19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गिरिराज बाँस्कोटा December 13, 2010, 12:02 pm

जूनसँग खेल्ने रातले सतायो

पिडासँग पेल्ने रातले सतायो

कथाहरु दुख्ने भएर जीन्दगीका

सधै आशु झेल्ने रातले सतायो

कल्पनामा कालो कथा बल्झिन्छ खाली

नशामा धकेल्ने रातले सतायो

पिरतीको बाटोमा काँडा कति कति

हेर्या बाटो छेल्ने रातले सतायो

घातहरु सबै भेला गराएर

पुरीसरी बेल्ने रातले सतायो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।