19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राम र हनुमानहरु

कविता देव पाठक December 3, 2010, 8:15 am

म यो युगको मर्यादा उल्लघन राम हुँ

यो त्रेता युग होईन जहाँ म मर्यादा पालक बनु

हो म त्यहि राम हुँ

त्रेतायुगमा १४ बर्ष बनबास बस्ने राम

अहिले कलियुगमा पनि बसेको छु बनबास

पूरा ११ बर्ष

त्यसैले त म कलियुगको राम हो

मर्यादा उल्लघंन राम

त्यही राम झै मेरा पनि प्रशस्त छन् वानर सेना

अनी प्रशस्त छन् राम भक्त हनुमानहरु

त्यो कालमा रावणले पुच्छरमा आगो लगाउथ्यो

अनी रामभक्त हनुमान सुनको लँका जलाउथ्यो

तर

यहाँ म आफै मेरा हनुमानहरुको पुच्छरमा आगो लगाउदै भन्छु

"जाओ देशमा आगो लगाओ"

मेरा भक्त हनुमानहरु

मेरो हुकुम शिरोधार्य गर्दै

बुर्कुशी मार्दै

देश जलाउदै हिडेका छन्

मेरा हनुमानहरु कमजोर छैनन्

ती नाथे हनुमान भन्दा पनि तगडा

मेरा भक्त हनुमानहरु

आजपनी पुच्छरमा आगो लिएरै बसेका छन्

जुन आगो जहाँपनी,

जतिबेलापनी

अनी जो सुकै माथि पर्न सक्छ

किनकी

यो उद्दन्ड रामका

उद्दन्ड वानरसेना हुन्

त्यसैले होशियार

यो कलियुगी मर्यादा उल्लघन रामको बानरसेना उद्दन्ड छ

घमन्डी छ

तर महान छ

त्यसैले त म कलियुगको महान राम हुँ

मर्यादा उल्लंघन राम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।