17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृत प्रश्न

कविता बिबश बिप्र December 23, 2010, 7:44 pm

घरको आरोह-अवरोहमा

सुनिने बहुल आवाजहरु

रातमा चिच्याउन छोडेको धेरै भो

गोलमेच मेलाको प्रदर्शनीमा

अँध्यारोका नाइकेहरु

धामीगुरु जस्तो काम्दैहोलान ।

अनुभूतिमा-

मान्छेको उचाई बढेको छ-भगवानको तुलनामा ।

घटेको छ-भूतको अगाडि ।

आज

भूतले एउटा अर्थ मन्त्रीलाई सुर्यको उपस्थितिमै धम्क्यायो ।

ठ्याक्कै केहि मिनेटमै सरकारी पँधेरो भाँचिएका बाँसले भरियो।

एउटा

सडकछाप ज्योतिषीले

सिम्रिक र चामलको महत्व यसरि जोड्यो -

दिउसो भूतहरुको आगमन र प्रवचन बढेकोछ घरमा

अझ भनौ-

अब घर मान्छेहरुको बासस्थान हैन ।

रातका राजाहरु दिनमा

दिनका मान्छेहरु कहाँ?

यो घडीमा

खै कुनै प्रत्यय र उपसर्गहरुको सहयोग भएन ।

जहाँ-

अन्धकारले राज्य गर्छ ।

जहाँ-

बस्त्रबिहिनहरुले धागोको ब्यापार गर्छन ।

हे म-

तिमी भने अझै धागोको महलभित्र

एक प्रहर सुत्ने बिज्ञापन गर्दैछौ?

एउटी विधुवी उतरको

मरिसकेको प्रश्न !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।