खुशीको हाँसो नपाई हाँस्न दु:खको भार रोजें
मायालु खुशी नपाई छर्न नमीठो हार रोजें ।
गएछ पैर्हो मुटुको माझ बगेर पिर ब्यथा
भाग्यमा यस्तै लेखेको रैछ दु:खको मार रोजें ।
सहज बाटो हिँडुला भन्थें भाग्यमा भेटिएन
बाध्यता थियो हिँड्नु नै पर्ने काँढाकै बार रोजें ।
पर्देशी बनि बाँचेकी छु है सम्झना सजाउँदै
आफन्त सबै बनाइ टाढा समुन्द्र पार रोजें ।
बसन्त पनि बन्यो है टाढा पर्देशी बनेपछि
कोमल फूल बिर्सँदै आज रुखो यो झार रोजें ।