19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छिमेकी डट कम

कथा गोबिन्दिसंह रावत December 15, 2010, 3:02 pm

आमाले आज फेरी त्यही कुरा दोहोराउनु भयो ।

लोग्ने मान्छेको बानी र व्यहोरा माथि फेरी आक्षेप लगाउ“दै छिमेकीलाई तथानाम गाली गर्न थाल्नु भयो

भर्खर महिना दिन भएको थियो क्यारे हाम्रो नया“ छिमेकीको तर आमाको उमाथि दैनिक गरिने श्रापले लाग्थ्यो म वर्षौंदेखि उसको छिमेकी भएर बसेको हु“ ।

आमाले धेरै पटक उसको घरमा गएर चियो पनि नगर्नु भएको हैन । तर शुन्य हात परेपछि स्वास्नीलाई कमारो बनाएर राखेको निष्कर्ष निकाल्नु भएको थियो । स्वास्नी मान्छे जातैले कमजोर त्यसमा पनि यस्तो नरपशु लोग्ने भएपछि कस्को चेली हो कुन्नी सधै अचानो बन्नु परेकोमा आमा आफैनै पछुतो गर्ने गर्नु हुन्थ्यो । छिमेकीको माईत थाहा पाए पनि खबर गरिदिन्थे । प्रहरीलाई पो भन्ने होकी । स्वास्नीलाई पिट्दै गर्दा गएर समात्ने हो की बाट लिएर रक्सीले मान्छेलाई पशु बनाई दिएको तर्क समेत दिने गर्नु हुन्थ्यो आमा ।

हो अक्सर राती छिमेकीले आप्mनो श्रीमतीमाथि ज्यदती गरेको मैले पनि सुनेकोछु । त्यसैले आमाको कचकचमा सत्यता देखेकोले मौननै बस्ने गर्थे । छिमेकीको रिस केमा हो मलाई थाहा छैन । सुनेको भरमा भन्ने हो भने उसले स्वास्नीको लगाई, खुवाई, पकाई र डुलाईबाट लिएर आप्mनो कार्यालयका हाकिमबाट पाएको हप्काईमा पनि स्वास्नीलाई नै दोषी ठहराएर तथानाम भन्दै कराउने ग¥थ्यो । उसको यो गालीको मिसाइलको गडगडाहट राती नौं बजेपछि बाह्–एक बजेका अन्तरालमा सुनिन्थयो । एक पटक ढोका खोल्दै गरेको देखेको त्यो छिमेकी एउटा ख्याउटे परेको दुब्लो मान्छे थियो । हाम्रो घरको संगैको घरमा कोठा लिएर बसेको त्यो मान्छेको कोठा सधैजसो बन्द नै रहन्छ । आमाको देनिक उजुरीले गर्दा मैले आप्mनो जल्लाद छिमेकी (आमाको शब्दमा) संग कुरा गर्न धेरै प्रयत्न गर्दा पनि यसबाट कुनै उत्तर नआएपछि प्रयास त्यसै थन्कियो । तर प्रयास भने जारी थियो ।

सधैझै आज पनि आमाले विहान चिया दिदै त्यसले त स्वास्नीलाई पिटिपिटि मार्छ भन्दै आज शनिबार भएकोले उसको कोठामा गएर बुभ्mने सल्लाह दिन थाल्नु भयो । तर चिनजान बिना कसैको घरमा त्यसै जान पनि भएन भनेर मैले आमाको कुरामा समर्थन जनाइन । तर आमा गएपछि यसको कोठामा चियाउन थाले । शान्त एकदम शान्त । मानौं भित्र कोही पनि बस्दैनन् जस्तो शान्त थियो बाहिरबाट उसको कोठा । म कोठामा हेर्दै गए र अचानक छिमेकी निस्केको देखे । लाग्यो आज शनिबार भएकोले मासु किन्न गएको होला । त्यसो भए आज पनि राती ठुलो रडाको हुने होला । मासु मीठो नभएर निहु खाज्ने होला । मासु भुट्नुको सट्टा झोल हालेर किन पकाइस भनेर बाभ्mने होला । मासु भएकोले रक्सी पनि अवस्य जाला अनि त्यसको मात्रा मासुको बलमा बढ्ने होला । त्यसपछिको घटनाको मैले कल्पनानै गर्न सकिन ।

आमालाई मैले छिमेकी बजार तिर गएको देखेकोबारे बताउनासाथ आमा हाम्फल्दै छिमेकीको ढोका ढकढकाउन पुग्नु भयो । आमालाई गतरातीको घटनाले पिरोलेको थियो । त्यसैले नारी शक्तीको सदुपयोग गर्न छिमेकीको स्वास्नीसंग एक्यबद्धता गर्न, महिला एकता देखाउन पुग्नु भएको थियो । तर निरन्तर ढोका ढकढकाउ“दा पनि त्यो ढोका उघ्रेन अनि आमा निरास भएर म छेउ आएर त्यो आईमईको कर्ममा नर्कनै लेखेको छ बाबु के गर्छस् । लोग्नेले गुलाम नै बनाएको रहेछ । बाहिर पनि निस्कन दिन्न । छरछिमेकसलाई पनि भेट्न दिदैन । भेट्न गए ढोक समेत नखोल्ने गरी तर्साएर राखेको रहेछ भन्दै आमा निस्कनु भयो । संभवतः आमाले अब छरछिमेकका सबै महिलालाई यो ताजा खबर सुनाउने होला ।

सदाझै आज राती पनि छिमेकीको रडाको शुरु भयो । स्वास्नीलाई तथानाम गाली गरीरहेको नसुन्ने वरपरका छिमेकी विरलै होलान । अब सबैलाई बानी परे जस्तो छ । नत्रभने शुरुशुरुमा त बाहिरबाट कराएर उसैलाई गाली गर्नेहरु पनि नदेखिएका हैनन् । तर अब सबैलाई सुन्ने बानी परे जस्तो छ ।

तर अरुदिन भन्दा आज मलाई भने एकदमै रिस उठी रहेको थियो । उसले आप्mनो गालीका शब्दको सीमा नाघ्दै गई रहेको थियो । प्रायः स्वास्नीलाई र..रा...भनेर सम्बोधन गर्दै गालीपछि म.....मु... मा पुग्नेले आज चाहि समाजलाई नै अपच हुने नया“ शब्दहरु प्रयोग गर्न थालेको थियो । आमाको अगाडि उभिनुनै गाहे भएको थियो । उसको शब्द प्रयोगले अनि मलाई गिज्याई रहेको जस्तो लाग्यो । एउटा असल नागरिकको रुपमा आफुलाई देखाउन म उसको कोठातिर लागे । आमाले जा“ड खाको मान्छेसंग के कुरा गर्ने बरु भोली गएर भन्नु भन्ने आदेशको पालना गर्ने धेर्य पनि ममा भएन । अनि उसको कोठा तिर लागे ।

धेरै बेरसम्म ढोका ढकढकाएपछि पनि नखुलेपछि मैले ढोकानै तोडौलाझै गरी हान्न थाले । आधाघण्टा चालिस मिनटको प्रयासपछि बल्ल ढोका खुल्यो । ख्याउटे छिमेकी आएर सोध्न थाल्यो के भयो भनेर । मैले उसलाई नै प्रतिप्रश्न गरेर के गरेको भित्र , स्वास्नीलाई पिटेर के को पुरुषार्थ देखाएको । खै त श्रीमती । कतै पिटेर मारी त दिएनौं भनेर भित्र छिर्ने मेरो प्रयासलाई उसले विफल बनाउदै ममाथि नै प्रतिप्रश्न गर्न थाल्यो ।

के भएको तपाईलाई । मैले कस्को स्वास्नीलाई पिटे ? का छ मेरो स्वास्नी ? मेरो त बिहेनै भएको छैन । म त यहा“ एक्लै वस्छु ।

उसको कुरा सुनेर म स्तब्ध भए । अनि मलाई अनौंठो लाग्यो र सोधे – अनि रोजै राती जा“ड खाएर केको रडाको मच्चाएको त ?

धेरै घोरिएपछि उसले भन्यो – ए...... त्यो । त्यो त म सधै गर्छु । के गर्ने एक्लो बस्दा बस्दा अत्यास लाग्छ । अनि एक्लै कराएर आफुसंग पनि कोही छ भन्ने आभाष दिलाउन राती खाना खाएपछि एकैछिन कराउने गर्छु, त्यति हो ।

उसलाई हेर्दै मैले भने – अनि जा“ड आएर यसरी फोहोर बोल्ने हो त ?

दाहिने हातले आप्mनो घाटीको छाला तन्काएर समात्दै भन्यो – कस्सम् म जा“ड रक्सी चुरोट केही पनि खादिन । अब सानैदेखि खाते भएर पालिएको मान्छेलाई सभ्यभाषा कता बाट आउछ र । म त खाते हो सर । एकजना भलाद्मीले सडकबाट टिपेर मलाई आप्mनो कार्यालयमा पिउन बनाएपछि यो डेरामा सफा लुगा लगाएर सभ्य भएर बस्न थालेको हो सर । सानैदेखि सडक र पेटीको कोलाहलमा हुर्किएर बढेको मान्छे । अरुकुनै अमल नभए पनि फोहोरमा हुर्केकोले फोहोर बोल्नेबानी गाको छैन । एक्लो भएकोले आफैलाई ढाडस दिनलाई हराएर मन हल्हा भएपछि सुत्ने बानी पर्यो सर । हजुरहरुलाई अप्ठ्यारो हुन्छ भने म डेरा सरी दिउला नी ।

उसको बोलाईमा कारुणिकतासंगै वास्तविकता पनि थियो । म अनुत्तरित भएर सरासर घर आएर आमालाई मुखाग्र सुनाए । भोली पल्ट आमाबाट टोलछिमेक सबैले उसको बारे र बानी थाहा पाए । तर उसको एक्लोपनबाट वाक्कदिक्क भएर काल्पिनक स्वास्नीलाई तथानाम गालीदिने बानी भने कहिल्यै रोकिएन भने सुन्नेलाई पनि बानी पर्दै गयो ।

टोरोन्टो

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।