17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल हस्त गौतम मृदुल November 26, 2010, 7:37 pm

तेल बिनाको दियो त मधुरो हुँदो रहेछ

माया बिनाको जीवन अधरो हुँदो रहछ

सुख दिन्छु भनी कमाउन बिदेश आएँ म

आशा बिनाको जीवन साघुँरो हुँदो रहछ

आपसमा अगाध स्नेहले भरिपूर्ण हुन्छ

स्नहे बिनाको जीवन टुहुरो हुँदो रहछे

भत्भती पोल्छ मन परिवारलाई नभेट्दा

पत्नी बिनाको जीवन निठुरो हुँदो रहछ

एक अकालाई बहुतै माया गर्छौँ हामीले

नाता बिनाको जीवन अपुरो हुँदो रहेछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।