आदि ।
नेपाली कविताको उत्तरवर्ती चरण÷समसामयिक धारा प्रारम्भ (२०३६) कै हाराहारीदेखि कविता सिर्जनातर्पm उन्मुख भई हालसम्म थुप्रै कविता, मुक्तक, गीत, गजलको सिर्जना गरिसकेका उज्ज्वल जिसीले नेपाली कविताका फाँटमा कवि, मुक्तककार, गीतकार, गजलकार व्यक्तित्वको निर्माण गरी आप्mनो पहिचान बनाइसकेका छन् । नेपाली कविताको पछिल्लो समयमा निर्मित उनको काव्यात्मक पहिचानलाई थप ओजिलो तुल्याउन प्रस्तुत कविता सङ्ग्रहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिन सकिन्छ ।
उज्ज्वल जिसीको निरीह समयमाथि शीर्षक प्रस्तुत सङ्ग्रहमा प्रगीतात्मक संरचनामा आबद्ध पैंतीसवटा गद्यकविता सङ्कलित छन् । यीमध्ये कतिपय विभिन्न पत्रपत्रिकामा पूर्वप्रकाशित र धेरजसो यसै सङ्ग्रहमा समाविष्ट गरिएका रचना हुन् । यस सङ्ग्रहभित्रका सबैजसो रचनाहरू छोटो आयामकै भए पनि तिनलाई चिह्नाङ्कित रूपमा विभिन्न भागमा विभाजन गरिएको छ । यसप्रकारको विभाजन धेरजसो पङ्क्तिपुञ्जमा आधारित भए पनि त्यसमा समानुपातिकता र एकरूपता भने पाइँदैन । झट्ट हेर्दा यसमा सङ्कलित कविताहरूमा विषयगत विविधता देखिए पनि समग्रमा यस सङ्ग्रहका रचनाहरू वर्तमान युगीन बेथितिजन्य सन्दर्भमा केन्द्रित छन् र यिनमा मूलभावका रूपमा कुनै न कुनै ढङ्गबाट राष्ट्रियता र देशप्रेमको भावाभिव्यञ्जना भएको देखिन्छ ।
यस सङ्ग्रहमा सङ्कलित रचनाहरूमध्ये कतिपयको शीर्षकीकरण कविताको अन्तिम पङ्क्तिबाट, कतिपयको अन्य कुनै पङ्क्तिबाट र कतिपयको कवितामा अप्रयुक्त पङ्क्तिबाट गरिएको छ । कतिपय कविताको शीर्षक हेर्नेबित्तिकै मूलभावको आँकलन गर्न सकिने स्थिति रहेको छ भने कतिपयको कविता पढिसकेपछि मात्र भावबोध हुने स्थिति रहेको छ । कतिपयको सोभैm र कतिपयको सङ्केतात्मक वा प्रतीकात्मक रूपमा शीर्षकीकरण गरिएको पाइए पनि सबैजसो रचनाको शीर्षक सामञ्जस्यमूलक र सार्थक रहेको देखिन्छ । सबै कवितालाई समेट्ने यस सङ्ग्रहको मूल वा छाताशीर्षक निरीह समयमाथिले नै समग्र कविताको मूल भावभूमिलाई समेटेको हुँदा त्यो अझ बढी सार्थक र औचित्यपूर्ण रहेको छ । कविताको मूलभावलाई प्रायः शीर्षककै परिवृत्तमा घुमाएर प्रस्तुत गरिएका यिनका सबैजसो कवितामा पाठकलाई सोभैm कथ्यतर्पm अभिमुखीकृत गर्दै मूल विषयवस्तुको प्रस्तावना र त्यसको सामान्य विस्तार गरी पुष्टीकरणका साथ निष्कर्षणमा पुग्ने प्रवृत्ति पाइने हुँदा कविताको सङ्गठन व्यवस्था पनि कसिलो बन्नपुगेको देखिन्छ ।
उज्ज्वल जिसीका कवितामा सङ्कटापन्न÷गुम्दो राष्ट्रिय अस्मिता र विपत्ति एवं देशमा व्याप्त अशान्ति र हत्याहिंसाप्रति चिन्ता व्यक्त गर्दै आन्तरिक कलह त्यागेर एक हुने चाहना र देश जोगाउने आह्वानका साथ राष्ट्रप्रेमको भावना छताछुल्ल भएर पोखिएको छ । अभावग्रस्त, निरीह र विवश जिन्दगीको चित्रणका साथै परिदग्ध एक्काईसौं शताब्दीका विसङ्गत र विकृत यथार्थको चित्रण पाइने यिनका रचनामा कुनै न कुनै ढङ्गले राष्ट्र र राष्ट्रप्रेमको भावना मुखरित भएको पाइन्छ । आपसी मेलमिलाप र सद्भाव कायम गर्न आग्रह गरिएका यिनका रचनामा नेपालीत्व हराएकोमा चिन्तासमेत व्यक्त गरिएको छ । वर्तमान नेपालको अशान्त, अस्तव्यस्त, विखण्डित अवस्थाको यथार्थमूलक चित्रणका साथ एकताको आह्वान पनि यिनका रचनामा अभिव्यञ्जित छ । उदाहरणका रूपमा तलका कवितांश हेरौं ः
(१) हिमाल, हिमालजस्तो छैन
पहाड, पहाडजस्तो छैन
तराई, तराईजस्तो छैन
हत्या र हिंसाको ज्वालामुखी फुट्दै
त्रासको अन्धकार बनेको छ देश
+ + +
कौरव र पाण्डव बनेर दाजुभाइ
राष्ट्रियता ढल्मलाउँदै छ
गृहयुद्ध सल्बलाउँदै छ
ए हजुर ∕
के हामी नेपाली हैनौं र
हाम्रो रगत नेपाली होइन र ?
(एकादेशको कथा होइन) ।
(२) स्वयम्भू आकाशमा
शान्ति धुमिल छ
हिंसा बलवान छ
लोकतन्त्र लुकेको छ
छाडातन्त्र फुकेको छ
सर्वत्र
बिडम्बना झाङ्गिएको छ
मेरो देशमा
न सुरक्षित छ बाँच्ने चाहना
न असुरक्षित छ मार्ने चाहना
न नेपाल भन्ने कोही छन्
तर
हाम्रो हिमाल भन्ने धेरै छन्
हाम्रो पहाड भन्ने धेरै छन्
हाम्रो तराई भन्ने धेरै छन्
हो महाशय ∕
सिङ्गो नेपाल हाम्रो भन्न
हिमाल÷पहाड÷तराई
मुटुमा गुथ्दै
सपथ खानुपर्छ
हामी नेपाली हौं भन्ने ।
(कोक्याउने वर्तमान) ।
समानता, स्वतन्त्रता र भ्रातृताको पृष्ठपोषण गरिएका उज्ज्वल जिसीका कवितामा नेपाल आमाको क्रन्दनपूर्ण पुकारको पनि कवितात्मक प्रस्तुति पाइन्छ । लोपोन्मुख राष्ट्रप्रेम, स्वाभिमान र राष्ट्रिय अस्तित्वको चित्रण गर्दै स्वेच्छाचार, दुराचार, अत्याचार र अमानवीयताले जकडिएको वर्तमानलाई नेतृत्व दिनसक्ने महापुरुषको आवश्यकताबोध भएको अभिव्यक्ति पनि यिनका कवितामा गरिएको छ । अन्याय, अत्याचार, भ्रष्टाचार, एकाधिकार, अराजकता, अविश्वास, असमानताका कारण लोकतन्त्र झुल्किएको तर यो पनि विकृति नै विकृतिले गाँजिएको यथार्थ पनि यिनका कवितामा चित्रित छ । अन्यायी, अत्याचारी, दुराचारी र घिचुवा लोकतन्त्रे नेताहरूका दुष्चरित्रको चित्रण गरिएका यिनका रचनामा गिर्दाे मानवीय स्वाभिमान र मानवताको चित्रण पनि गरिएको छ । देशमा अद्यावधि व्याप्त अशान्ति र विकृत परिस्थितिमा समेत नियमकानुनका निर्माता भनिएका तथाकथित हाम्रा नेताहरू सीमित घेराबाट माथि उठ्न नसकेको यथार्थ पनि कवितामा अभिव्यञ्जित छ । उदाहरणका रूपमा तलको कवितांशलाई लिनसकिन्छ ः
शान्ति सुरक्षाका काला आवरणभित्र
खुँडाखुकुरी तरबार
बम बारुद र गोलीहरू अभैm
जनाज्ञा सल्काउँदै नाच्न छोडेका छैनन्
नियम र कानुन ओकल्ने मूर्तिहरू
नाङ्गा भुतुङ्गा बन्दै लाजले
लुकेका छन् सिंहदरबारभित्रै कविज्यू ∕
(खै के कविता लेखूँ कविज्यू ?) ।
मनोमालिन्यको भुँमरीमा जाकिएका हामी नेपालीहरू निर्धक्क भएर बाँच्न नसकिरहेको अनि नयाँ नेपालको कल्पना कल्पनामै सीमित रहेको, राष्ट्रिय अखण्डतासमेत सङ्कटापन्न स्थितिमा गुज्रिरहेको अनि हाम्रो स्वाभिमान पनि छिन्नभिन्न भई जताततैबाट अतिक्रमणले आक्रान्त भइरहेको वर्तमान युगीन नेपालको चरम बेथितिको चित्रण उज्ज्वल जिसीका कवितामा मार्मिक ढङ्गले गरिएको छ । वर्तमानमा व्याप्त अशान्ति वा मुर्दाशान्तिलाई बिउँताउने सङ्कल्प र आग्रह गरिएका यिनका कतिपय रचनामा राष्ट्रिय एकता, जातीय एकता, आपसी मेलमिलाप र सद्भावका साथ नेपालीत्वको जगेर्ना गर्न हत्याहिंसाको अन्त्य गरी शान्ति फुलाउने आग्रह गरिएको छ, जस्तै—
नेपालमा जन्मेका
हामी नेपाली
नेपाल रुँदा
हामी सबै रुनुपर्छ
सङ्कटका घडीमा
हामी एकै हुनुपर्छ
एक भाइको मृत्युमा
अर्काे भाइ हास्नु हुन्न
एक भाइको पीडा हेर्दै
अर्काे भाइले रमाउनु हुन्न
+ + +
मानिसले बनाएको जात
फरक भए पनि
हामी नेपाली हौं
हाम्रो देश नेपाल हो
हामीले अब
लुम्बिनी बगैंचामा
विश्वास आत्मीयता
सद्भाव र अनुशासन फुलाउँदै
आस्थाको सगरमाथा
जोगाउनु पर्छ
हत्या र हिंसाको
बादल सुकाउनु पर्छ
(मेरा बाबाका कुराहरू) ।
उज्ज्वल जिसीका कवितामा आस्था र विश्वासमा धमिरा अनि सत्यमा खिया लाग्न थालेपछि मान्छेले मान्छेलाई मान्छे नदेख्ने चरम अमानवीय स्थिति आई समयको गतिसमेत उल्टो हुनसक्ने भावाभिव्यक्ति पाइन्छ । सहिदलाई सम्झेर संयमित रूपमा अगि बढ्दै आततायीहरूलाई समाप्त गर्नुपर्ने भावसमेत यिनले आप्mना कतिपय कवितामा व्यक्त गरेका छन् । जीवनभर बेवास्ता गर्ने र मृत्युपछि समवेदनारूपी औपचारिकता व्यक्त गर्ने वृत्तिप्रति यिनका रचनामा समवेदनाले घाउ निको हुँदैन भन्दै आक्रोश व्यक्त गरिएको छ । लोकतान्त्रिक आन्दोलनका अपाङ्गहरूको क्रन्दनको अभिव्यञ्जना पाइने यिनका कतिपय कवितामा आक्रोशको स्वरसमेत मुखरित भएको छ । देश र जनताका लागि प्राणोत्सर्ग गर्ने सुरक्षाकर्मी÷सिपाहीको महिमागान पनि यिनका रचनामा पाइन्छ । उदाहरणका रूपमा तलको कवितांश हेरौँ ः
देश र जनताका लागि
ऊ प्राणोत्सर्गी बाघ हो
आइलाग्ने वैरीका लागि
ऊ कर्काेटक नाग हो
+ + +
शरणको मरण नगर्ने
सत्यको हरण नगर्ने
ऊ बुद्ध पनि हो
ऊ युद्ध पनि हो
अर्थात् ऊ सिपाही हो
हो छोरी, ऊ सिपाही हो ।
(हो छोरी, ऊ सिपाही हो ) ।
उज्ज्वल जिसीले आप्mना विश्वासभित्रको यथार्थ, लज्जित छुजस्ता विभिन्न कवितामा युगीन विसङ्गत यथार्थप्रतिको चिन्ता र अशान्तिप्रतिको गम्भीर जिज्ञासाका साथ शान्तिको कामना गरेका छन् । यिनका कवितामा मित्र ठानिएकामा समेत मित्रताको अभाव रहेको अनि विश्वास, आत्मीयता, नैतिकताजस्ता पक्षहरू समाप्त हुँदै गई अविश्वास, वैमनस्य, अनैतिकता आदि विकसित भइरहेको चित्रण पनि पाइन्छ । यति मात्र होइन वीरताको महिमागान, मानवीय स्वार्थीवृत्तिप्रति कटाक्ष, मित्र सोचिएकाहरूबाट व्यक्त गरिने इष्र्याबाट उत्पन्न पीडालाई समेत यिनले कवितात्मक बान्कीमा उनेका छन् । यिनका कवितामा दास मनोवृत्तिको अभिव्यक्ति पनि पाइन्छ । उदाहरणका रूपमा तलको कवितांशलाई लिनसकिन्छ ः
हामी
सत्य बिर्सँदै
न्याय बिर्सँदै
बन्छौँ एक ‘तालिमे कुकुर’ जस्तै
विवेक र चेतना
पुच्छरमा हल्लाउँदै
मालिकको स्याबासी
पाउने होडमा
आपैmँले आपैmँलाई
लिलामी तुल्याउँदै
(दास) ।
आँखा अथवा दृष्टिलाई विशेष महत्व दिई तिनकै कारणबाट विकसित विज्ञानको अभिशापको वर्णन गर्दै मान्छेले अरू जेसुकै गरे पनि मृत्युसँग भने निरन्तर पराजित भइरहेको कटुसत्यलाई पनि उज्ज्वल जिसीले आप्mना कवितामा अभिव्यक्त गरेका छन् । यिनले सल्कँदो चुरोट र सल्कन बाँकी मान्छेका जीवनको तुलना गर्दै ती दुईका बीचमा साम्य दर्साएका छन् । मानवीय जीवनमा सुख र दुख चक्रवत् घुमिरहने र समय पनि परिवर्तन भइरहने सन्दर्भ वर्णनका साथै परिवर्तनशील समयको महिमागान पनि यिनका कवितामा पाइन्छ । असीमित मानवीय इच्छाआकाङ्क्षाको चित्रण पनि यिनले आप्mना कवितामा गरेका छन् । उदाहरणका रूपमा तलको कवितांशलाई हेरौं ः
हजारपतिलाई
लाख करोडको भोक
करोडपतिलाई
अरब खरबको भोक
+ + +
खरदारलाई सुब्बा हुने भोक
सुब्बालाई अधिकृत हुने भोक
अधिकृतलाई
झन्झन् माथि पुग्ने भोक
कसैलाई
पाटीपौवा, मठमन्दिर
बनाउने भोक
कसैलाई मन्दिरका मूर्तिहरू बेच्ने भोक
(यस्तैयस्तै भोक) ।
यसरी विभिन्न विषयवस्तुलाई कुनै न कुनै प्रकारले वर्तमान नेपालको यथार्थ स्थितिसँग गाँसेर राष्ट्रवादी भावनाका साथ प्रस्तुत गरिएको उज्ज्वल जिसीको यस कृतिमा सङ्कलित रचनामा वर्तमान नेपालको जीवन्त चित्र खिचिएको छ । परिवेश चित्रणका सन्दर्भबाट स्थान र समयको स्पष्ट उल्लेख नगरिए पनि कवितामा वर्णित कथ्यका आधारमा वर्तमानकालीन नेपाललाई जनाउने यस कृतिका रचनामा वातावरणको चित्रण सकारात्मक र नकारात्मक दुवै कोणबाट गरिए पनि सकारात्मक पाटाकै प्रबलता भेटिन्छ । वर्तमान युगीन नेपालको विशेषतः राजनैतिक क्षेत्रमा व्याप्त विसङ्गत यथार्थको प्रकटीकरण गर्ने उद्देश्यबाट अभिप्रेरित यस कृतिमा प्रथमपुरुषभन्दा बढी तृतीयपुरुष सर्वज्ञ दृष्टिबिन्दुको प्रयोग गरिएको छ । राष्ट्र अधोगतितर्पm लागेकोमा चिन्ता व्यक्त गर्दै अग्रगतितर्पm लम्कनु पर्छ भन्ने मूल विचार अगि सारिएका यिनका रचनामा सूक्ष्म व्यङ्ग्य र सुधारोन्मुख दृष्टिकोण पनि प्रस्तुत गरिएको छ । यिनका कतिपय कवितामा भूपीको झझल्को पनि भेटिन्छ ।
प्रस्तुत कविता सङ्ग्रहका सबैजसो रचनामा अत्यन्त सरल, सहज र प्रभावपूर्ण भाषाशैलीय विन्यास पाइन्छ । कवितामा अथ्र्याउन जटिल हुने खालका शब्द, बिम्ब, प्रतीक, मिथ आदिको प्रयोग नगरी गम्भीर भावलाई पनि सबैजसोले बुझ्ने र आस्वादन गर्नसक्ने ढङ्गले प्रस्तुत गरिनु यस सङ्ग्रहका कविताको भाषाशैलीय विन्यासगत खास वैशिष्ट्य हो । ज्यादै सरल भाषाशैलीय विन्यासका माध्यमबाट गहन भावलाई सर्वग्राह्य र बोधगम्य ढङ्गले प्रस्तुत गर्नु यस कविता सङ्ग्रहको उल्लेख्य पक्ष हो । प्रायोजित आलाङ्कारिक विन्यास नहुँदानहुँदै पनि यस सङग्रहमा सङ्कलित मुक्तछन्दमा संरचित गद्यकवितामा समेत अन्त्यानुप्रासको स्वाभाविक आयोजन गरिएको छ । यसप्रकारको आनुप्रासिक संयोजनका साथै पुनरावृत्तीय भाषिकविन्यास र वाक्यात्मक समानान्तरताका कारण यस सङ्ग्रहका रचनाहरू स्वाभाविक रूपमा लयात्मक बन्नपुगेका छन् ।
कतिपय ठाउँमा भाषिकविन्यासगत सामान्य कमीकमजोरीहरू पाइए पनि समग्रमा भाषिक सरलता र भावगत गम्भीरता यस सङ्ग्रहका कवितामा पाइने महत्वपूर्ण विशेषता हो । गृहीत कथ्यलाई कतिपय ठाउँमा वर्णनात्मक–विवरणात्मक रूपमा अनि कतिपय ठाउँमा सम्बोधनात्मक रूपमा सहजतापूर्वक विस्तार गर्दै वृत्तात्मक पाराले समापन गरिएका यस सङ्ग्रहका कविताहरू सुबोध हुनाका साथै मर्मस्पर्शी पनि छन् । खासमा कथ्यलाई राष्ट्रवादी रङ्गमा रङ्गाएर आपैmँले भोगेका वर्तमान युगीन यथार्थको काव्यात्मक दिग्दर्शन गराउनु यस सङ्ग्रहका कविताको मूलभूत प्रवृत्ति हो । समग्रतः आप्mना अगिल्ला सङ्ग्रहहरूका सापेक्षतामा अझ बढी कवित्वपूर्ण रहेको प्रस्तुत कविता सङ्ग्रह उज्ज्वल जिसीको कवितायात्राको महत्वपूर्ण बान्कीका रूपमा देखापरेको छ ।
त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर, काठमाडौं