14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सार्थक जीवन

कविता रमेश दिलुङ्छा December 18, 2010, 7:09 am

तिम्रा

गर्विला मुटुबाट

मुठी भर समर्पण

सापट देउ

यो बतासे मनलाई......!

हेर्छु

साँझ पख

आभाष-दुरी परिपुरक लाग्छ

तर यादहरु किन

घातक यहाँ

क्षमता देउ

जिउदै जल्न लाई.....!

रात भर

पाउछु आँफैलाई

चन्द्रमा-चखेवाको पात्रमा

मन दरो बनाऊ नानु

पर्खाइ बेइमान हुन्न है

केवल

एक-पल देउ

सार्थक-जीवन बन्नलाई ......!

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।