14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सन्तुको सपना

कथा वासुदेव गुरागाईं December 24, 2010, 2:30 am

‘बुबा’, चिया लिस्योस् ।

‘मम्मीहजुर’ लाई पनि बोलाइस्योस् । चिया सेलाउला । म जान्छु ।

सन्तुमायाको दैनिकी हो यो । जाडो होस् वा गर्मी । शिशिर होस् वा बसन्त । बाह्रै महिना बाह्रै काल बिहान चार बजे उठिसकेकी हुन्छिन् उनी । घरको बढारकुँढार, लिपपोत लगायत सबै काम सकेर बिहान छ बजे ओछ्यानमा चिया पुगिसक्नु पर्ने । दस वर्षकी कलिली केटी । आमाले सानैमा बिदा लिइन् । घर व्यवहार धात्रे निहुँमा बाबुले सौतेनी आमा जुटाइदिए । दिदीबहिनी, दाजुभाइको सङ्ख्या पनि चलनचल्तीको भन्दा निकै बढी । चार दाजुभाइ, तीन दिदीबहिनी । सबैमा हिसाब गर्दा साहिँली र दिदीबहिनीमा ऊ माइली ।

पहाडको रुखो पाखा पखेरा । उब्जनी पो के नै हुन्छ र ! खानलाउनका लागि सधैँ सङ्घर्ष । उमेर पुगेकाहरु गाउँघरको मेलापर्म धाउँथे । चलनचल्ती त्यही थियो । मेलापातमा नबिक्नेहरु घरैको घाँसपात । गोठालो । पानीपधेँरो । भातभान्सा । जुठोचुल्हो । जीवन निकै सकसपूर्ण थियो ।

छोराछोरी र घरपरिवारको यो हबिगत देखेर लालबहादुर निकै आजित थिए । गाउँघरका सबैका छोराछोरी हुल बाँधेर उनैको घरछेउ भएर स्कूल जान्थे । उनका बालबच्चा भने त्यो दृश्य एकतमासले टोलाएर हेरिरहन्थे । स्कुल जाने, पढ्ने कत्रो रहर पालेका थिए होलान् तिनले पनि । आखिर हृदय त तिनको पनि थियो । यस्तो हुन पाए हुन्थ्यो, उस्तो गर्न पाए हुन्थ्यो भत्रे सपना त पक्कै तिनले पनि देखिरहेका थिए होलान् । तर परिस्थितिले कत्ति पनि साथ दिइरहेको थिएन ।

जातीय हिसाबले तामाङहरुको ठूलो बस्ती । छोराछोरीलाई पढाउनुलेखाउनु पर्छ भत्रे जागरण व्यापक रुपमा पैmलिरहेको समय । त्यो जागरण त्यस बस्तीमा पनि राम्रोसँग पैmलन भ्याएको थियो । चाँजोपाँजो मिलाउन नसके पनि ‘सबैका लागि शिक्षा’ भनेर वर्षौँदेखि सरकारले पनि निरन्तर घोक्रो सुकाइरहेको बेला । लालबहादुर तामाङले पनि त्यो कुरा नबुझेका थिएनन् । तर त्यत्रो जहान परिवारको हातमुख जोर्ने र एकसरो नाङ्गो जीउ छोप्ने समस्याले उनी बुझेको कुरा पनि बुझपचाउन बाध्य थिए । अहिलेकै अवस्थामा बालबालिकालाई विद्यालय पढ्न पठाउन सक्ने वातावरण उनी कसै गरी मिलाउन सकिरहेका थिएनन् । यस कुराले कताकता उनको मन बिझाइरहेको थियो । उपाय निस्किरहेको थिएन ।

ंं

छोरी एउटी मात्र जन्मेकी थिइन् । ती पनि विवाह गरेर गइसकेकी । तीन छोरामध्ये दुई छोरा विदेश । बाँकी भएको जेठो छोरो जागिरदार । बुहारी पनि बेफुर्सदी । छोरा सरहकै रोजगारी । जागिरदार बुहारीलाई बिहानबेलुकाको घरधन्दा सघाउन पनि पटकपटक भनिरहन पथ्र्यो । एउटै कामलाई यसरी पटकपटक भत्रुपर्दा सासूका नाताले सुन्तलीलाई कताकता असजिलो लागिरहेको थियो । अरुका अगाडि सासूले देखिनसहेजस्तो पनि हुन सक्थ्यो । फुर्सदका बेला पनि बुहारीबाट त्यस्तो व्यवहार हुन थालेपछि सुन्तली ‘के गर्ने ?’ ‘के नगर्ने ?’ मुडमा पुगिसकेकी थिइन् । नपुग्दो केही थिएन । तैपनि मान्छेलाई लोभले कहिल्यै नछाड्ने भएर मात्र उनीहरु आफ्नो घरधन्दाको काम आपैmँ भ्याइरहेका थिए । धानिरहेका थिए । नत्र एकदुई जना कामदार राख्न सक्ने हैसियत उनीहरुसँग नभएको भने होइन ।

साह्रै आजित भएपछि सुन्तलीले एक बिहान आफ्ना श्रीमान्लाई यसो एउटा काम गर्ने सानोतिनो केटा वा केटी पाए घरमा राख्न हुन्थ्यो कि ? भनेर प्रस्ताव गरिन् । अझ पाएसम्म रोजाइमा केटीकै चाहना बढी थियो । कामधन्दा सिकाउन सजिलो हुने । घरधन्दा गर्न सिपालु हुने । अरुले गरेको काम टपक्क टिपेर गर्न सक्ने । बानीबेहोरा केटाको भन्दा कता हो कता सरल हुने । अझ त्योभन्दा पनि बढी घरकी सानी नातिनीको हेरचाह र जिम्मेवारीको काम दिन सजिलो पर्ने । यसै भएर दुवैको रोजाइको प्राथमिकता केटीकै रह्यो ।

जेठो छोराबुहारीको आमदानी सोचेभन्दा निकै राम्रो । साह्रै सुविधाभोगी भइसकेका थिए । यसो नजिकै बिहानबेलुकाको तरकारी कित्र जान पनि हिँडेर जाँदैनथे । सवारीसाधन नै चाहिन्थ्यो । लक्ष्मीप्रसाद बाजे आपैmँले पनि जीवनको उत्तराद्र्धतिर आएर सानोतिनो व्यापार व्यवसायमा हात हालेका थिए । काम राम्रैसँग अगाडि बढिरहेको थियो । फुर्सद कसैलाई थिएन । धर्मपत्नी सुन्तली पनि कहिले सामाजिक त कहिले यस्तै किसिमका अन्य काममा दौडिरहनु पर्ने । यसै भएर सबै हिसाबले उनलाई सुन्तलीको प्रस्ताव उचित लाग्यो ।

‘भइहाल्छ नि । यसो भने जस्तो मान्छे पाए घरमा बस्दा साथी हुन्छ । बाहिर जाँदा ढुक्कसँग घर छाडेर हिँड्न पाइन्छ’— लक्ष्मीप्रसादले सुन्तलीको प्रस्तावलाई आनाकानी नगरीकन स्वीकृति दिए ।

‘अँ ! साँच्ची, हामीले मात्र भनेर पनि नहोला नि । एकपटक छोराबुहारीको मन के रहेछ ? यसो बुझिहेर्नु पर्ला ।’ लक्ष्मीप्रसादले सुन्तलीलाई थप सल्लाह दिए ।

छोराबुहारी दुवैको सोच त्यस्तै रहेछ । त्यही कुरो यसअघि भत्र मात्र सकेका रहेनछन् । आमाबाटै त्यस्तो प्रस्ताव आएपछि ‘आमालाई सुख–सुविधा हुन्छ भने भइहाल्छ नि’ भनेर दुवैले एकसाथ टाउको हल्लाए । सुख–सुविधा त उनीहरु आपैmँलाई बढी चाहिएको थियो । प्रस्ताव पहिला आमाबाटै आएकाले उनीहरुले यस्तो कूटनीतिक जवाफ फर्काएका थिए ।

छोराबुहारीको स्वीकृतिले एकछिन सुन्तलीको भुइँमा खुट्टा भएन । हिजो आपैmँ अर्काको घरको नोकर जस्तो भएर यस घरमा भित्रिएकी थिइन् । लक्ष्मीप्रसाद साह्रै सोझा स्वभावका थिए । सुन्तली त्यस घरमा भित्रिँदा देवर, जेठाजु र अन्य आफन्तको सहयोग पनि त्यतिविधि राम्रो थिएन । आज सबैको साझा पौरखले उनी आपैmँ नोकर राख्ने तहमा पुगिन् । परिस्थिति अनुकूल हुँदै गएपछि अन्य आफन्तसँगको सम्बन्धमा पनि सुधार हुँदै गयो । अझ यति मात्र कहाँ हो र ! आफन्तहरुबीच अझ केही महत्वपूर्ण विषयका सरसल्लाहमा उनको सल्लाह अपरिहार्य हुन थाल्यो । ‘सबैको भलो चिताएर काम गर्दै गएपछि भगवानले पनि हेर्छन् भनेको साँच्चै रहेछ ।’— सुन्तलीले मनमनै सोचिन् ।

सुन्तलीले बिहान आपूmले राखेको प्रस्तावमा छोराबुहारीको सहमति रहेको कुरा फुरुङ्ग परेर आफ्ना पति लक्ष्मीप्रसादलाई सुनाइन् । परिवारको सहमतिमा यस्तो निर्णय हुन सकेकोमा दुवै दङ परे । अब एउटै कुरो बाँकी थियो,— काम गर्ने उपयुक्त मान्छेको खोजी ।

ंं

सहरमा बसेर घरधन्दाको कामका अतिरिक्त पढ्न पनि पाइने भनेपछि सन्तुमाया औधी खुसी भएकी थिई । घरधन्दाको काम त उसले पढ्ने अवसर नपाएका बेला आफ्ना घरमा पनि त गर्नु परिरहेकै थियो । त्यसमाथि अझ घरभन्दा बाहिर घाँस, दाउरा, गोठालो, भारी ओसारपसार जस्ता अनेकखालका बढी शारीरिक परिश्रम पर्ने काम पनि उसले गर्नु पथ्र्यो । अब त घरभित्रका काम मात्र गरेर दिउसो पढ्नका लागि स्कुल पनि जान पाइने सरसल्लाह हुन थालेपछि उसको खुसीको सीमा बढ्नु स्वाभाविकै थियो । त्यसैले त यो कुरा सुत्रेबित्तिकैदेखि सन्तुमाया निकै प्रसत्र देखिन्थी ।

कताकताबाट प्रसङ्ग चलेर लालबहादुरले छोरी सन्तुलाई लक्ष्मीप्रसाद र सुन्तलीका घरमा ल्याएर जिम्मा लगाइदिए । सन्तुले अब त्यस घरमा आफ्ना जिम्मामा तोकिएको काम गरिदिनु पर्ने भयो । यस किसिमको सघाउपघाउ वापत खानलाउन दिने र स्कुल पठाएर पढाउने काम पनि गरिदिने भनेपछि लालबहादुर छोरीलाई सहर पठाउन राजी भएका थिए । रुख्खासुख्खा एकपेट खान त जसोतसो गरेर घरमै पनि पुगेकै थियो । पढ्नेपढाउने काम मात्र गराउन सकेका थिएनन् । सहरमा बसेर अब छोरीले पढ्न पनि पाउने सल्लाह मिलेपछि लालबहादुर भित्रभित्रै मख्ख परेका थिए । सन्तु अब लालबहादुरकी छोरी मात्र नभएर त्यस घरकी एउटी सदस्य भएर थपिई । त्यसैले त लालबहादुरले हिम्मत गरेर छोरी जिम्मा लगाउनुअघि लक्ष्मीप्रसाद र सुन्तलीलाई शालीन भाषामा ‘पढाए पुण्य, बिगारे पाप’ भत्र पनि भ्याए ।

‘पढाए पुण्य, बिगारे पाप’ भनाइले लक्ष्मीप्रसाद र सुन्तलीको मन छोयो । नपढाउने कुरामा त उनीहरुले सोचेका पनि थिएनन् । त्यसैले यसलाई खासै ठूलो कुराका रुपमा भने उनीहरुले लिएनन् ।

सानै उमेरकी भए पनि सन्तु निकै टाठी थिई । सहर भित्रिएको केही दिनमै उसले लक्ष्मीप्रसादलाई ‘बुबा’ र सुन्तलीलाई ‘मम्मीहजुर’ ले सम्बोधन गर्न थालिसकेकी थिई । घरका अरु दाजुभाउजू पनि उसको व्यवहार देखेर उसलाई ‘हुने बिरुवाको चिल्लो पात’ सम्झन थालिसकेका थिए । नयाँ घरमा भित्रिएको एक हप्ता पनि नबित्दै सन्तुलाई लक्ष्मीप्रसाद आपैmँले स्कुल लगेर भर्ना गरिदिए । सुन्तलीले जो चाहिने किताब, कापीकलम, स्कुलका लुगा आदि सामान जुटाइदिइन् । घरको काम पनि उसले टपक्क टिपी । सफासुग्घर भएर स्कुल जान थाली । यतिखेर सन्तुले सबै संसार आपैmँले जिते जस्तो अनुभूति गरी ।

ंं

घरमा दैनिक गर्नु पर्ने काममा सन्तुलाई कसैले केही भत्रु पर्दैनथ्यो । कतिखेर के काम कसरी गर्ने भत्रे उसले बुझेकी थिई । केही नयाँ काम आयो भने ‘मम्मीहजुर’ लाई सोधेर गर्थी । तर गर्नु पर्ने काम केही बाँकी राख्तैनथी । कथंकदाचित् कहिलेकाहीँ बिहानको काम नभ्याउँदै स्कुल जान प¥यो भने मध्यान्हको खाजा खाने समयमा आएर पनि ऊ बाँकी काम भ्याउँथी र फेरि स्कुल दौडन्थी । स्कुलका सरहरु पनि उसको पढाइप्रतिको लगाव र सङ्घर्ष देखेर अचम्म मान्थे ।

आपूmले गर्नु पर्ने सबै काम सकेपछि अलिकति पनि फुर्सद हुनेबित्तिकै कापीकलम र किताब समाएर बसीहाल्थी । ‘मम्मीहजुर’ की सानी नातिनी फुल्याउन, खेलाउन पर्दा पनि उसलाई फुल्याउँदै खेलाउँदै एकसाथ पढ्न ऊ भ्याउँथी । समयको सदुपयोग गर्न चुक्तैनथी । अलमलिने, बरालिने काम कहिल्यै कतै गर्दैनथी । राति पनि एघार बजेअघि ऊ कहिल्यै सुत्दैनथी । सन्तुमायाको यस्तो बानीबेहोर देखेर घरमा सबै अचम्म मान्थे । यता सन्तुमाया भने त्यस घरको बसाइलाई भरपुर सदुपयोग गर्न चाहन्थी ।

लक्ष्मीप्रसाद बाजे र सुन्तलीलाई नाबालक बच्चीलाई घरमा काम गर्न राखेको आरोप पनि नलागेको

होइन । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शत्रु नहुने को छ र ? तर उनीहरुको मनमा सदाशयता थियो । उनीहरु आफ्नो मात्र होइन सन्तुको पनि भलो चिताउँथे । सन्तुलाई औधी माया गर्थे । कहिलेकाहीँ बजार घुम्न जाने क्रममा काम पर्दा उसलाई पनि सँगै लैजान्थे । सन्तु उनीहरुको पछि लाग्ने मात्र होइन, बजारका सबै क्रियाकलापको अवलोकन गर्न भ्याउँथी । ऊ कहिले सडकमा वेवारिस भएर सुतिरहेका बालबालिका देख्थी । कहिले माग्दै हिँडेका ससाना बच्चाहरु देख्थी । कहिले होटलतिर चियाखाजाका लागि पस्ने अवसर पाउँदा आपैmँ जस्ता स्कुले उमेरका बच्चाहरु अँध्यारा चिसा कुनामा बसेर एकनाससँग जुठाभाँडा मस्काइरहेकी देख्थी । फोहर पानीले ढाडिएका घीनलाग्दा हातगोडा देख्थी । बस, माइक्रोबसका यात्रामा मायालाग्दा कलिला बालकहरु दसथरी हन्डर खाएर कन्डक्टर÷खलासीको काम गरिरहेको देख्थी । अझ कतैकतै अपाङ्गता भएका मानिस र तिनले जीवन बाँच्नलाई गरेको सङ्घर्ष पनि देख्थी र ऊ कहालिन्थी ।

यस्ता कारुणिक दृश्यहरु देख्नेबित्तिकै ऊ ‘मम्मीहजुर’ सँग जिज्ञासा राख्थी । ‘मम्मीहजुर’ भएका कुरा बताइदिन्थिन् । प्रायः सबै यस्ता जिज्ञासामा ऊ ती बालबच्चाको बाबुआमा नभएको, अभिभावक गुमाएको, सौतेनी आमाको सासना खप्न नसकेर भागेको, कुनै दैवी प्रकोपमा परेर बिचल्ली भएको, घरमा खानलाउन नपाएको समस्याले यस्तो हबिगत भएको जस्ता उत्तर पाउँथी । यी र यस्तैयस्तै कारणले तिनले पढ्न नपाएको, खानलाउन समस्या भएको, जस्तो भन्यो त्यस्तो काम गर्न बाध्य भएको, कोही नराम्रो सङ्गतमा फसेर पढाइ बीचैमा छाडी यो गतिमा पुगेको जस्ता कुरा सुन्दा उसको जीउ जिरिङ्ग हुन्थ्यो । यसपछि तिनीहरुसँग ऊ आपूmलाई दाँज्थी र तिनका तुलनामा निकै भाग्यमानी भएको अनुभूति गर्थी ।

यस्ता घटनाले उसलाई पढ्नमा ऊर्जा थप्थ्यो । काममा जाँगर उत्पत्र गराउँथ्यो । सकारात्मक हुन पे्ररणा दिन्थ्यो । अवसरको सदुपयोग गर्न तम्साउँथ्यो । यसै भएर सामान्य स्कुलमा पढेर पनि पढाइमा ऊ अब्बल भएर निस्केकी थिई । उसका स्कुलमा ऊ जस्तै हैसियतका अरु केही साथी थिए । तिनीहरुलाई पनि ऊ सबै कुरा बताएर पढ्नमा उत्पे्ररित गर्थी । ऊर्जा थपिदिन्थी ।

ंं

बिचरा लालबहादुरलाई विशिष्ट श्रेणी भत्रे कुरा के थाहा ! तैपनि छोरी सन्तुले राम्रो नम्बर ल्याएर एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गरी भत्रे सुत्रेबित्तिकै उनका आँखाबाट हर्षका आँसु बगे । एकछिन त उनी बोल्न पनि सकेनन् । गाउँघर, टोलछिमेकीले पनि लालेकी छोरीले एसएलसी उत्तीर्ण गरी भत्रे समाचार थाहा पाए । सबैले हर्षको उत्सव मनाए । बाहुनछेत्रीका अगाडि तामाङले पढ्न सत्तैmनन् भत्रे सुन्दै आएका त्यस बस्तीका मान्छे पढेपछि सकिँदोरहेछ भत्रे निष्कर्षमा पुगे । ‘पढाइ जातका हिसाबले होइन, मेहनतका हिसाबले हुने कुरा हो’ भत्रे कुरा तिनले राम्रोसँग बुझे । सन्तुको यस सुखद् समाचारले त्यस बस्तीका सबैलाई पढ्नेलेख्ने कार्यमा अभैm उत्पे्ररित ग¥यो । हौसला थप्यो ।

त्यस्तो दुःखकष्टका साथ उपलब्ध अवसरलाई राम्रो सदुपयोग गरेर विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण हुन सकेकी सन्तुमाया भने यतिखेर एउटा मनमा हर्ष र अर्को मनमा द्विविधा पालेर बस्न बाध्य थिई । एउटा मनमा अहिलेसम्म गरेको दुःख सफलतामा टुङ्गिएको हर्ष उसका मनमा थियो भने अर्को मनमा यसपछिको उच्च शिक्षाको चिन्ता थियो । साँच्चै भत्रे हो भने उसका मनमा त्यतिखेर हर्षभन्दा चिन्ता बढी थियो ।

ऊ मनमनै सोच्थी,— एसएलसीसम्म त ‘बुबा’ र ‘मम्मी हजुर’ ले पढाइदिनु भयो । यसका लागि मैले उहाँहरुप्रति आभार व्यक्त गर्नै पर्छ । तर यसपछिको उच्च शिक्षा मैले कहाँ गएर कसरी लिने ? यसैगरी यहीँ काम गरेर पढ्न पाउँछु वा फेरि अर्कै ‘बुबा’ र ‘मम्मीहजुर’ को खोजी मैले गर्नु पर्ने हो ? अथवा, पढाइलाई यहीँ लथालिङ्ग छाडेर अभैm जन्मदाता बाबुका घर फर्केर फेरि उही घरधन्दामा फस्नु पर्ने पो हो कि ?

यिनै प्रश्नका खातले एसएलसी परीक्षाको राम्रो नतिजापछि ऊ झनै चिन्तित बत्र पुगेकी थिई । उसले खोजेको जवाफ कतैबाट आइरहेको थिएन । तर धेरै पढेर असल नारीमान्छे हुने सपना भने उसले देख्न छाडेकी थिइन । र त, आफ्नो उज्ज्वल भविष्यप्रति ऊ अभैm आशावादी थिई ।

दायित्व २०६७

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।