कति वर्खा काटें मैले, कति हिउँद काटें,
यात्रा रहेछ जिन्दगी यो, लामै डोरी बाटें
हिउँभित्र सपनाका बीउहरु खोज्दै,
कति छलें आफैलाई, कैयौं पल्ट ढाटें
दुखाउनुभन्दा बरु आफै दुख्नु जाति
यस्तै लाग्यो, दुनियालाई खुसी मात्रै साटेँ
साथीभाइ ईष्टमित्र, इमानको कमाइ
इमानमै पहिरो चल्दा भित्रभित्रै फाटें
क्यानाडा