१. परिचय
नेत्र एटम समकालीन साहित्यमा सक्रिय प्रतिभा हुन् । उनको लेखन कविता, गजल, निबन्ध, समालोचना एवम् निवार्तामा विस्तारित छ । ‘शब्दहरूको नेपथ्य’ (२०५६), ‘उपन्यास–सिद्धान्त र नेपाली उपन्यास’ (२०५६), ‘भित्र कतै दुख्छ भने’ (२०६०), ‘समालोचनाको स्वरूप’ (२०६१) लगायत उनका दर्जनौँ कृतिहरू प्रकाशित छन् । प्रस्तुत ‘सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा’ (निवार्तासङ्ग्रह २०६२) चाहिँ पैँतीसजना नेपाली स्रष्टाहरूलाई उनीहरूकै योगदान, कृति, अनुभव, जीवनदर्शन आदिका बारेमा सर्वेक्षण गरी निर्माण गरिएको कृति हो । यो कृति समालोचनात्मक दृष्टिमा आधारित छ । नेपाली साहित्यका क्षेत्रमा नयाँ विधाको रूपमा यस कृतिले आफ्नो चिनारी दिएको छ । विभिन्न स्रष्टासँग अन्तर्वार्ता लिएर त्यसका आधारमा निबन्धात्मक स्वरूप समेत दिइएको यस कृतिलाई नेपाली साहित्यको परम्परामा ‘निवार्ता’ विधाको नयाँ नाम दिइएको छ । यसै कृतिबाट नेत्र एटमले नयाँ विधाको चिनारीसमेत दिएका छन् । नेत्र एटमले यस सङ्ग्रहमा अघिल्लो पुस्ताका स्रष्टाका विचार र वर्तमान पुस्ताका स्रष्टाको विचारलाई एकसाथ समेटेर पुस्तान्तरलाई केलाउने प्रयास गरेका छन्
२. ‘निवार्ता’ कस्तो विधा हो ?
‘निवार्ता’ विधा निबन्धको ‘नि’ र अन्तर्वार्ताको ‘वार्ता’ अंशको संयोजन गरी नेपालीमा तयार गरिएको पृथक् तथा नवीन विधा हो । वास्तवमा निबन्धको आत्मपरक गुण र अन्तर्वार्ताको संवाद अर्थात नाटकीय स्वरूपलाई यस निवार्ता विधाले आत्मसात् गरी अभिव्यक्ति र विषयवस्तुको प्रस्तुतिमा नवीनता अपनाएको देखिन्छ ।
मूलतः अन्तर्वार्ताले दुई व्यक्तिबीचका आपसी अन्तरक्रियाको प्रतिनिधित्व गर्दछ । अन्तर्वार्ताले शाब्दिक रूपमा ‘साक्षात्कारका रूपमा देख्नु र अनुभव गर्नु’ भन्ने अर्थ प्रदान गर्दछ । प्रत्यक्ष कुराकानीका माध्यमबाट कुनै व्यक्तिका विचार, भावना र दृष्टिकोण, जीवनशैली आदिलाई उजागर गर्ने माध्यमलाई नै अन्तर्वार्ताको रूपमा लिइन्छ । राजनीति प्रयोगका हिसाबले होस् या सामाजिक, सांस्कृतिक, आर्थिक, मनोरञ्जनात्मक, साहित्यिक आदि कुनै पनि क्षेत्रका विशिष्ट व्यक्तिहरूको विचार, दृष्टिकोण चाहना आदिलाई पाठकसामु सार्वजनिक गराउन पनि अन्तर्वार्ताको महŒव विशिष्ट देखिन्छ । अन्तर्वार्तामा वार्तानायक विशिष्ट वा विख्यात र महिमामय हुनुपर्दछ र त्यसले गर्दा पाठकका मनमा त्यस व्यक्तिको व्यक्तित्व, विचार, दर्शन, रहनसहन, रचनाप्रक्रिया आदिका बारेमा जिज्ञासा उत्पन्न हुने गर्दछ । अन्तर्वार्ताले तिनै पाठकको मनका कौतुहललाई शान्त पार्दछ । त्यसैले व्यक्तिका अन्तररङ्गलाई खोतलेर पाठकसामु पस्किनका खातिर अन्तर्वार्तालाई माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ र यसले दोहोरो अन्तरक्रियाको भूमिका निर्वाह गरी तथ्य सत्यलाई पाठक सामु प्रस्तुत गर्दछ ।
नेत्र एटमले आफ्नो विचारको प्रतिपादन गर्न होस् या वस्तु तथा विषय आदिको चिनारी दिन, निबन्ध विधालाई उपयोग गरेको देखिन्छ । भट्टराई (२०६४ः६३) ले निबन्धको आत्मपरकता, रेखाचित्रको विम्बात्मकता, संस्मरणको अतीतमोह, रूपकीय आलेखको नाटकीकरण, पात्रको वर्णनात्मकता, दैनिकीको विवरणात्मकता, सम्पादकीयको विश्लेषणात्मकता, भूमिकाको साङ्केतिकता, प्राक्कथनको सहानुभूतिमूलक मूल्याङ्कन, नियात्राको अनुभवात्मकता र अन्तर्वार्ताको संवादात्मक वस्तुपरकता निवार्तामा सामेल हुने तर्क दिएका छन् । त्यसैले निबन्ध र अन्तर्वार्ताको संयोजन रूपमा निवार्ता हो भन्ने बुझिन्छ तापनि प्राविधिक दृष्टिले अन्य विधाका प्रवृत्तिलाई पनि यसले संयोजन गरेको हुन्छ । यिनै भिन्न गुणको संयोजन भएको निवार्ता विधाका आफ्नै मौलिक स्वरूपहरू देखा पर्दछन् । यसले नाटक विधाको संवाद, आख्यान विधाको वर्णन, कविता विधाको विम्ब, मनोवादको एकालाप, पत्रपत्रिकाको विवरण आदि लेखनपद्धतिलाई संयोजन गरी भिन्न र रोचक खालका प्रवृत्तिहरूको समेत चिनारी दिएको पाइन्छ । निवार्ता विधाका निम्नलिखित स्वरूपहरू अथवा मौलिक पहिचानहरू देखा पर्छन् ः
निवार्ता आत्मपरक र कलात्मक लेखन हो ।
यसले व्यक्तिसँगका बाह्य र आन्तरिक दुबै पक्षलाई अन्तरक्रियामार्फत प्रस्ट पार्दछ ।
यो बिम्बात्मक र तनाबयुक्त लेखनपद्धति हो ।
यो धेरै विधामिश्रण भएको बौद्धिक र तार्किक लेखन हो ।
यसले साहित्यका अन्य विधाका भिन्न प्रवृत्ति र प्रविधिलाई संश्लेषण गर्दछ र तिनका बीचमा विरोधाभास देखाई विश्लेषण एवम् संश्लेषणसमेत गर्दछ ।
यो संवेदना र भाषाको प्राविधिक खेलसँग सम्बन्धित विधा हो ।
यसले नाटकीय पद्धतिको स्थापना गर्दछ ।
हरेक विधा त्यसमा निहित तŒवका हिसाबले भिन्न हुन्छन् र तिनै भिन्नता नै त्यस विधाको परिचय बन्न पुग्दछ । निवार्ता विधाका पाँचओटा मौलिक तŒवहरू ः संवाद, पात्रको बाह्यान्तर व्यक्तित्व, दृष्टिकोण, भाषाशैलीलाई स्वीकार गरिएको छ तर यहाँ संवादलाई मात्र कृति मूल्याङ्कनको आधार बनाइएको छ ।
३ संवादका आधारमा एटमको निवार्ता–कला
संवादले कुनै पनि चरित्र वा पात्रको विचार मनोभाव र दृष्टिकोण आदिलाई प्रकाशमा ल्याउने काम गर्नुका साथै कहिलेकाहीँ प्रश्नकर्ताको आफ्नो टिप्पणी पनि जोड्ने समेत गर्दछ । अन्तर्वार्ता दिने व्यक्तिले भन्न नचाहेका वा छिपाएका तथ्य पत्ता लगाउन सक्नु संवादको मूल कार्य हो भने प्रेरणादायी एवं मर्मस्पर्शी भाव वा मर्म व्यक्त गरी पाठक÷दर्शकलाई रचनात्मक मार्गतर्फ अबलम्ब गराउनु यसको मूलभूत परिचय पनि हो । यद्यपि संवाद शैली हो तापनि यो निवार्ता विधामा मौलिक तŒवको स्थानमा आएको देखिन्छ । यसै सन्दर्भमा यस सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा कृतिमा निवार्ताकार नेत्र एटमले संवादको माध्यमबाट विभिन्न स्रष्टाका मनोभाव, चरित्र, व्यवहार, आचारविचार, चिन्तन, हाउभाउलाई उजागर गरेका छन् र पाठकमा प्रभावकारी छाप प्रदान गरेका छन् । संवादकै माध्यमबाट व्यक्त गरिएका सन्दर्भलाई निम्नलिखित बुँदा र उदाहरणमार्फत चिनाउन सकिन्छ ः
३.१ स्रष्टाको योगदानको चिनारी
संवादकै माध्यमबाट कुनै पनि स्रष्टाको योगदान, उनीहरूको कार्य, प्राप्त गरेको सम्मान आदिलाई चिनाइएको छ, जस्तै ः
‘तपाईं त ‘राम्रो रचना ः मीठो नेपाली’ बाटै जीवन्त हुनुहुन्छ, के दिएको छ त्यसले ?’
‘व्याकरण त त्यसबेला पनि थिए तर कसरी नेपालीलाई राम्रो र मीठो बनाउने भन्नेतर्फ कसैको ध्यान गएको थिएन, मेरो किताबले त्यतातिर प्रयास ग¥यो– राम्रो रचनामा सहयोग ग¥यो । व्याकरण त त्यसमा सहयोगी मात्र थियो, त्यसको वास्तविक स्वरूपचाहिँ अङ्ग्रेजीको कम्पोजिनजस्तो हो । श्रमप्रति आस्थावान् अथक साधक, शीर्षकबाट (पृ.१०८)
यहाँ निवार्ताकार र स्रष्टा कृष्णप्रसाद पराजुलीबीचको दोहोरो संवादले स्रष्टाको सृजनशील कार्यलाई उजागर गर्नुका साथै नेपाली व्याकरणको ऐतिहासिक सन्दर्भलाई समेत उजागर गरिएको छ ।
३.२ लेख्य चिन्तनको प्रकटीकरण
त्यसै गरी संवादकै माध्यमबाट लेखकले आफ्नो कला र शैलीलाई प्रकाश पारेको देखिन्छ । संवादकै क्रममा स्रष्टाले निवार्ताकारसँग आफ्नो सृजनाको हेतु प्रयोजन एवं दर्शनलाई प्रस्ट्याउनुका साथै सृजनाले मूर्त रूप कसरी लिन्छ भन्ने तथ्य व्यक्त गरेका छन् । सृजनशील पक्षको चिनारी दिँदै स्रष्टाले आपूmले उपयोग गरेको चिन्तनको मौलिक व्याख्या गर्दै भनेका छन् ः
‘तपाई उपन्यास र इतिहासको सम्बन्धलाई कसरी परिभाषित गर्नुहुन्छ ?’
‘इतिहास तिथिमिति त मिलेका हुन्छन् तर बाँकी धेरै झुटा हुन्छन् । इतिहास भनेको त शक्तिशालीहरूकै बढाइचढाइ हो । मेरा उपन्यासचाहिँ त्यस्ता काल्पनिक होइनन्, तिथिमिति नमिले पनि पात्रहरू तलमाथि परे पनि त्यसमा तिनका सत्यता नै ज्यादा छ । मेरै कृतिमा छ सत्य इतिहास त ।’ उपन्यासमा इतिहास र प्रजातन्त्रका सर्जक, शीर्षकबाट (पृ.३)
यस अन्तरक्रियाबाट लेखक डायमनशमशेर राणाले प्रयोग गर्ने लेखकीय चिन्तन, स्थापित मान्यता, अहम आदि प्रकटीकरण भएको छ ।
३.३ प्रेरणादायी अभिव्यक्ति दिनु
संवादले प्रेरणा दिने काम समेत प्रमुख रूपमा गर्दछ । यसले एकातिर लेखकलाई पाठकसामु नआएको नयाँ नौला कुराहरूको गाँठो फुकाउन स्रष्टालाई प्रेरणा दिन्छ भने त्यही पढेर बुझेर पाठकलाई सृजनाको मार्गतर्फ बढ्न दोहोरो प्रेरणा दिन्छ । यस निवार्ता सङ्ग्रहमा वार्तानायकलाई आफ्नो कुरा फुकाउने प्रेरणा दिएको पाइन्छ, जस्तै ः
‘तपाई आपूm पनि कुनै अतृप्तिको क्षतिपूर्ति गर्नलाई पो त्यसको चर्चा बढी गर्नुहुन्छ कि ?’ ...
‘म आफँैमा ज्यादा, व्यक्तिगत रूपले सेक्स हर्मोन बढी हुन सक्छ, अतृप्ति हुन सक्छ मभित्र पनि । खासमा यो समाजलाई पनि चोट दिन खोजेको हो मैले । ... ” दर्शनमा अतीत र वर्तमानको विपर्यास ! शीर्षकबाट (पृ.१२७)
वास्तवमा यस संवादका माध्यमबाट स्रष्टा डी.पी. भण्डारीको सृजनाको पृष्ठभूमि, कुण्ठा, उन्मुक्ति, समीकरण आदिको प्रकटीकरण भएको छ ।
३.४ पूर्वस्मरणको खोजी गर्नु
संवादले पूर्वस्मरणको घटनालाई वर्तमानसँग तादाम्यकरण पारी ताजा तुल्याएको पाइन्छ । संवाद गर्दै जाँदा कतिपय अवस्थाहरू अन्तर्वार्ता नायक र निवार्ताकारका बीचमा साझा रूपमा प्रस्तुत हुन सक्दछन् अथवा कतिपय प्रसङ्गले निवार्ताकार र अन्तर्वार्तानायक आफ्नो पूर्व स्मरणलाई एक–अर्कामा संयोजन गरिएको पाइन्छ । अतः संवादले पूर्वस्मरणको घटनालाई ताजा तुल्याई रौनकता दिएको पाइन्छ, जस्तै ः
“मेरी आमाको माइती रोल्पा जिल्लाको लिबाङ भन्ने ठाउँ दाङबाट निकै टाढा थियो र उहाँ अत्यन्त टिठलाग्दो पाराले आपूm माइत नगएको १२ वर्ष हुन लाग्यो भन्नुहुन्थ्यो । बेलाबेलामा त्यहाँका कुरा गर्दै आँखा आँसुले भर्नुहुन्थ्यो ।” अभाव र आ“सुको अभिव्यक्तिमा माया ठकुरी शीर्षकबाट (पृ.२१२)
यहाँ निवार्ताकारले माया ठकुरीसँग संवाद गर्दै जाँदा आफ्नी ममतामयी आमाको पीडासँग तादाम्यबोध गरेको पाइन्छ । वास्तवमा दुई नारीका पीडालाई संयोजन गर्न निवार्ताकारले बाल्यकालको अनुभूतिको पुनः स्मरण गरेका छन् ।
३.५ कुण्ठाको प्रस्तुति
यस निवार्तासङ्ग्रहमा निवार्ताकारले लेखकको कुण्ठा वा लहडी भावलाई समेत प्रस्तुत गरेको पाइन्छ । स्रष्टासँगका ठट्टापूर्ण गफले उनीहरूको कुन्ठित मनोकाङ्क्षालाई निवार्ताकारले गम्भीर रूपमा उत्खनन गरेका छन्, जस्तै ः
‘कुनै अनौठो भावना आइरहन्छ कि मनमा ?’
मलाई केटीहरू चढेको मोटरसाइकल वा गाडीले किचिएर मर्दिनँ जस्तो लाग्छ । किन लाग्छ त्यस्तो ? म आफैँ छक्क पर्छु । एक दिन यही कुरा बाटामा नयनराज पाण्डेलाई भनेँ, उहाँ असमञ्जसमा पर्नुभयो ।’
केटीहरूप्रति उनको विश्वासको अभिव्यक्ति सुनेर म मुस्कुराउँछु– एउटा आदिम भावनाको आकर्षण होला उनमा– त्यही पोखिएको होला अचेतनबाट चेतनामा । गीत र जीवन एउटा सरल संयोग शीर्षकबाट (पृ.३८५)
यहाँ स्रष्टा कृष्णहरि बरालको लहडी चरित्र तथा दमित भावनालाई निवार्ताकारले सरल पाराले संवादको माध्यमबाट उत्खनन गरेको पाइन्छ । अचेतन मनमा कुण्ठित भई जमेका भाव ह्वात्त लहडीमा आइ व्यक्त भएको देखिन्छ ।
३.६ मानवीय संवेदनाको प्रस्तुति
संवादले मानवीय संवेदनालाई विभिन्न पाराले व्यक्त गरेको पाइन्छ । निवार्ताकारले वार्तानायकसँग आत्मीय गफगाफ गर्दा स्रष्टाका व्यक्तिगत एवं रचनागत आदि भावनाहरू प्रकट भएका छन् । संवादको माध्यमबाट कतिपय प्रसङ्गमा निवार्ताकारले अरूको मानवीय संवेदनालाई आफ्नै पीडाजन्य अनुभूति सम्झेका छन् भने कतिपय अवस्थामा मूकदर्शक भएर टुलुटुलु हेरिरहेका छन्, जस्तैः
“पत्नी नभएपछि छोराछोरी पनि टाढा हुँदै गएका छन् । उसले घर बसाउँथी, केन्द्रीय चरित्र थिई ऊ ।... त्यसपछि पारिवारिक झन्झटमा पनि म निकै परेँ, छोराछोरी भिन्न भए, लेखनमा तारतम्य मिलाइदिने कोही भएन ।” तितेपाती र हिलोमा फुलेको कमल शीर्षकबाट (पृ.१५९)
वास्तवमा यहाँ स्रष्टा धुस्वाँ सायमिको वियोगान्त अवस्था, एकान्वित र सृजनाको भताभुङ्ग वातावरण प्रकट भएको छ, जुन मार्मिक मानवीय संवेदनाको अभिव्यक्ति समेत मानिन्छ ।
३.७ दार्शनिक मान्यताको वर्णन
संवादले स्रष्टाहरूको जीवनदर्शनलाई उजागर गरेर उनीहरूको सार्वजनिक व्यक्तित्वलाई चिनारी दिएको पाइन्छ । स्रष्टाहरूले जीवनलाई के–कस्तो रूपमा हेरेका छन् वा उनीहरूको विचारमा जीवनको अर्थ के हो भन्ने कुराको जानकारी पनि संवादले चिनाएको हुन्छ, जस्तै ः
“जीवन गतिशील हुनुपर्छ र त्यो त्यसै पाइने कुरो पनि होइन । यहाँ आइसकेपछि कामको जिम्मेवारी लिनै पर्छ, श्रमलाई महŒव दिनै पर्छ, सीपको विकास र व्यवहारमा गतिशीलता खोज्नुपर्छ । प्रेमगीत लेख्ने त छाडा होइन । यति सुन्दर जीवनको सार्थकता प्राप्त गर्नेतिर लाग्नुपर्छ– यसमा परिवर्तन र प्रगतिका चाहनाहरू उरालिन्छन् भन्ने विश्वासमा छु म । निराशाका क्षण पार लगाउन सकिन्छ एउटा जीवनमा त्यो सफल नभए पनि संसार माथि उठ्छ, मानवताको उच्चतामा भूमिका खेल्छ साहित्यले भन्ने सोच्छु म !” श्रमप्रति आस्थावान् अथक साधक शीर्षकबाट (पृ.१००)
यहाँ सष्टा कृष्णप्रसाद पराजुलीले आफ्नो लेखकीय दर्शन, बाँच्नुको अर्थ, जीवनको मूल्य, सामाजिक कार्य आदिलाई व्यक्त गरेको पाइन्छ ।
३.८ द्वन्द्वात्मक चिन्तनको प्रकटीकरण
संवादले प्रश्नकर्ता र उत्तरदाताको बुझाइ, ठम्याइ एवं दृष्टिकोणमा द्वन्द्व देखाई पाठकप्रति उनीहरूको अध्ययन सीमालाई समेत प्रष्ट पार्दछन् । दुई वा सोभन्दा बढी व्यक्तिहरूबीच कुराकानी हुँदा उनीहरूको फरक–फरक मत व्यक्त हुन्छ र त्यसले क्रमशः द्वन्द्वको स्वरूप निर्माण गर्दछ । त्यही द्वन्द्व आ–आफ्नो दृष्टिकोणको रूपमा व्यक्त हुन्छ । अन्तर्वार्ता लिँदा यस्ता खालका उत्पन्न द्वन्द्वलाई निवार्ताकारले फरक मत दिई यस निवार्तासङ्ग्रहमा व्यक्त भने गरेका छैनन् । यद्यपि द्वन्द्वात्मक खालको देखिने विपरीत धारणा यसरी प्रकट भएको छ, जस्तै ः
‘शास्त्रीय रूपले हेर्दा आपूmलाई कुन समालोचना पद्धतिको नजिक पाउनुहुन्छ ?’
‘पूर्वीय त हुँदै होइन, पाश्चात्यको पनि विशेषगरी ‘न्यू क्रिटिसिज्म’ । त्यसले विश्लेषण गर्ने कृतिको एनाटमी वा शरीररचना विज्ञान असाध्यै मन परेको हो मलाई ।’
‘न्यू क्रिटिसिज्म’ले त इतिहासलाई नै मान्दैन तर तपाईं त ऐतिहासिक समालोचना गर्नुहुन्छ, अनि कसरी मिल्छ त्यो सिद्धान्त र व्यवहार ?’
‘होइन होइन, मैले समालोचनामा आवश्यकतानुसार धेरै सिद्धान्तलाई ‘मर्ज’ गरेको छु, एउटै सिङ्गो प्रभाव ग्रहण गरेको होइनँ । मैले विश्लेषण र इतिहासलाई सँगै लैजाने पद्धति पनि अपनाएको छु ।’ अन्तयात्र्रामै उज्यालो भेट्ने राष्ट्रवादी शीर्षकबाट (पृ.२४३)
यहाँ स्रष्टा वासुदेव त्रिपाठीले निवार्ताकारसँग सहमति एवं असहमति देखाउँदै आफ्नै अभिव्यक्तिमा विरोधाभास देखाएका छन् । सुरूमा स्रष्टा र वार्तानायकले आपूm ‘न्यु क्रिटिसिज्म’ लेखनमा मात्र केन्द्रित भएको धारणा दिएका छन् भने लगतै सबैलाई ‘मर्ज’ गरेको तर्क दिई आफ्नो धारणामा विमत्ति देखाएका छन् ।
३.९ बिम्बात्मक परिवेशको निर्माण
संवादले परिवेशलाई समेत चिनाएर अभिव्यक्तिलाई बिम्बात्मक पाराले प्रकट गरेको हुन्छ । कुराकानी कहाँ अथवा कस्तो परिवेशमा अघि बढ्दै गइरहेको छ भन्ने कुराको जानकारी संवादले गराउँदछ । यसका साथै भौतिक र मानसिक परिवेशको समेत चिनारी संवादले दिएको छ; जस्तै ः
“म सुन्दै छु, सोफामा अप्ठ्यारो ढङ्गले ढल्केर दायाँ हातमा उनले जिउ छाडेका छन् अनि घुँडामाथि बायाँ हात राखेर धाराप्रवाह बोल्दै छन्– कोठामा उज्यालोको केही कमी छ, जो हाम्रो सामीप्य बढाउन अवरोध बनिसकेको छैन ।
फोन आउँछ, उनी वाक्क हुँदै उठाउन अर्को कोठामा जान्छन् ।” बालुवामाथि अस्तित्वको चेतनप्रवाह शीर्षकबाट (पृ.२५७)
यहाँ निवार्ताकारको सामीप्यबाट भौतिक परिवेशको चित्रण गरिएको छ र स्रष्टा ध्रुवचन्द्र गौतमको भौतिक स्वरूपलाई बिम्बात्मक ढङ्गले टिपिएको छ ।
३.१० गम्भीरताको अभिव्यक्ति
संवादले प्रश्नकर्ता तथा उत्तरदाता दुबैको गम्भीर भावलाई प्रस्तुत गरेको देखिन्छ । संवादका क्रममा आएका अनेकौँ प्रसङ्गसामु प्रश्नकर्ता तथा उत्तरदाता दुबै गम्भीर भई भावुक प्रकृतिका देखिन्छन् । त्यस्ता गम्भीर अभिव्यक्ति, परिवेश, भाव, दर्शनले पाठकलाई समेत भावुक र उदासीन तुल्याएको पाइन्छ, जस्तै ः
“... तर आफ्नै बारेमा भन्दा म असन्तोषी छु, देशको हालतबाट । देश नै यस्तो छ त के लेख्नु कविता भन्ने मनमा आउँछ । हुन त म ‘राजनीतिमा नैतिकता हुँदैन’ भन्छु । मलाई डर लाग्छ– मान्छे त भागेर अरू देशमा गई त्यो देश बचाउन सक्छ तर देश कहाँ जाने ? अरू आएर बसे भने पनि देशलाई त लास बनाएर जलाइदिन्छन् । समाचार सुन्दा त कोठाबाहिर निस्कनै सन्त्रासमय लाग्छ तर बाहिर त्यस्तो छैन । मिडियाले हामीलाई झन हतास र निरास बनाएको छ– समाजको भावना छैन कसैमा, सत्ताप्रतिको मोह मात्र छ । साहित्यकारहरूको वर्ग (पार्टीगत रूप) मलाई मन पर्दैन । साहित्यकारहरूले नै राजनीतिक फाइदा लिइरहेका छन् यहाँ– यही हो बिडम्बना !” तितेपाती र हिलोमा फुलेको कमल, शीर्षकबाट (पृ.६९–७०)
यहाँ स्रष्टा धुस्वाँ सायमि र निवार्ताकारको सामीप्यको बसाइ, संवाद, अभिव्यक्तिको एकाकारले पाठलाई भावुक र उदास बनाइदिन्छन् र भविष्य थप अन्यौल भएको सङ्केत गर्दछन् ।
३.११ इमानदारिताको प्रस्तुति
यसैक्रममा संवादले स्रष्टा र उसका गतिविधि, व्यक्तित्व, चालचलन, व्यवहार, धारणा आदिका बारेमा इमान्दारिपूर्वक खोतलेको गरेका पाइन्छ । यस निवार्तासङ्ग्रहमा संवादको माध्यमबाट निवार्ताकारले पाठकप्रति गरेको इमान्दारिता तटस्थ खालको देखिन्छ । स्रष्टाको व्यक्तित्व र अभिव्यक्तिका बीचमा रहेका अनेकौँ अमिल्दा सन्दर्भलाई उद्घाटन गरी निवार्ताकारले आफ्नो इमान्दारिता प्रकट गरेका छन् । निवार्ताकारको इमान्दारिताको प्रकटीकरण एकालापको रूपमा संवादको बाटो भएर प्रस्तुत भएको छ, जस्तै ः
“जतिजति हिँड्दै गएको छु, मेरो मनमा ग्लानि पनि उति बढ्दै गएको छ । कुनै शुभचिन्तकले सिधै रक्सी खानकै लागि भनेर मेरो खल्तीमा पैसा हालिदिएको थाहा पाउँदा मेरी श्रीमतीको मन कस्तो हुँदो हो ... भाउजू ! म विवश थिएँ, मेरो लाचारीलाई क्षमा गर्नुस् ...।’ मनुः एउटा नाटकीय उद्घाटन, शीर्षकबाट (पृ.२२४)
यहाँ स्रष्टा मनु ब्राजाकीको छिपेको कुलतलाई एकालापपूर्ण संवादमार्फत निवार्ताकारले इमानदारिताको चिनारी पाठकलाई दिएका छन् र यस संवादको माध्यमबाट निवार्ताकार र पाठकका बीचमा विश्वास कायम भएको देखिन्छ ।
३.१२ कौतुहलताको समाधान
निवार्ताकार तथा पाठकका मनमा उत्पन्न स्रष्टाका बारेमा किन, कसरी, कहाँ आदिजस्ता प्रश्नहरूको समाधान पनि संवादले गरेको नै पाइन्छ । ‘वादेवादे जायते तŒव बोध’ भनेझैँ कुराकानी गर्दागर्दै अनेकौ जिज्ञासाहरू मेटिँदै जान्छन् । यस निवार्तासङ्ग्रहले पाठकका मनमा उत्पन्न भएका तथा हुन सक्ने प्रायः सबैजसो जिज्ञासालाई समाधान गर्ने प्रयास गरेको पाइन्छ । यस्तै पाठकका मनमा उत्पन्न ‘धुस्वाँ सायमि’ नाममा उठ्ने गरेको जिज्ञासालाई निवारण गर्दै निवार्ताकार भन्दछन् ः
“... म हिन्दीमा प्रचलितभन्दा भिन्न नेवारीपन दिने, आफ्नो माटोको बास्ना आउने नाम राख्न चाहन्थेँ । त्यसैले ‘पद्म’ वा कमलको नेवारी नाम ठानेर मैले आफ्नो नाम नै ‘धुस्वाँ’ राखेँ । वास्तवमा धुस्वाँ त तितेपाती पो रहेछ र नेवारीमा कमललाई त ‘पलेस्वाँ’ भन्दा रहेछन् । ...‘सायमी’ मानन्धरलाई हेपेर भनिने शब्द हो । कसैले कोलमा तेल पेल्ने ‘साल्मी’ बाट सायमी शब्द आएको भन्छन् । तर मेरा बुबा श्रमिकबाट सायमी भएको हो भन्नुहुन्थ्यो । त्यही ‘आफ्नोपन’का लागि हो सायमी ।” तितेपाती र हिलोमा फुलेको कमल, शीर्षकबाट (पृ.५९)
यहाँ नामका बारेमा देखिएको पाठकको मनको कौतुहललाई चिर्ने काम भएको छ । यस निवार्तासङ्ग्रहमा संवादको माध्यमबाट वार्तानायकको वैयक्तिक वा चारित्रिक मनोदशालाई प्रस्ट पारिएको छ ।
३.१३ वैयक्तिक कमजोरीको पर्दाफास
संवादले स्रष्टाको खुबी कमजोर मनोदशा, सबल पक्ष आदि सबै पक्षलाई चिरफार गरेको पाइन्छ । यस्तैमा दयाराम श्रेष्ठको स्वभाव चिनाउने क्रममा उनको मानसिक कमजोरीलाई संवादका क्रममा निवार्ताकारले पाठकसामु ल्याएका छन् । यसले निवार्ताकारको आन्तरिक पक्ष खोतल्न सक्ने सामथ्र्य प्रकट गर्छ, जस्तै ः
“... कुनै समस्या आयो भने मलाई त्यसले चिन्तित बनाउँछ, भित्रभित्र ‘हर्ट’ गरिरहन्छ तर म त्यस्तो प्रसङ्गलाई मनमा ल्याउँछु– त्यसको मिठास र सुन्दरताले पहिलेको अँध्यारोलाई पूरै छोपिदिन्छ ।” अन्तयात्रामै उज्यालो भेट्ने राष्ट्रवादी, शीर्षकबाट (पृ.२४३)
यहाँ स्रष्टाले निवार्ताकारसँग आफ्नो तरल मनोदशालाई प्रकट गरेका छन् र अस्तित्वादी भएको पुष्टि गरेका छन् ।
३.१४ भावी कार्ययोजनाको जानकारी
संवादकै माध्यमबाट स्रष्टाको भावी कार्ययोजना, सृजना वा रचनात्मक कार्यको समेत व्यक्त भएका छन् र यो पाठकको निम्ति सूचनामूलक खुराकी बनेका छन् । निवार्ताकारले माया ठकुरीसँग भलाकुसारी गर्दै उनका भावी योजना यसरी खोतलेका छन्, जस्तै ः
“छैटौँ कथासङ्ग्रह ‘भोक’ प्रकाशित गर्ने र लेखिएको उपन्यास परिमार्जन गर्ने योजना छ । गीतहरूको सङ्ग्रह तयार पार्दै छु– लोककथाहरू अङ्ग्रेजी र नेपालीमा प्रकाशन गर्न खोजेकी छु– संस्मरण लेखेर पुस्तकाकार रूप दिने मन छ । बिस्कुन सुकाएर थन्काउने बेला भएजस्तो पो लागेको छ आजकाल । भित्री इच्छाचाहिँ कमसेकम एकजना नाति साहित्यमा लागोस् भन्ने छ ।... मरेपछि काजक्रिया नगरी मेरो नाममा सरकारी स्कुलका छात्राहरूलाई साहित्यिक पुरस्कार राखिदिन श्रीमान्लाई भनिसकेकी छु– आँखा दान गर्ने त पहिलेदेखिको चाहना हो ।’ अभाव र आ“सुको अभियक्तिमा माया ठकुरी शीर्षकबाट (पृ.२८३)
यसरी सवादलाई यस निवार्तासङ्ग्रहमा अपरिहार्य तŒव स्वीकार गर्दै निवार्ताकारले स्रष्टाका सृजना, मनोदशा, लेखकीय चिन्तन, मान्यता, मूल्य, रोमाञ्चक धारणा मानवीय संवेदना, पीडा कमजोरी परिवेश, द्वन्द्व, विरोधाभास व्यक्तित्व, भौतिक वा मानसिक व्यक्तित्व, कुण्ठा, लहडी, आत्मीयता, विश्वास आदिलाई बिम्बात्मक पाराले व्यक्त गरेका छन् ।
४. निष्कर्ष
(क) सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा निवार्तासङ्ग्रह नेपाली साहित्यको परम्परामा एउटा छुट्टै र नयाँ विधाको नमुना हो । निबन्धको ‘नि’ र अन्तर्वार्ताको ‘वार्ता’ शब्दको मिश्रण भई बनेको ‘निवार्ता’ नेपाली साहित्यमा नितान्त नवीन मूल्य प्राप्त गर्न सक्षम बनेको पाइन्छ ।
(ख) समसामयिक युगका चर्चित पैँतीसजना स्रष्टाहरूको कृतिŒव, व्यक्तित्व तथा जीवनचेतनालाई अन्तर्वार्ता तथा निबन्धात्मक शैलीमा उजागर गरिएको यस कृतिले र विधाले नेपाली साहित्यको परम्परामा थुप्रै अध्ययन क्षेत्रको अन्वेषण गरेको पाइन्छ ।
(ग) काठमाडौँमा उपलब्ध रहेका स्रष्टाहरूलाई मात्र आफ्नो छनौटमा पार्दै नेत्र एटमले अन्तर्वार्तालाई नयाँ स्वरूप प्रदान गरेका छन् । अन्तर्वार्ताको क्रममा एटम स्वयम् नै जताततै नाटकको प्रमुख पात्रझैँ भएर पोखिएका छन् भने निबन्धमा जस्तो विश्लेषणद्वारा कृतिलाई अझ सौन्दर्यपरक बनाउन सफल रहेका देखिन्छन् । यी सन्दर्भ पक्कै पनि साहित्यमा प्रयोगधर्मी अभिव्यक्ति हुन् ।
(घ) समालोचकीय दृष्टिले वार्ताहरू प्रस्तुत गरिएको यस कृतिमा निवार्ताकार नेत्र एटमको प्रशस्त मेहनत परेको देखिन्छ । प्रस्तुत निवार्तासङ्ग्रहभित्र समालोचना, अन्तर्वार्ता, निबन्ध, यात्रासंस्मरण, जीवनी, नाटक र इतिहाससमेतको विधामिश्रण रहेको छ, जसले गर्दा निवार्तासङ्ग्रह पढ्दा एउटा बेग्लै आनन्दानुभूति हुन्छ । यो पाठकपरक दृष्टिकोण हो ।
(ङ) समाजका यावत् गतिविधिलाई सूक्ष्मतासाथ अध्ययन गर्ने क्षमता साहित्यकारहरूमा रहेको हुन्छ । त्यस्ता साहित्यकारका बारेमा अनुभूत गर्ने जिज्ञासा पाठकहरूमा पनि उत्तिकै रहेको हुन्छ । नेत्र एटमको यस निवार्तासङ्ग्रहको अध्ययनबाट पाठकहरूले आफ्नो जिज्ञासाको धित मार्न सफल हुन्छन् । यो कृति अध्ययन गर्दा कतिपटक पाठकहरू नै यसका पात्र बन्न पुग्छन् । यो कृतिमा पाठकको सहभागितामूलक अवधारणा हो ।
(च) यसरी यस कृतिको उदयसँग नयाँ विधाको जन्म भएपछि नेपाली साहित्यमा निर्वार्ता र यस खालका अन्य मिश्रित नयाँ विधाहरूको समेत जन्म हुने सम्भावना प्रशस्तै भेट्न सकिन्छ । मूल स्रष्टाको व्यक्तित्वभन्दा कृतित्वलाई बढी महŒव दिई पाठकप्रति इमानदार देखिनुका साथै अन्तर्वार्तालाई नाटकीकरण गर्नु नै एटमको निवार्ताको विशेष सामथ्र्य रहेको देखिन्छ । यसले गर्दा प्रस्तुत सङ्ग्रह नयाँ खालको सौन्दर्यशास्त्र जन्माउन सफल भएको पाइन्छ ।
यसप्रकार नेपाली साहित्यमा देखिएको नयाँ विधा निवार्तालाई त्रिभुवन विश्वविद्यालयले मान्यता दिई नेत्र एटमको सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा कृतिमा सङ्कलित ‘रुसी परिवेशमा नेपाली प्रतिबिम्ब’ शीर्षकको एउटा निवार्ता स्नातक तहको नयाँ पाठ्यक्रममा समावेश गरिनु निकै उपलब्धिमूलक कार्य हो । नेत्र एटमको निवार्ता लेखनलाई यसले नेपाली साहित्यमा मानक स्वरूप र आधिकारिकता पनि प्रदान गरेको छ ।
प्रमुख सन्दर्भसामग्री
उप्रेती, युवक. २०६४ पुस–माघ–फागुन. ‘सैद्धान्तिक सन्दर्भमा नेपाली अन्तर्वार्ताको रूपरेखा’. तन्नेरी. २९ः३, पृ.१–२४ ।
................ २०६४ फागुन. ‘समसायिक नेपाली अन्तर्वार्ता’. मिर्मिरे. ३६ः११, पृ.१८१—१९० ।
एटम, नेत्र. २०६२. सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा. काठमाडौँ ः तन्नेरी प्रकाशन ।
................ २०६४. ‘समसामयिक नेपाली निबन्धको प्रभेदगत सर्वेक्षण’. मिर्मिरे. ३६ः११, पृ.११३—१२६ ।
गौतम, गीता. २०६५. ‘सीमान्त आकाश ः स्रष्टासितको अन्तर्यात्रा निवार्तासङ्ग्रहको विधापरक अध्यययन’. जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौँमा प्रस्तुत अप्रकाशित स्नातक शोधपत्र ।
ढुङ्गेल, डिल्लीराम. २०६३ वैशाख–असोज. ‘सीमान्त आकाश ः सिर्जना र समालोचनाको समागम’. शार्दूल. १ः२, पृ.१५२–१५४ ।
तुलसी. २०६३ भदौ. ‘नौला स्वादका वार्ताहरू’. मधुपर्क. ४०ः४, पृ.२८ ।
थापा ‘नीरव’, रोशन. २०६२. ‘भूमिकाका सन्दर्भमा नेत्र एटमको निवार्ता’. सीमान्त आकाश ः सष्टासितको अन्तर्यात्रा. लेखक नेत्र एटम. काठमाडौँ ः तन्नेरी प्रकाशन, पृ.४५३—४७२ ।
भट्टराई, राजन. २०६४ असोज. ‘सीमान्त आकाशमा नयाँ सौन्दर्यशास्त्रको खोजी’. शारदा. १ः९, पृ.६३–७१ ।
भट्टराई, यादव. २०६३ पुस. ‘स्रष्ट्रासितको अन्तर्यात्रामा एटम’. छलफल साप्ताहिक. २५ः९, पृ.४ ।
सुवेदी, राजेन्द्र. २०६४. ‘नेपाली निबन्धको समसामयिक स्वरूप’. मिर्मिरे. ३६ः३, पृ.२६४—२६८ ।