म टोलाईरहें बिदाई माग्दा आफन्ती छायाँले
म भिजिरहें यो छातिभित्र कोमल मायाँले ।
धर्काउँदै झारेउ मोतीका दाना
कलिला नयन,
हाँसेझैं गरें यो मन थाम्न
निष्ठुरी नभन ।
म बग्दैथिएँ झरेका तिम्रा
आँसुका भेलमा
भत्कदै थिए मनका बाँध
सुस्तरी दिलमा ।
धर्कियो छाति काँपे यी ओंठ
भिजे यी नयन
समाइ हात सकिन चुम्न
निर्दयी नभन ।
म टोलाईरहें विदाई माग्दा आफन्ती छाँयाले
म भिजिरहें यो छातिभित्र कोमल मायाँले ।