19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नीलबहादुर खड्का December 17, 2010, 7:53 pm

ईश्वर पनि बाटो सधैं, बिराउँछ किन !

जहिले पनि मलाई नै, पिराउँछ किन !!

कष्टहरु सहेर नि, माथि चढ्न खोज्दा !

खुट्टा तानी जमिनमै, गिराउँछ किन !!

दुःखभित्रै सुख खोज्ने, प्रयास गर्दा समेत !

सुख लुकाइ दुःख मात्रै, भिराउँछ किन !!

बित्छ क्यारे जीवन त्यसै, उज्यालोकै आशमा !

अन्धकारमै धकेलेर, छिराउँछ किन !!

दिनदेखि डराउँछ 'निल', ऋणदेखि होइन !

नलिएको ऋण पनि, तिराउँछ किन !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।