हो उनी बवासिरा , मेरो बवासिरा । यो नाम तपाइँले कहिल्यै सुत्रुभएको छैन होला । तर मैले यो नाम बाहेक अरु नाम सुनेको छैन । हो उनी मेरो बवासिरा । यो नाम मैले उनलाईनै दिएको हो । उनले पनि बवासिरा भनेपछि मात्रै मसँग सम्पर्कमा आउँछिन् । जे काममा पनि मैले उनलाई बवासिरा भत्रुपर्ने हुन्छ । उनी मात्र मेरो बवासिरा । तपाइँले गोगलमा सर्च गरेपनि यो बवासिरा नाम फेलापार्न सक्नुहुत्र । तर मेरो मन–मस्तिष्कको गोगलमा बवासिराको प्रत्येक कृयाकलाप छ ।
बवासिरा कतिबेला अफिस जान्छिन् , कतिबेला अफिसबाट फर्कन्छिन् , कोसँग फोन गर्न कतिबेला आउँछिन् । जुनवेला मोवाइलको शुरुवात भएको थिएन त्योबेलादेखि बवासिरा फोन गर्न आउँथिन् । ठीक १० बजे अफिस जान्थिन् । ठीक ६ बजे घर फर्कन्थिन् । साह«ै अनुशासित थिइन् बवासिरा । हुन त उनको नाम के हो मलाई थाहा छैन तर म उनलाई बवासिरा भन्छु । म बसेका कोठाको झ्यालबाट सधैं बवासिराको कृयाकलाप हेर्छु । कोहिसँग बोल्न पनि लजाउने साह«ै बवासिरा छे भनेर भन्छु म । साँच्चिकै बवासिरा छ्यौ तिमी भनेर कत्ति पटक भनेको छु , भनेको थिएँ त्यो पनि मनमनै । उनले मलाई के भन्छिन् त्यो थाहा छैन मलाई । तर उनी मलाई बवासिरानै लाग्छिन् ।
उनीलाई मैले प्रथम पटक एउटा गरुडले नमस्कार गरेको ठाउँमा देखेको थिएँ । उनले पनि मलाई हेरिन् । मलाई लाग्यो उनले मलाई नमस्कार गरेकी रहिछे । त्यो बेला बवासिराले पूजाको थालि लिएर आएकी थिइन् । कतै पूजामा जान लागेकी होलिन् । तर मैले भने पूजा गर्ने बवासिरा फेला पारेँ । मैले त्यत्तिबृलादेखि पूजा गरेँ त बवासिरालाईनै पूजा गरेँ । मैले सम्झेँ म अब सेतो पहिरन लगाउने भगवानलाई प्रेमिकाको रुपमा हेर्ने झेन फकिर बनेँ । मैले यस्तै प्रकारको भगवानलाई प्रेमिका बनाएर पूज्ने किसिमको दर्शन पढ्न थालेँ तर बवासिरालाई मात्रै देखेँ ।
अहिले भने बवासिराले सधैँ झ्यालबाट हेर्न थालिन् । उनलाई हेर्नआउनेहरुले गर्दा त्यो सडक सधँै जाम हुन्थ्यो । अनि उनको जूनरुपी अनुहारबाट मुग्ध भइसकेपछि त्यो बाटो नाघेर जान्थ्यो । तर एकदिन बवासिरा बेपत्ता भइन् । झ्यालमा देखापरिनन् । अनि कसैले पनि बवासिराको झ्यालको बाटो नाघेर जान छोडेछ । शहरको उक्त सडकमा हंगामानै भयो । उनी मेरो त बवासिरानै हो । तर अरुका कसैको जून होला , कसैको गुण होला कसैको सबै होला तर मेरो भने नोस्टाल्जिक बवासिरा । त्यो ठाउँमा मान्छेको जाम तब मात्रै हट्यो जब उक्त बवासिराको मृत्यु भएको ठहर गरियो । त्यसपछि त्यहाँ मान्छेहरु निराश भएर फर्के । बाटो सुनसान हुन थाले । त्यो बाटोबाट मानिसहरु हिँड्न छाडे । बवासिराले हेर्ने झ्याल बन्द भयो । त्यस मध्ये बवासिराको एकदमै धेरै फ्यानहरु मध्ये चारजना व्यक्तिहरु ठूलै फ्यान भएको मैले पत्ता लगाएँ ।
बवासिरालाई मनपराउने पहिलो व्यक्ति त्यो थियो जसले बवासिरा नमरेको ठहर ग¥यो र उसले बवासिराले झ्यालबाट नहेरेसम्म म यस बाटो तरेर नजाने भनेर त्यहीँ सालिकझैँ उभिएर बस्यो ।
मेरो बवासिराको दोस्रो ठूलो फ्यान त्यो थियो उसले भने बवासिरा मरेको ठहर ग¥यो र उसले चारै धामहरुमा श्राद्ध गर्ने काम गरिरह्यो । बवासिराको आत्माको शान्तिका लागि कसैको कुरा नसुनी काजकृया गरेर बस्यो ।
तेस्रो ठूलो फ्यान बवासिराको त्यो थियो त्यसले पनि मैले जस्तै बवासिराको नाम थाहा नपाउने तर उसले मेरो बवासिराको जप गर्ने भनेर एउटा आध्यात्मिक गुरु कहाँ गयो र उक्त गुरुले जप गर्ने भए उनलाई सम्झ्नु र जपमाला घुमाउनु , कुनै शब्द प्रयोग गर्नु पर्दैन त्यो नै तिम्रो महा–मन्त्र भयो भनेर भनेछ । त्यसपछि उसले बवासिरालाई विना शब्दको मात्र स्मरणको जप गरेर बसेछ ।
चौँथो ठूलो फ्यान त्यो थियो त्यो मलाई मात्र थाहा छ अरु कसैलाई थाहाछैन । उसले पनि मैलेजस्तै बवासिराको नाम थाहाछैन तर उसले पनि मैलेजस्तै कुनै अर्कै नाम बनाएको छ । त्यो पनि अर्कै किसिमको , मैले यो नाम यस कारण पाठकहरुलाई भनिनँ कि मेरो बवासिराको नाम उस्ले खोस्न सक्छ । मैले कसैलाई यो कुरा भनिन किनकी उसले मेरो बवासिराको नामलाई खोस्न सक्थ्यो , त्यस्तो जादूमय नाम थियो त्यो । बवासिराले थाहा पाइन भने बवासिराले आफ्नो नामनै फेरेर त्यो नाम राख्न सक्थ्यो । खएर अहिले बवासिरानै अलप भएकि छे । उसले त्यो नाम सडकमा , भित्तामा , भेट्टाएका जति ठाउँहरुमा लेख्दै गयो । तर मलाई टेस्कि–मेस्कि केही पनि भएन । मात्र मैले उसले के लेखेको भनेर , अर्थात बवासिरालाई लेखेको भनेर कसैलाई भनिन । उसले सबै ठाउँमा त्यही लेख्यो त्यसैले उसको नाम पनि त्यही भयो ।
सबै यी चारलाइ दुनीयाँले संसारका सबैभन्दा ठूला महापागलको संज्ञा दिए ।
१० बर्ष वित्यो । उनीहरु चारैजनाले आफ्ना क्रियाकलाप जारीनै राखिरहे । बवासिरा अचम्मले अचानक झ्यालमा देखा परिन् । मलाई विण्डोमा देखाप¥यो भत्र मन लाग्यो । अर्था विन डू । जित्ने काम गर भनेझैँ लाग्यो । मात्र मैले गरुडले नमस्कार गरेको ठाउँमा प्रत्यक्ष एकहातको दूरीमा देखेको बवासिरा अरुबेला मैले देखे पनि चश्माको हेराइले हेरेको थिएँ । तर चश्मै फुकालेर हेरेको भनेको गरुडले नमस्कार गरेको ठाउँमै हो । अहिले त उनको हातमा मोबाइल पनि छ ।
फेरि शहर भरी हल्ला हुन थाल्यो मेरो बवासिरालाई दाबी गर्नेहरु आउन थाले । फेरि एकपटक ठूलो हंगामा भयो । युद्धभूमिमा गुमिसकेको देश पुनः दावी गर्न आएजस्तो लाग्यो । मलाई यो एउटा अनौठो देश लाग्यो बवासिरा देश । कस्तो बवासिरा देश ।
उनलाई दावी गर्नेमा यी चारठूला फ्याननै सबभन्दा अगाडि परे । पहिलोले बवासिराको झ्यालको रेखा ननाघिकन सालिकझैँ बसेकाले उसको दावी पनि देशको सीमा नाघेर नजाने देशभक्तकोझैँ जायज थियो । दोस्रो ठूलो फ्यानले आफ्नो नातै नपर्नेलाई मरेको घोषणा गरी काजक्रिया गरेको थियो । तेस्रोले जप गरेर बसेको थियो । चौंथोले , भित्ता , सडक , गल्लाीमा जतातै लेखेर बसेको थियो । चारैजनालाई दुनियाँले महापागल भनेका थिए । तर जब बवासिरा झुल्किइन् मातृभूमि झै झुल्किइन् , यी चारैजना पागल होइन भत्रे दुनियादारीले ठहर गरे । यो बवासिराकै देन थियो । हो देश–भक्तहरुलाई नचिनेर दशवर्षको युद्धपछि फेरि देशलाई चित्रे देशभक्त रहेछ भनेर ठहर गरेजस्तै ।
म चाहिँ फगत महाभारतको सञ्जयले बवासिरा मात्र हेरि रहेँ । सबै देखि रहेँ । बवासिरा १० वर्ष हराएको पनि हेरिरहेँ । फेरि बवासिरा हेर्न पाएकोमा बेवारिसे नहोस् भत्रे कामना गरिरहेँ । अस्तु ।।
कुलेश्वर आवास क्षेत्र, काठमाण्डौं