आफ्नै संस्कारले चकित पार्दैछ
मान्छेको विचारले चकित पार्दैछ
सक्दो लुट्न खोज्छन् सबैजना
यो व्यस्त बजारले चकित पार्दैछ
कैले साथ दिने, कैले घात दिने
तिम्रो व्यवहारले चकित पार्दैछ
किन जन्मे खाडलहरु मान्छेमा ?
स्वार्थी ससांरले चकित पार्दैछ
रेडियो भानुभक्त १०४.२ ; दमौली, तनहुँ