19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश प्रतीक November 28, 2010, 1:25 pm

मायाको नाँउमा मैले एउटा पाप गरेछु

तिम्लाई रुवाउनुको आज पश्चाताप गरेछु

पागल मन र प्यासी तन बोकेर सायद

तिम्रो बस्तिमा प्रवेश चुपचाप गरेछु

तिम्रो नयनतालमा डुबेरै हराएछु म

अनि एकान्तमा आलाप बिलाप गरेछु

नचाहेरै तिमीलाई भुल्न खोजिहेर्दा मैले

लाग्यो आफ्नै मृत्युपत्रमा औँठाछाप गरेछु

रेडियो भानुभक्त १०४.२ ; दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।