19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फूल तिमी बिद्रोह गर

कविता बिजु सुवेदी “विजय” December 3, 2010, 8:20 am
बिजु सुवेदी “विजय”
बिजु सुवेदी “विजय”

हे फूल ! तिमी सृष्टिको अत्यन्तै सुन्दर सृजना ।

तिमी बगैंचाको शोभा ।

पृथ्वीको देदिप्यमान ।

तर तिमीलाई चुँडेर देवताको पाउमा गर्छ सेवा ।

के यो सेवा हो ?

देवताको सुन्दर रचना तिमी

तिमीलाई लुछेर शीरमा किन राख्दछ ?

सृष्टिको शोभामा किन यत्ति बवण्डर ?

हे ! हिँस्रक समाज ।

यो वलिभन्दा भयो ठूलो घात ।

तिमलिाई लुक्ष्दा रुन्छ मेरो मन ।

तिमीलाई लुक्ष्दा सुरम्य प्रकृति हुन्छ रोदन ।

के यस्तो थाहा छ भक्तहरुलाई ?

तिमीहरु भक्त होइनौ ।

तिमीहरु अभक्तको उँचाइमा चढ्दै छौ ।

सुन्दर सृष्टिलाई अझ सून्दर बनाऊ ।

अनि पो खुशि हुन्छन् भगवान ।

अनि पो प्रकृति–देव हुँदैन छटपट ।

फूल लुक्षिँदा म सधैँ रुने गर्दछु ।

त्यस्तै हालत छ बम्बै बेश्यालयमा नारी पूmलको ।

कहिलेदेखि !

हे कहिलेदेखि ! पूmल लुक्ष्ने चलन ल्यायो ?

त्यसको प्रसाद मलाई चाहिँदैन ।

भो मलाई प्रसाद चाहिँदैन ।

पूmललाई लुक्षेर मेरो टाउकामा राखिदिन्छ ।

त्यो अस्विकार गर्दा म नास्तिक रे !

म पागल रे !

म त्यो टुक्रा पूmललाई फेरि जोड्न खोज्छु ।

फेरि त्यो फूल लुक्षेको घाउमा मलम लगाउन खोज्छु ।

फेरि असमर्थ हुन्छु ।

एकपल्ट गुमेको अस्मिता फेरि फर्कँदैन ।

फूललाई लागेको घाउ वर्षौ भइसक्यो ।

खै कसले बुझेको ?

जतिबेलादेखि भौतीकरुपमा देवता पूज्ने चलन ल्याए ,

आध्यात्मिकताको भयो अन्त्य ।

आत्मिकताको पनि भयो अन्त्य ।

पूज्ने भए मनले पूज भगवानलाई ।

प्रकृतिदेवलाई अझै सुन्दर बनाऊ ।

तिमी पनि फूल झैं सुन्दर बत्रेछौ ।

त्यत्तिबेला पनि पूmलले भत्रेछ ,

तिमीलाई कसैले नलुछोस् ।

तिमीलाई कसैले वलि नदेअ‍ेस्

यत्ति उदार छ पूmल ।

पूmलले भनिरहेको छ ।

पूmलले भनिरहनेछ ।

मैले त भोगेँ भोगेँ

अरु कसैले भोग्न नपरोस् ।

यत्ति सुगन्ध छ पूmलमा ।

मैले त राम्रो दिन खोजेँ ।

मैले त सुगन्ध छर्न खोजेँ ।

फेरि मैमाथि भयो घात ।

यो संसारमा राम्रो काम गर्न नहुने रैछ ।

काँडा भएर बाँच्नु पर्ने रैछ ।

मैसँगैको काँडालाई कसैले उखेलेर फ्याँक्दैनन् ।

तर मलाई कसैले निचोर्दछन् ।

कसैले सियोले घाउ पारेर उन्दछन् ।

मलाई मेरो ठाउँमा सुगन्ध पोख्न दिँदैनन् ।

पूmलले फुल्नै नहुने ?

राम्रो काम गर्नै नहुने ?

फुल्न थाल्यो कि लुक्षेर लगिहाल्छन् ।

यहाँ सब माली रोएका छन् ।

वनमाली रोएका छन् ।

घरमाली रोएका छ्न् ।

सब माली रोएका छन् ।

आँसू बरबरी झरिरहेका छन् ।

फूलका प्रसाद दिइरहेका छन् ।

झन् रुवाइरहेका छन् ।

भगवान रोइरहेका छन् ।

प्रकृति रोइरहेकि छिन् ।

त्यसैले मैले भत्रै पर्दछ ।

हे पूmल ! तिमी कति सहन्छौ पीडा !

तिमी अबला पूmल नबन ।

तिमीले सहेको जुगौं भइसक्यो ।

तिमीले अन्याय सहनुको पाप गरिरहेकिछ्यौ ।

त्यसैले तिमीले धर्म गर ।

तिमीले अब बिद्रोह गर ।

तिमीले अब राँको बन ।

तिमीले अब राँको बन ।

कुलेश्वर आवास क्षेत्र , काठमाण्डौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।