14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सम्झिएका कुराहरू

नियात्रा उज्ज्वल जी.सी. November 20, 2010, 8:02 am

सुदूर पश्चिमाञ्चल गजल मञ्चले २०६४ सालमै नसम्झेको होइन तर घरायसी कारणले उक्त संस्थाद्वारा प्रदान गरिएको ‘गजलरत्न उपाधि’ ग्रहण गर्न असमर्थ बनेथे‘ं म त्यसबेला । असमर्थताको पत्र फ्याक्स गर्दा दुःख पनि लागेथ्यो । अन्ततः अर्को साल जसरी भए पनि आउने वाचा थमाउ‘ंदै क्षमा मागेथे‘ं आयोजक संस्थाकी संरक्षक श्रेष्ठप्रिया पत्थरजीस‘ंग । हो, समय बित्न धेरै वेर लाग्दो रहेनछ । २०६५ साल भाद्र महिनामा उक्त सं‘ंस्थाका अध्यक्ष टोपेन्द्र शाहले फोन गरी पुरस्कार ग्रहण गर्न धनगढी आउने आग्रह गर्दा पो म झसङ्ग भए‘ं । त्यसो त उनकै जानकारी अनुसार काठमाडौ‘ंका गजलकार वियोगी बुढाथोकी र कैलालीकी श्रेष्ठप्रिया पत्थरलाई अभिनन्दन र चितवनका धनराज गिरीलाई पनि ‘पत्थर साधना सम्मान’ प्रदान गर्ने कार्यक्रम रहेछ । खुसी त लाग्नु लाग्यो – काठमाडौ‘ंबाट स‘ंगै जाने साथी पाएकोमा । मोती जयन्तीमा गर्ने उक्त कार्यक्रम विशेष कारणवस पछि सरेता पनि भदौ महिनाभित्रै सम्पन्न गर्ने आयोजकहरूका सोचलाई वियोगीको अफिसियल कामकाजले लत्याई दियो । अन्ततः २०६५ आश्विन ४ गते गर्ने निर्णय गर्नु प¥यो आयोजकले ।

निम्तोलाई सम्मान गर्दै हामी दुई दाजुभाइले आश्विन २ गते काठमाडौ‘ंबाट हि‘ंड्ने निधो ग¥यौं । वियोगीजीले चारजनाको टिकट काट्न लगाएका रहेछन् । उनी लगायत कृष्ण धरावासी, मनोज न्यौपाने र मेरो । नेपालग‘ंजमा धरावासीको पनि सम्मान कार्यक्रम रहेकोले कोहलपूरसम्म स‘ंगै जाने सल्लाह भएको रहेछ । तर ३ बजेको बस भेट्न २ बजे गो‘ंगबु‘ं बसपार्क पुग्दा मनोज मात्र देखे‘ं मैले । उनले ‘धरावासीदाईको अफिसमा जरूरी काम परेकोले आउन नभ्याउने हुनु भो’ भन्ने जानकारी दि‘ंदादि‘ंदै वियोगीजी पनि हातमा सुटकेश बोक्दै टुप्लुक्क आइपुग्नु भयो । एउटा बढी भएको सिटमा धनराजलाई नारायणघाटबाट पिकअप गर्नु पर्ने भएकोले चित्त बुझाउ‘ंदै हामी २६३६ नम्बरको राजधानी एक्सप्रेसमा ३ बज्न ५ मिनेट बॉंकी छ‘ंदा चढ्यौ‘ं । यताउती नगरेर बस हि‘ंड्यो निर्धारित समयमै । ‘भाइ नारायणघाट कति बजेतिर पुगिन्छ’ भनेर मैले सोधे‘ं कन्डक्टरलाई । ‘सात सॉंढे साततिर पुगिन्छ’ भन्ने उत्तर त आयो तर धनराजजीस‘ंग सम्पर्क गराउन मोवाइलले गाह्रो मानिरहेको देख्दा कतै उहॉं छुट्ने त होइन भन्ने एक किसिमको चिन्ता पनि जन्मियो मभित्र ।

तीब्र गतिमा लम्किएको बस थानकोट पुग्दा नपुग्दै जाममा फस्यो । शहरमा जामको अनुभव धेरैपल्ट भइसकेकोले अनौठो भने लागेन । बरू भोलि कतिबजे धनगढी पुगिने हो भन्ने सोचाइले मथिङ्गल भने घोच्न थाल्यो । पन्ध्रबीस मिनेटपछि बिस्तारै गाडीहरू घिस्रिन थाले । अब कतै रोकिन नपरोस् भन्ने प्रार्थना ईश्वरस‘ंग के गर्दै थिए‘ं, गाडीले यात्रुहरूका मनोविज्ञान बिर्संदै घुम्तीहरूमा समेत एकै गति कायम गर्न थालेकोले कतै यो असाधारण दौडको अन्त्य नागढुङ्गाको खो‘ंचमा हुने त हैन ? वा दौ‘ंडदा–दौ‘ंडदै त्रिशुली नदीमा पौडी खेल्न झ्वाम्म हाम्फाल्ने हो कि ? भन्ने नाना डरछेरूवा भावनाहरू अनायासै सल्बलिन थाले मस्तिष्कमा ।

अनि मनमनै एकछिन फेरि गाडी जाम भइदिए हुन्थ्यो भन्दै ईश्वरलाई सम्झे‘ं । कातरको कुरा के सुन्थे र ईश्वरले ? झन् मुटुको धडकन बढाउ‘ंदै गाडी बेतोडले सु‘ंइकिन पो थाल्यो । ओहो ... कस्तो वेग ? केहीवेरमै चियानास्ता खानका लागि धार्के पुगियो । ‘धन्य प्रभु’ भन्दै एकपल्ट लामो सास फेरे‘ं । यात्रुहरूले पसलमा चिया,पुरी,तरकारी अर्डर गर्न थाले तर हामीले अर्थात वियोगीजीले एक बोतल बियर, मैले एक क्वाटर जिन र कुखुराको मासु आधा प्लेट अनि मनोजलाई रारा चाउचाउ मगायौ‘ं । त्रासको झो‘ंकमा छिटोछिटो पिउ‘ंदा लघुशङ्काले अ‘ंचेट्यो । वियोगीजी र म आधा–आधा गिलास टेबुलमै राखेर ट्वाइलेट गयौ‘ं । मनोजचाहि‘ं आफ्नो मानो भरेर गाडीतिर लागेछन् । ‘मौका यही हो’ भन्ठानेर साहूजीले हाम्रो गिलास र सिसी दुबै उठाएर राजमार्गे व्यापारीको विशेषता देखाइसकेका रहेछन् । फर्केर आउ‘ंदा त हामी दुबै जिल्ल ! के गर्ने ? रिसलाई आफैभित्र पोको पार्दै हामी बसतिर लाग्यौ‘ं । अनि फेरि शुरू भयो बसको हु‘ंइक्याइ । आधा क्वाटर पुग नपुग जिनले झण्डै आधा त्रासलाई लठ्याई दिइसकेकोेले शुरूमा जस्तो ईश्वर सम्झनु परेन । यदि बसले त्रिशुलीमा पौडी खेल्न हाम्फाले ‘आपूm पनि पौडू‘ंला’ भन्ने शाहस पो जाग्यो बरू । वाह ! नशा भन्ने चिज क्या गजबको हु‘ंदोरहेछ ? पीडा,अभाव र त्रासमा जिउनेहरूमध्ये प्रायःले यसको सहारा लिनुका कारण पनि सायद यही नै हुनुपर्छ । अर्थात क्षणभरका लागि पीडा,अभाव,त्रास आदि बिर्साइदिने,कायरलाई वीर बनाइदिने !

अ‘ं, बेतोडले हु‘ंइकिने क्रममा रातको करिब आठ बजे, बस नारायणघाट पुग्यो । नारायणी पुल नजिकबाट धनराजजी पनि चढ्नु भो । ज्यादै सरल र रसिक हुनुहु‘ंदोरहेछ उहॉं । धेरैपल्ट रचना पढे पनि साक्षात्कार भने भएको थिएन । त्यसैले देखादेख हु‘ंदा एक किसिमको आनन्द त आयो नै अझ लामो यात्रामा एकजना मित्र सहयात्री हुनुले खुसीको सीमा नाघ्यो । उहॉंले एक झोला भुटेको मकै, एउटा कॉंक्रो र किसमिस सानो पाकेट बोक्नु भएको रहेछ । भोकको वायु पेटभित्र अलिअलि चल्न शुरू भैसकेको बेला ती खाद्य सामग्रीले ठूलै गुन लगाए हामीलाई । खॉंदै,गफ गर्दै जॉंदा समय बितेको पत्तो पनि भएन ।

करिब १० बजे सुनवलमा खानास‘ंगै वियोगीजीले बियर, मैले र धनराजजीले एक क्वाटर जिन अनि मनोजले फेन्टा लडाएपछि यात्रा पुनः आरम्भ भयो । बुटवल पुगेपछि अरू गाडीले मान्छे मारेको कारण हामी चढेको लगायत सबै बसहरू ठप्प अडिए । ड्राइभरले ‘मौकामा चौका’ हानिहाल्यो । भैरहवा हु‘ंदै जॉंदा तेल बढी खपत हुन्छ भन्दै प्रतियात्रु रू.५०÷– उठाउने उनको प्रस्तावलाई हामी यात्रुहरूले नचाहेर पनि स्विकार्नु प¥यो ।

त्यसपछिको यात्रामा मैले निद्रादेवीको शरण लिए‘ं ।

एकैचोटि कर्णाली पुल पुगेपछि दुई ऑंखा उघ्रिए । अनि फेरि हामीबीच रमाइला कुराकानीहरू साटासाट हुनथाले ।

धनराजजीका कुराबाट मजा लि‘ंदालि‘ंदै ८.४५ बजे बस धनगढी बसपार्क पुगेर रोकियो । हामीले टोपेन्द्र शाहजीलाई फोन ग¥यौ‘ं । एकैछिनमा अतिथीको स्वागत गर्न आइपुग्नु भो उहॉं । रिक्साहरू खडा भए हाम्रा सामु । वियोगीजी र म एउटामा, धनराजजी र मनोज अर्कोमा चढ्दै

लाग्यौ‘ं हामी टोपेन्दजीको पछिपछि सनलाइट गेष्ट हाउस । त्यहॉं नुहाइधुवाइ सकिएपछि खानपिन गरियो । यात्रालाई अविस्मरणीय बनाउन हामीले अर्थात् वियोगीजी र मैले बियर र जिन खानाअघि लिएका थियौ‘ं । धनराजजीले आफ्नो स्वास्थ्यप्रति सचेत हु‘ंदै दुध एक गिलास पिउनु भा’थ्यो । त्यसबेला मैले उहॉंलाई ‘बुबु खाने रहर अझै मेटिएको छैन बाबु’ भन्दै जिस्काएथे‘ं पनि । हुन पनि एक रातमै हामी अत्यन्तै आत्मीय बनिसकेका थियौ‘ं ।

हो, खानपिनपछि केहीवेर आराम गरियो । २ बजेतिर उठेर वियोगीजी र म बाहिर निस्क्यौ‘ं । उहॉंको कसैलाई नासो बुझाउनु पर्ने रहेछ । सो काम फत्ते भएपछि दुई भाइ गौरीफन्टा बजारतिर लाग्यौ‘ं रिक्सामा । आकासमाथि कालो बादल मडारिरहेको थियो । हामीलाई गर्मीको अनुभूति भइरहेको देखेर होला सायद इन्द्रमहाराजले बादलभित्रबाट सिमसिम पानी बर्साउन थाले । मानौ‘ं हामीलाई स्वागत गरे । केहीक्षण वातावरण नै शीतल बन्न पुग्यो । बजार पगुन्जेल त चिसोकै अनुभूति हुन थाल्यो । गौरीफन्टाबजारलाई पैदल एकफन्को लगाएर हामी फर्कियौ‘ं नेपालतिरै । धनगढी आइपुग्दा त भिजेर निथु्रक्कै !

गेष्टहाउसमा वस्त्र फेरेर चुरोट सल्काउन लाग्दा मेरा ज्यादै पुराना मित्र अर्थात् साल्ट टे«डिङ्ग धनगढीका हाकिम केशवप्रसाद पाण्डे आइपुगे । हो, काडमाडौ‘ंबाटै मैले उहॉंलाई धनगढी आउने सूचना दिएको थिए‘ं । ‘बस्ने,खाने व्यवस्था आयोजकले नै गर्छन्, तपाईंले केही गर्नु पर्दैन । बरू फर्कनका लागि असोज ५ गतेको एउटा टिकट बुकिङ्ग गरिदिनु होला’ भन्दै एउटा जिम्मेवारी पनि बोकाएको थिए‘ं । यो शाहस त्यसै आएको होइन– उहॉं र म झन्डै अठार वर्ष कण्ठरोग नियन्त्रण आयोजनामा स‘ंगैस‘ंगै काम गरिसकेकोले सुखदुःख साटासाट गर्न कुनै हिच्किचाहट नभएरै हो ।

उहॉंलाई अर्थात पाण्डेजीलाई मेरा साहित्यिक मित्रहरूस‘ंग चिनाजानी गराइसकेपछि एकछिन हामी होटलको बरण्डामा छुट्टै बसेर भलाकुसारी ग¥यौ‘ं । उहॉंले घरायसी किचलो सुनाउनु भएपछि मलाई कस्तो–कस्तो लाग्यो । भला जे होस्, क्वाटरमा नभई होटलतिरै बसेर खानपिन गर्ने उहॉंको आग्रहलाई मैले सहर्ष स्वीकारे‘ं । अनि उहॉंकै गाडीमा हामी लाग्यॉंैं एक रिसोर्टजस्तै स्तरीय रेष्टु‘ंरातिर । यसरी ज्यादै स्नेह र सम्मानपूर्वक उहॉंले दिनु भएको सेवा र सत्कारहरू मेरा लागि स्मरणीय बन्न पुगे ।

खानपिनपछि गेष्टहाउससम्म गाडीमा आइयो । तर सनलाइटबाट हाम्राृे झिटिगुन्टा कृषि विकास बैंकको अतिथिगृहमा सरिसकेको रहेछ । त्यसैले ड्राइभरलाई उतैतिर लाग्ने संकेत दिनुभयो– पाण्डेजीले । विशिष्ट व्यक्तिका लागि छुट्याइएका कोठामा हाम्रो सुत्ने बन्दोवस्त आयोजक साथीहरूले गर्नुभएको रहेछ । यो आतिथ्यले टोपेन्द्र शाह, श्रेष्ठप्रिया, टि.एन.जोशी, गंगाराम भारती लगायत सुदूर पश्चिमाञ्चल गजलमञ्चका सम्पूर्ण पदाधिकारीहरूप्रति नतमस्तक हुन वाध्य गरायो चार भाइलाई ।

झमझम पानी पर्दैथ्यो । केही क्षणको कुराकानीपश्चात पाण्डेजी फर्किनु भयो । हामी पनि ऑंखा चिम्लने प्रयत्नमा लाग्यो – आश्विन ४ गतेको बिहानी हेर्न ।

झरिले रातभर थकाई मारेनछ ।

भोलिपल्ट कार्यक्रम हुने दिन बिहान ऑंखा खोल्दा त अविरल वर्षाले धनगढीबजारलाई जलाम्य बनाइसकेको रहेछ । यद्यपि टोपेन्द्रजीहरू कार्यक्रम सफल बनाउने प्रयासमा झरीस‘ंग लड्दै खटिरहनु भएकोथ्यो । मैले उहॉ्रहरूलाई आफ्नो अफिसियल समस्या दर्साउ‘ंदै १ बजेभित्र कार्यक्रम सक्न अनुरोध गरेथे‘ं । ४ गते हि‘ंडेर ५ गते काठमाडौ‘ं पुगी अफिसको काम सम्पन्न गर्ने लक्ष्य थियो मेरो । यसैका लागि उहॉंहरूले भरमग्दुर कोशिस नगर्नु भएको पनि होइन तर सडकभरि पानी नै पानी, रूखहरू ढलेर विद्युत आपूर्ति बन्द, बाहिरी जिल्लाबाट आउने निम्तालुहरू बाटोका कारण आउन नसक्नुले ः ११ बजे शुरू हुने भनिएको कार्यक्रम अन्ततः ३ बजे मात्र शुरू भयो– उद्योग वाणिज्य स‘ंघको हलमा । कार्यक्रमस्थलसम्म बिचरा पाण्डेजीले हामीलाई आफ्नै गाडीमा पु¥याउनु भयो । धनगढीबजार जलमग्न भएका कारण गाडीबाट ओर्लेर कार्यक्रमस्थलसम्म जान हामीले जुत्ता फुकाल्दै पाइ‘ंटलाई घु‘ंडामाथिसम्म तान्नु प¥यो ।

जे जस्तो वाधा,अड्चन आए पनि आयोजकहरूले पञ्चकन्याबाट हाम्रो स्वागत गराएरै कार्यक्रम शुरू गरे । त्यस्तो झरीमा पनि साहित्यानुरागीहरूका उपस्थितिले हल टन्न भरिएको थियो । शिक्षाविद् एवम् पूर्व क्षेत्रीय शिक्षा निर्देशक श्री नन्दराज पन्तज्यूको प्रमुख आतिथ्य एवम् सुदूर पश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष टोपेन्द्र शाहको सभापतित्वमा संचालित सम्मान कार्यक्रममा वृहत् गजल प्रतियोगिता र मुक्तकसङ्ग्रहको विमोचन पनि रहेछ । सर्वप्रथम प्रमुख अतिथिज्यूबाट वियोगी बुढाथोकी र श्रेष्ठप्रिया पत्थरजीको अभिनन्दित भइसकेपछि मैले पनि थापे‘ं– ‘गजलरत्न उपाधि’ – १ हजार १ सय ११ रूपैयाको राशीसहित, त्यसपछि धनराजजीले रू.५००१÷– को ‘पत्थर साधना सम्मान’ । गजल मूल्याङ्कन समितिको संयोजक बस्न मञ्चका अध्यक्ष श्री टोपेन्द्रजीले गर्नु भएको आग्रहलाई मैले नकार्न सकिन । मेरा मित्र वियोगी बुढाथोकीले तिलक समर्पणको मुक्तकसङ्ग्रह विमोचन गरिसकेपछि शुरू भयो गजल वाचनको क्रम । धनराज अधिकारी, दिपेन्द्र भण्डारीजस्ता प्रतिभाहरूका अप्रतियोगी गजल सुन्न पाएर दङ्गदासै परे‘ं म । प्रतियोगिहरू पनि कोभन्दा को कम ? पहिलो–दोश्रो छुट्याउन हामीलाई हम्मेहम्मे नै प¥यो । अन्ततः सुशिला ढकाललाई प्रथम, दोश्रोमा विनोदबहादुर सि‘ंह र तेश्रोमा चन्द्रकला जोशी अनि सान्त्वना पुरस्कारस्वरूप गंगाराम भारती र बि.आर.कल्पितलाई छनौट ग¥यौ‘ं हामीले । कार्यक्रम सकि‘ंदा उज्यालोलाई अ‘ंध्यारोले निलीसकेको थियो । अन्तमा कवि भालचन्द्र भण्डारी, हेमन्त जोशी, टी.एन.जोशी, दीपा ऐर, अमृता ठकुरी, पुष्करराज भट्टलगायत श्रेष्ठप्रिया र टोपेन्द्र शाहजीस‘ंग बिदा हु‘ंदै हामी अर्थात् वियोगी, धनराज, मनोज र म पाण्डेजीकै गाडी चढेर फर्कियौ‘ं । तर अतिथिगृहसम्म जान पाउने सुविधालाई लत्याउ‘ंदै,झरी र अ‘ंध्यारोमैे रमाउ‘ंदै चारभाइ बजारनिरै ओर्लियौ‘ं पनि – दिनभरिको मानसिक थकानलाई पुरस्कारको रकमले बढार्ने योजनासहित । पाण्डेजी भने आफ्नै क्वाटरतिर लाग्नु भयो– ‘भोलि भेट्न आउ‘ंछु’ भन्दै ।

अ‘ंध्यारोमा ऑंखा बिछ्याउ‘ंदै जॉंदा एउटा ठीकैको रेष्टु‘ंरा भेटियो र छि¥यौं चारैजना । भित्र वियोगीजीले चिनेका एकदुईजना व्यक्तिहरू रमाइलो अर्थात रसपान गर्दै थिए । एकैछिनमा सबैसित हाम्रो पनि मित्रता गॉंसियो । विभिन्न थरिका गफहरू भए । त्यही क्रममा दुईदिनदेखिन्को झरिले ‘राजमार्ग बगायो’ भन्ने जानकारी पाएपछि अलि चिन्ताको भार अलि गह्रुङ्गो बन्नपुग्यो । त्यसलाई बिर्साउन हामीले एकपेक जिन र बियर पुनः थप्यौं । मैले पुरस्कारस्वरूप पाएको रू.१,१११÷– मात्र होइन धनराजजीको रू.४००÷– पनि स्वाहा भयो – डेढ घण्टाको बसाइमा । निस्क‘ंदा झमझम पानी परिरहेकै थियो यद्यपि गोमन सॉंपले परमधाम पु¥याउला कि भन्ने ठूलो त्रासचाहि‘ं मनोज बाहेक हामीमा थिएनै भने हुन्छ । तर जब खुट्टा जलमग्न सकडमा के परेथ्यो हाम्रो, स्प्राइट,कोक र फेन्टामै रमाएका मनोजले गोमन र करेतको महापुराण सुनाउन थालिहाले । त्यसपछि त सुस्तरी–सुस्तरी जिन र बियरको नशा उत्रिन थाल्यो । के गर्ने ? अन्ततः रामको नाम जप्दै पुगियो गेष्टहाउससम्म हि‘ंडेरै । गोमन र करेतले ठूलो गुण लगाएको अनुभूति बोक्दै हामी निद्रादेवीको शरणमा प¥यौ‘ं ।

भोलिपल्ट बिहानै ब्यू‘ंझायो – काठमाडौ‘ं जानुपर्ने तर्कनाले । टोपेन्द्रजीसहित धेरै मित्रहरू पनि आउनु भो ‘राजमार्ग बन्द छ बस चलेका छैनन्’ भन्दै । त्यसपछि एउटा निर्णयमा पुग्यौं हामी – ‘राजमार्ग बगाउने शाहस बोकेको लम्कीबजारसम्म लोकल बसमै जाने त्यसपछि देखा जाएगा !’ भन्दै । भनेजस्तै आइयो लम्कीसम्म अनि केहीवेर पैदल हि‘ंडेर अर्को बसको टिकट काटियो । बसभित्र बसिसकेपछि ‘अब त कसो नपुगिएला र काठमाडौ‘ं ?’ भन्ने लाग्यो मलाई । यात्राको क्रममा धनराजजीले हिन्दी र नेपाली थुप्रै गीतहरू सुनाउ‘ंदै सम्पूर्ण यात्रीहरूलाई मन्त्रमुग्धै पार्नुभयो । मैले ‘उहॉं ठूलो गायक पो हुनुपर्ने’ भन्दै सोच्न थाले‘ं । यत्तिकैमा बसमुनी ठूलो बम पड्केको झै‘ं आवाज आयो । मेरा खुट्टा सिटमा नराम्ररी ठोकिए पनि । बस रोकेर हेर्दा पछाडि देब्रेतर्फको पाङ्ग्राको बीचमा अड्किएको ढुङ्गा उछिट्टिएको रहेछ । बर्दिया नेशनल पार्कभित्र घटेको यो घटना सॉंच्चै नै सम्झनयोग्य बन्न पुग्यो मेरा लागि । त्यसपछि त कुराकानीभन्दा पनि निदाउनमै व्यस्त रहे‘ं म । बीचबाटोतिर खाना खाएर गुडेपछि एकैपल्ट रातको १ बजेतिर नारायणघाट पुगेर ब्यू‘ंंझे‘ं । त्यसै होइन, धनराजजीले बिदा माग्न उठाउनु भएको रहेछ । फेरि काठमाडौ‘ंमा भेट्ने सहमतिसहित उहॉंलाई बिदाई गरेपछि अलि नरमाइलो त लाग्यो नै । मनमनै ‘घर पुगेर फोनबाट जिस्काउ‘ंला’ भन्दै निद्रादेवीकै शरणमा परे‘ं फेरि म । त्यसपछि बिहानको चिया खान खानीखेलानिर आइपुगेपछि मात्र खोलियो ऑंखा । अनि, यताउती गर्दागर्दै १२ बज्यो गोंगबु‘ं बसपार्क आइपुग्दा त । ंवियोगीजी र मनोजस‘ंग बिदा हु‘ंदै म आफ्नो बाटो लागे‘ं ट्याक्सीमा । सम्मान थाप्न यति हण्डर खानु परेको यात्राका बारेमा ढिलोचॉंडो केही शब्द कोर्नुुपर्ला भन्ने सोच जन्मिएथे त्यसबेला र त लेखियो आज ‘गजलरत्न उपाधि’ पाएको झण्डै एकवर्षको अन्तरालमा सम्झिएका कुराहरू !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।