19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सेविका

कथा अञ्जान क्षितिज December 26, 2010, 2:01 pm

"आजकल स्वामीजीलाई सञ्चो छैन । मीठो मसिनो खानु हुँदैन । धेरै बेर बोल्नु पनि हुँदैन । यति सम्म की स्वामीजी स्नान गर्न पनि सक्नु हुन्न, हिड्डुल गर्न त परै जाओस आजकल त खाटमा बस्न पनि सक्नु हुन्न ।” सेविकाले कुटुम्वहरुलाई बताई । कुटुम्वहरु एकोहोरो पाराले टोहोलाई रहेका थिए ।

स्वामीजी, श्री पे्रमप्रणयचार्य ज्यू,प्रख्यात पंडित,लोकाचारमा बढी विश्वास गर्ने स्वामी श्री वैष्णवका अनुयायी आज अस्वस्थ्थ हुनुहुन्छ । चारजना छोरीका बाबु र एक पत्नीका धनी प्रेमप्रणयचार्य ज्यु एक प्रख्यात पुराण वाचक हुन । यति खेर उवा अस्वस्थ हुनुहुन्छ, पुराण वाचन गर्न सक्नु हुन्न, यजमानहरु चिन्तित छन ।

सेविका, बूढी कुमारी कन्या, राम्रो अनुहार नपरेकी, काली, असौदिली, बाबु आमाले उमेरमा नै केटो खोजेर घरजम बसाईदिन खोजेका थिए तर जति केटाहरु हेर्न आए पनि सेविकाले मन पराईन । यतिसम्म की नाम चलेका पंडित र ज्योतिसीका कुमार केटाहरु उसलाई मन परेन । बाबु आमा पनि विते तर अविवाहित चेली बुढी भै सके पछि दाजुभाईहरुले हेर्न छोडेपछि सेविका श्री पे्रमप्रणयचार्य ज्यू की चेली बनेकी हो अर्थात सेविका पनि श्री वैष्णव कै अनुयायी हो । आचरणमा बढी ध्यान दिन्छे सेविका किनकी “स्वामीजीलाई आचार भंग गरेको मन पर्दैन । यो त धर्म विपरीत हो, धर्म त्याग्नु त महा पाप हो ।”

स्वामीकी श्रीमती, एउटी सोझी बाम्हणकी छोरी । दाम्पत्य जीवनका प्रारम्भका दिनहरुमा स्वामीजीले हेला गरे पनि अचेल स्वामी प्रेमप्रणयचार्य ज्यू की धर्म पत्नी, सबैले श्रद्रा गर्छन । घरमा सेविका आएकीले घरधन्दामा दुःख छैन मात्र स्वामीजी विसञ्चो होइवक्सन्छ । यजमानहरु अर्कैका भै सके, यो मात्र चिन्ताको विषय हो ।

छोरीहरु अंग्रेजी स्कुल पढेर तीन जना कलेज पड्दै छन । कान्छी छोरी बाह्र पर्षकी छे । जेठी छोरी रमाले स्नातक पास गरी । सम्पन्न खानदानमा हुर्केका छोरीहरु वाल्यकालमा स्वामीजीको आचरणमा नियमबद्ध भएर बसे पनि आज यो कार्य सारै झन्झटिलो र परम्परावादी जस्तो लाग्छ । विष्व एक्काइसौ शताव्दीमा पुगी सक्यो, हाम्रा बा आचार विचारमा नै छन । बाँच्न त मान्छेको इच्छा अनुसार पाउनु पर्छ ।

एउटा पंडितले भन्यो “यो त सारै दुःखको कुरा हो । स्वामीजीलाई सञ्चो छैन तर कुरा कुटुम्व आउनेको हो । छोरीहरुको विवाह गर्ने बेला भएको छ, भन्छन वगेको खोलो र छोरीको जोवनले पर्खदैन । छोराहरुको त उमेर केहि पर पुगे पनि चल्छ । कुरा राम्रो खानदानको हो ।” सेविकाले भनी “हो हाम्रा छोरीहरु आचरमा वद्ध छन । हामी पनि वैष्णवलाई नै छोरी दिन खोज्दै छौ । स्वामीजी पनि यही नै मान्नु हुन्छ ।” अर्कोलै भन्यो “ हाम्रा कुमार सास्त्री हुन, अझ एस. एल. सी सम्म स्कुल पढे । भर्खर मात्र पुराण पनि भने, राम्रो जोडी हुन्छ ।”

स्वामीजी आए । लामो दाह्री पालेका,कपाल पालेका, ज्यादै मोटा छन । स्वामीकी श्रीमती पनि आई । कुटुम्वहरु उठे र ढोग गरे । स्वामीले भने “छोरीहरु बढे,कन्यादान दिनु सबैभन्दा ठूलो दान हो । लोकोत्ति पनि मान्नै पर्छ ।” “हामीले बुझेका छौ, हाम्रा कुमार सास्त्री हुन, एक्लो छोरो ।” स्वामीले भने “दुवेको जोडी मिल्छ । रमा आचारबद्ध छे । मेरी छोरी हो ।’

कुटुम्वहरु गए । घरमा छोरीहरु थिएनन् । बेलुका खाना खाए पछि स्वामीजीले सबै छोरीहरुलाई डाके । सेविकाले सबैलाई बोलाई । चारैजना छोरीहरु आए । स्वामीले कुरा उठाए “छोरी रमा, विए पास गरिहालिस, राम्रो खानदानको कुरा आएको छ । केटो सास्त्री हो, एक्लो छोरो ।” रमाले तत्काल भनी “पिताजी, म अझै पड्न चाहान्छु ।” स्वामीकी श्रीमतीले भनी“छोरी, एक दिन लोग्नेको घर जानै पर्छ । विहे बेलामा गरेकै राम्रो हो ।” रमाले भनी“आमा म कुनै शास्त्रीसंग विवाह गर्न सक्दिन । म मैले नै मन पराएको केटासंग विवाह गर्छु । के ठीक के बेठीक त्यो म छुट्याउन सक्छु । जो संग मेरो विचार मिल्दैन, त्यो संग म कसरी जीवन विताउन सक्छु ।” “छोरी, इज्जत भन्दा ठूलो कुरा केही छैन । बाबु आमाले कति दुःख र संघर्ष गरेर आज यो अवस्थामा पुप्याए उसैको इच्छा विपरीतको बाटो अपनाउने हो भने एउटा बाबु त बाबु रहदैन भने म त पंडित हुँ, मेरो इज्जत समाजमा कस्तो छ त्यस्को पनि त ख्याल गर्नु पर्छ छोरी हो ।”

रमा आप्नो कोठा तर्फ लागी । अरु छोरीहरु पनि आ–आप्नो कोठा तर्फ लागे । स्वामीजी रिसाएका थिए । सेविकाले सबै नियाली रहेकी थिइ । एउटा बाबु र एउटी छोरी । जीवन आप्नै शैलीमा जीउन खोज्नेहरु, त्यस बीचकी सेविका । दम्पतिहरु आप्नो कोठामा गए । सेविका पनि उसको कोठमा लागी ।

सेविकाले आफूलाई सम्झी । ऊ सेविका मात्र हो । कसैकी श्रीमती होइन, आमा पनि होइन । आत्मा सन्तुष्टी गर्ने ठाउँ खै ? हो, उसले स्वामीजीको सेवामा आप्नो बाँकी जीवनलाई अर्पण गरी सकेकी छे । यो उसको बाध्यता र कसैले कर लगाएर गरेको निर्णय होईन । यो त उसले आफै रोजेको बाटो हो ।

हो, स्वामीजी को विहानै दर्शन हुन्छ । स्वामीजी स्नान गरेर पूजा कोठामा जान्छन । सेविका पूजाका लागि फूल र अन्य सामाग्री ठीक पारी दिन्छे । त्यसपछि स्वामीजको लागि दूध र रोटी ठीक पार्छे । नौ बजेतिर स्वामीको प्रसाद तयार हुन्छ । स्वामीलाई पिरो मन पर्दैन , अलि अलि अमिलो मन पर्छ, बढी दूध दही मन पर्छ । दिउँसो चिया र फलफूल खानु हुन्छ । स्वामीजीका कपडाहरुमा दाग लाग्नु हुँदैन । बेलुका पुजा कोठामा सामाग्री ठीक हुनुपर्छ । सुत्नु भन्दा अगाडि तातो पानी कोठामा पुप्याउनु पर्छ । स्वामीजी प्रफूल्ल हुनु हुन्छ । यो भन्दा ठूलो उसले पाउन पनि सक्दिन ।

सेविकाले विगतलाई सम्झी । उसले स्वामीजीलाई पच्चिस वर्ष अगाडी चिनेकी थिइ । त्यो बेला घरमा पुराण लागेको थियो । भर्खर मात्र शास्त्री भएका प्रेम प्रसाद आर्चाय ज्यू पहिलो पल्ट प्रवचन गर्न आएका थिए ।

प्रेम प्रसाद आर्चाय ,जवान र सुन्दर थिए । पच्चिस वर्ष पुगेका युवक पंडितको सेवामा खटिएकी थिइ बीस वर्षकी एउटी युवती यजमानकी छोरी । बाबुले भनेका थिए “ हाम्रा पंडितजीको राम्रो सेवा गर्नु पर्छ । यो तेरो जिम्मा भयो ।” पंडितजीको ओछ्यान मिलाउने काम उसैले गर्थी । विहान स्नान गरी सकेर पंडितजी पूजा गर्ने बेलामा फूल ठीक पार्ने काम गर्छे । कपडा धुने काम, खानाको प्रवन्ध गर्ने काम पनि युवतीको हो । पंडितजीलाई कुनै असजिलो हुनु हँुदैन, यो युवतीको लागि चुनौती थियो ।

युवतीले पंडितको कथा प्रवचन पनि सुनेकी थिई । “ शास्त्रले लोकलाई सत्मार्गैमा लाने बाटो देखाउँछ । जसलाई आत्माभित्र लिन सक्यो त्यो लोकमा सफल हुन्छ,....शास्त्रमा के उल्लेख गरेको छ भने नारीको परम धर्म के हो भने आप्ना स्वामीजीको सेवा गर्नु हो । स्वामीको प्रशन्नता नै इस्वरको पैशन्नता हो, आप्ना स्वामीजीलाई प्रशन्न पार्नु हरेक स्त्रीको कर्तव्य हो । शास्त्रमा सीता र सावित्रा जस्ता महान नारीहरुको उल्लेख गरिएको छ , जसले आप्ना स्वामीको सेवामा आप्ना जीवनहरु अपर्ण गर्नेहरु छन । जसलाई लोकले गम्भिरता पूर्वक लिएको छ .......

“पंडित राम्रा र सौदिला मात्र होइन ज्ञानी पनि छन । कलिलै उमेरमा शास्त्री भएका, शाूत्रको ज्ञान लिएका ” युवतीका आमाले लोग्नेलाई वताई । लोग्नेले भन्यो “ हो तर यो भाग्यको कुरा हो । यस्ता ज्ञानीलाई छोरी दिन पाए राम्रो पनि छोरीको पनि कल्यण हुन्थो ।” युवतीले ती सबै सुनेकी थिई । त्यसदिन उसले पंडितलाई राम्रोसंग नियालेकी थिई । पंडितजी उसको सेवा देखी पनि प्रशन्न भएका थिए । पंडितजीलाई असजिलो र अभाव थिएन । उसले पनि आप्नो कर्तब्य राम्रोसंग पुरा गरेकी थिई । पूराणको साक दिन विहान पंडितले युवतीलाई भनेका थिए “म तिम्रो सेवादेखी प्रशन्न भए, तिम्रो नाम के हो ? तर युवती एक्कासी झस्केकी थिई । उसले पंडितलाइ नियाली तर आप्नो नाम भने भन्न सकिन । टाउको एक्कसी निहुरियो । पंडितले भनेका थिए “बरु म भन्छु, तिम्रो नाम सेविका हो । यस अर्थमा की तिमी पाउनाको सत्कार चाहीँ राम्रोसंग गछौ । “ त्यो पंडितले रोजेको नाम, दिनभरी सेविका पंडितको सेवामा नै थिई । पूराण सिधियो ।

बेलुका यजमानले पंडितलाई भनेका थिए “ हामी हजुरको सेवादेखि प्रशन्न छौ । अव अर्को गुन पनि लगाईदिनु भयो भने हाम्रो कल्याण नै हुने थियो ।” पंडितले भनेका थिए “कस्तो गुन ?” पंडितले केही वेर पछि भनेका थिए “ हो मैले उनको कर्तव्यशिलता देखेको छु तर सबै म आफै फैसला गर्न सक्दिन । आमा बुबाको अनुमती पनि चाहिन्छ । ”

सेविकाले बुझेकी थिई । पंडितजी आफूसंग प्रशन्न छन । त्यसैले उसले पंडितलाई रोजेकी थिई । त्यो रातभरी उसलाई पंडितकै सम्झनाले सतायो । अर्को दिन त पंडितजी सखेरै हिड्ने तरखरमा थिए । सेविकाले विहानै पुजा गर्ने फूल ठिक्क पारी । पंडितजीले पूजा सके र चिया पिए अनि बाटो लागे । पंडितजी बाटो लागे पछि केही छिन सेविकालाई खल्लो लागेको थियो । तर मा बुझाई, पंडितजीले उसलाई मन पराउनु हुन्छ,एक दिन ऊ पुन पंडितजीको सेविका भएर यो घरबाट पंडितसंगै जाने छे जीवन भरीका लागि ।

समय वित्तै गयो । छ महिना पछि सेविकाका बाबु छोरीको कुरा लिएर स्वामीजीको घर लागेका थिए । सेविकालाई बाबु नर्फकुनजेल मनभित्र भित्रै खटपट्टी भई रहेको थियो । दिन काट्न गार्रो अझ रात त कहाली लाग्दो एक्लो यात्रा थियो, लक्षमा पुग्ने बाटो उज्यालो त टाडा थियो । बाबु फर्के, पंडितजी बनारस गएका थिए आचायै हुन । विवाहको कुरा चल्न सकेन । तीन वर्षपछि एक दिन सेविकाका बाबुले सुनेका थिए । पे्रम प्रसाद आचार्य स्वामी पे्रम प्रणयचार्य ज्यू भएर फर्के छन । गुरुपुत्रीसंग विवाह गरी सकेछन । सेविकाले यो सबै सुनी । उसलाई खल्लो लागेर आयो । स्वामी अर्कैका भए । सेविका अर्कै भई । बाबुले भनेका थिए “छोरी, भाग्यमा जे लेखेको हुन्छ त्यही हुन्छ । अर्को राम्रो खानदानको केटाको कुरा आएको छ ।” सेविकाले अस्वीकार गरी । उसले प्रम प्रणयचार्य जयूलाई आप्नो हुनेवाला लोग्ने मानेकी थिई तर ऊ सेविका स्वामीकी बनन सकिन । तर, उसले दोस्रो पुरुषको उपस्थितीलाई पनि स्वीकारीन । आजीवन कुमारी कन्या बस्ने निर्णय गरी ।

सेविका एक्कासी झस्की । स्वामी कन्यादानमा पुन्य देख्दै छन तर छोरी ऊ आप्नो इच्छालाई महत्व दिदै छे । बम्हचारी सेविका कुनै हालतमा पनि स्वामीका कुरा काट्न सक्दिन तर उसले रमाको मनोभावनालाई भने राम्रोसंग बुझेकी छे ।

अर्कोदिन , स्वामी स्नान गरेर पुजा कोठामा गए । सेविकाले पुजा सामाग्री र फूल ल्याएर छेउमा राखी दिई । ऊ स्वामीसंग केहि भन्न खोज्दै थिई । उसको मनमा बेलुकादेखि एउटा उकुस मुकुस उब्जिएको थियो । तर,स्वामी ध्यानमा लिन हुनु हुन्छ, तपस्या भंग स्वामीलाई सैय हुदैन ।

प्रसाद ग्रहण गर्दै गरेको बेला सेविकाले भनी “ छोरीले मन पराएको केटो रहेछ भने छिटै विवाह गरी दिनुनै राम्रो हुन्छ जस्तो लाग्छ मलाई । शास्त्री भए पनि छोरीलाई मन पर्दैन भने आत्मा सन्तुष्टी पाउने कसरी ? खाली वाहिरी देखावटी समाजले मात्रै मान्छे सन्तुष्टी हुन सक्दैन रहेछ । उसले रोजेको सहयात्रीसंग यात्रा पनि यही समाजभित्र हुनुपर्छ ।” सेविकाको यो प्रसंग स्वामीजीलाई मन परेन । किनकी, समाजभित्र ऊ पंडित हो जसको आप्नै प्रकारको महत्व र अस्थित्व छ । तर, एउटा पर पुरुषलाई स्वामी सम्झेर आजीवन कुमारी कन्या बनेकी सेविका मात्र्र सेविका हो । स्वामीजी रिसाएका थिए र भने “यो कुरा तिमिले गर्नु ठीक होईन । समाजभित्र अस्थित्व खोज्न र पाईरहन सजिलो छैन ।” स्वामीजी रिसाउँदै वाहिर गए । तर, आज भने सेविकालाई स्वामीजी रिसाएकोमा कत्ति पनि डर लागेन । अझ मनभित्रबाट एक प्रकारको उत्साह जागेर आईरहेको थियो ।

दिनभरी स्वामीजी रिसाईरहेका थिए तर सेविकालाई कत्ति पनि डर लागेन। छोरी कोठामा नै बसेकी थिई । खाना खान आएकी थिइन । सेविका रमाको कोठामा पुगी र भनी “छोरी रमा, खाना खान आउ । ” रमाले भनी “खान्न, भोक लगेको छैन । ” सेविकाले केहि वेर पछि भनी “छोरी, तिम्रो मन परेको केटा छ ।” रमाले सेविकालाई हेरी । भाव सुन्य सेविकाका देखिने ती आँखाहरु आज रमालाई परिचित आ“खानहरु जस्तो लाग्न थाल्यो । उसले भनी“ छ, मेरो स्कुल देखिको साथी हो । ऊ शास्त्री होईन र आचारमा बस्ने खाल्को केटा पनि होईन तर म ऊ संग मात्र विवाह गर्न सक्छु ।” सेविकाले भनी “ छारी, आत्मा सनतुष्टी भन्दा ठूलो सुख केहि होईन । कोहीको निम्त जीवन अर्पण गर्नु नै जीवनको वास्तविक्ताा होईन । मलाई लाग्छ, पिताजी यो कुरा मान्नु हुन्न ।बारु तिमी भागेर भए पनि त्यही केटासंग विवाह गर जसलाई तिमी मन पराउँछौ । ” रमाले अपत्यारीलो पाराले सेविकालाई हेरी । बम्हचारी बनेकी सेविका र मन भित्र उकुस मुकुस पीडा सा“चेर स्वामीको सेवामा रातदीन तल्लिन बनेकी सेविका बीचको अन्तर त उसले छुट्याउन सकिन तर बाटो लाग्नु भने अवस्य परेको थियो ।

अर्कोदिन विहान स्वामीकी श्रीमती अत्तालिदै आई र पुजामा लिन स्वामीलाई भन “ स्वनमीजी, रमा त कोठामा छैन । उसका कपडाहरु पनि छैनन् । कुनै अर्नथ भए जस्तो छ । ” स्वमीजी एक्कासी झस्के र भने “रमा, छैन । ” हो, टेवलमा यो चिठ्ठी छोडेकी रहिछ । ” स्वामीले चिठ्ठी समाए र पढै अनि भने “ यो हुनै सक्दैन । मेरा छोरीहरुलाई मैले राम्रो संस्कार दिएको छु । रमाले यस्तो काम गर्न सक्दिन । ” स्वामीजीकी श्रीमती रुन थाली । स्वामीजी घोरिए । हिजो दिनभरी सेविका रमाको कोठामा धाई रहेकी थिई । बेलुका पनि त्यतै गएकी थिई । विहान सेविकाले भनेकी थिई छोरीले मन पराएको केटा छ भने विवाह गरिदिदा हुन्छ । उनले भने “ सेविका खोई ।” सेविाका आई र भनी “ के भयो ।” तैले छोरीलाई उचालिस होईन । जुन घरमा आश्रय पाएकी छेस त्यही घरको इजत माथि कुदृष्टि राख्ने भईस । ” सेविको भनी “मैले कुनै कुदृष्टि राखेकी छैन । जहाँसम्म आश्रयको कुरा छ, त्यो त मेरो लागि हुनु र नहुनुमा खासै अर्थ राख्दैन । किनकी, जुन कुरा मैले पाउनु पर्ने बेलामा पाउन सकिन अहिले यो उमेरम आएर त्यसप्रति मेरो आश पनि छैन । मान्छेलाई जति वाहिरबाट सजाए पनि समाजले इज्जत र सम्पति दिए पनि उसको मनले चाहेको पुगेन भने पेट खोक्रो नै हुन्छ । छोरीलाई मैले नै भगाएको हुँ जहाँ देखावटी इज्जत नपाए पनि सन्तुष्टि त अवस्य पाउन सक्छे ।” दमपतिहरु रिसले चुर भए तर सेविका भने पोका पुन्तरो बोकेर ठिक्क परेकी थिई । स्वामीले भने “ तँ यो घरबाट बाटो लागि हाल ।” सेविकाले भनी “लाग्छु र यहाँ बसिरहनु आवस्यक पनि छैन तर आज मलाई मेरो खोक्र्रो विगतको यात्रा देखि कुनै गुनासो छैन । ”

सेविका गेट तर्फ बढी । दम्पतिहरु अपत्यारीलो पा।ाले सेविकालाई गेट वाहिर पुगुन्जेल एकोहोरो पाराले हेरीरहे ।

Email: [email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।