यहाँ हरेक काम अनि, कुरामा नै भद्रगोल छ
बाहिर मासुको वासना, भित्र त सिन्कीको झोल छ
न सुख शान्ती समृद्धि छ, न त बिधिको सासन छ,
जवरजस्ती शासन गर्ने, यहीँ अनियमित रोल छ
निहित स्वार्थ भन्दा माथि, कोही पनि उठ्न सकेनन्
सत्ताको मात्र तर मार्ने, नेताहरुको नै बोल छ
जुन जोगी आए नि उहीँ, कान चिरिएको भेटायौँ
शिरकमा हाल्नको लागी, संधै सिरानीको खोल छ
कति बाँढ्छौ झुटा सपना, उही नै खोक्रो आश्वासन
न खोस सुनौलो बिहानी, यही नै त अनमोल छ