यो जीवन कठै कठै, न बाँधु कतै
न साटु कतै ।
न सारुँ कतै, न झारुँ कतै ।
म खाली, खाली जमाना कस्तो?
न सोंचे जस्तो, न मागे जस्तो ।
म पानी पानी , बहेको कस्तो?
यो छाती पनि, कर्णाली जस्तो ।
यो जीवन......
जलेको छाती,उर्लेको आँधी,
उस्तैछ उस्तै दिन होस राती
न हारे मैले न जित्यो उस्ले,
तै पनि जीवन मेरै यो साथी ।
यो जीवन..........
न छामु भने दुखेको दुख्यै,
जलेको मन उडेको उड्यै
कसरी हाँसु, कसरी नाँचु?
ईश्वर भन, कसरी बाँचु?
यो जीवन........
लन्डन