ढाक्यो है बस्ति हुस्सु कुहिरोले
क्यै देख्न सक्दिन,
जाडो छ त्यस्तै यो शरीर मेरो
मै भन्न सक्दिन
धरती ढाक्ने सेताम्मे हिउँ
म खेल्न सक्दिन,
मनको पिडा मनैमा गाँठो
म रुन सक्दिन
छेड्यो है मुटु यो सिरेटोले
बाँच्छु कि बाँच्दिन,
हे मेरी प्यारी तिमीलाई फेरी
भेट्छु कि भेट्दिन
ति प्यारा प्यारा लाला र बाला
म भुलुं कसरि,
मरिनै हालें लौ भने पनि
जाउँ स्वर्ग कसरि ?!!
बेलायत