19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इच्छाहरू

कविता रुपेश राई November 21, 2010, 1:34 pm

इच्छाहरू यसपाली पनि

मोसै मोसो भएर भाँड़ामा

चमक ल्याउने कोशिश गरिरहेछ।

गरिरहेछ नित्य

ती इच्छाहरू। तेस्रो विश्व सम्झेर।जाबो त्यो इच्छा।

गरिरहेथ्यो पोहोर पनि

सायद गरिरहनेछ। जबसम्म उ,

उ भएर बाँच्न पाउँदैन।

पाउँदैन उसले त्यही

कुरा जो 'म' ले पाइरहेकोछ। पाइरहेकोछ

अगाड़ी, पछाड़ी चारैतिर हिड़ाउन। कुकुरहरू

भुसिया, बुलडाग थरिथरिका।

थरिथरिका हातहरू। हातहरू कालो, सेतो।

थरिथरिका उसका इच्छाहरू

बलात्कृत भए। यसपाली पनि दशैंमा

इच्छहरू, घटुक्क आँशु निलिई विसर्जन गरिदिए।

गरिदिए उसले

आफुलाई विसर्जन 'म'को शहरमा।

'म'को गाउँमा अनि 'म'को गल्लिमा। 'म'को समाजमा।

'म'को विचारमा। 'म'को देशमा।

'म'को देशमा इच्छाहरू

फस्टाउन पाउँदैन, मौलाउन पाउँदैन। पाउँदैन पुराहुन।

यसैले पनि हो इछ्छहरू यसपाली...

विसर्जन गरिदिएको...।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।