19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गणित, मन अनि तथ्य

कविता बिबश बिप्र December 6, 2010, 12:37 pm

l l

संघर्षको लालकिल्ला भत्किएर

छरिएका

बन्दुकका नाल र कुन्दाहरु

स्यालको भाका कुर्लिएर

अन्धकारको खेति गर्छन l

l l

''मानिसका आँखाहरु बल्न सक्दैनन्''

एक स्वयंसिद्ध तथ्य l

हराएको सपनाको खोजीमा

एक बिपना-

खुकुरीको दापभित्र लुकेको

उस्तै एक सपनाको स्मरण गर्छ l

l l

''स्मरण मिठो हुन्छ''

स्वयं एक तथ्य l

गर्नेछ-

एउटा रहरले पनि त्यस्तै परिक्षण

के थाहा ??

खराब परिक्षणको असल नतिजा पो आउछ कि !?

वा-

''भाइस भर्सा''

l l

भन्नुस-

एक पूर्ण भबिष्य l

प्रसङ्गबस-

असान्दर्भिक सन्दर्भहरु-

''असमय र उसैको क्रियाशीलताको हकमा''

l l

जस्तो

मान्छेको शत्रु मान्छे

मान्छे मित्र मान्छेको

फेरी

कागको एक सन्तान

कि

कोइलीको एक अण्डा

अझै

माछा माछाको आहारा

वा

गोहीको रुन्चे अनुहार l

अनायासै-

जन्म यस्तै हुन्छ भन्छु म l

कसैलाई प्रश्न पनि गर्दिन l

l l

कारण-

सबको एक उत्तर -निर्बिकल्प-

जो-प्रकृतिको नियम .....l

l l

आबुधाबी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।