14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल सरोज घिमिर ‘बिरोद’ December 6, 2010, 7:10 am

साच्चै मन परेको एउटा नाउँ भेटियो

आँशु भन्ने शब्दै नभएको गाँउ भेटियो

मायालु मन बस्ने छुट्टै संसार हुन्छ भन्थे

त्यहीँ मायालु लुकाउने ठाँउ भेटियो

थोपा थोपामा अमृत हुन्छ अरे मायामा

अमृतै अमृतको ठुलो तलाउ भेटियो

पैसामा किनिदिन्छु माया भन्थे दुनियाँ

‘सरोज’ले खोजेको 'सच्चा' भाउ भेटियो

ब्यास ५, सेवोर, तनहुँ, हालः युथ एफ.एम. पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।