19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लाज लागिरहेको छ

कविता रुपेश राई December 23, 2010, 11:49 am

लाज लागिरहेको छ

घरि-घरि त्यही कुरा सुन्नु/सुनाउनु।

स्कूलमा छँदा पनि कानहरू

त्यस्तै कुरा सुन्थे, आजझैँ। बोल्थे

मुखहरू आजझैँ।

चिप्रा निकालेको जस्तो

आँखाबाट पालै पालो। खोदालेर।

मुखबाट खैनी निकालेझैँ

रस चुसेपछि शब्दहरू सुकेझैँ।

आँखा हुनु हरे

कान हुनु हरे

नाक हुनु हरे

मुख हुनु हरे

अनि सोच्ने दिमाग। तिमीलाई परिचय

गराउने अनुहार। एउटा आकार मान्छे भन्नु रे।

सिङ्गो मान्छे; लाज गागिरहेको छ

उसलाई भन्नु। हाम्रो मान्छे।

दिउसै हराउछ उसको हातबाट,

तिमीले पनि कतै हात त साटेनौ?

सोधौँ-सोधौँ लाग्छ

तिम्रो अनुहारको मान्चित्रमा

शंकाहरू रातारात बसेको देख्दा।

तत्काल बस्तीहरूलाई

लाज लागिरहेको छ। हाम्रो मान्चित्रमा।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।