यस पालिको चासोक तङ्नाममा
हातमा हात मिलाएर
सहिष्णुताको कम्मल स्र्पस गरेर
तिमी म र उनिहरुसंग
धान नाचेर भव्य मनाईयो
हाम्रो नचाईको मेलोमा
हाम्रो बोलाईको सद्भावमा
चन्द्रमा झुक्कीएको हुनु पर्छ
पवन रोकीएको हुनु पर्छ ।
आगोको धुनि तापेर
भिन्न संस्कारको मानिएको म
फेदङ्बा र सांम्बा नचाईमा रमाउदै
एकराते तङ्सिङ्गमा
फुलपाति,चामल र केहि पैसा चढाएर
जिविसको आगनमा
तिम्रो कोमल मायालु हात समाएर
उत्तेजित रङ्ग घोचीदिने चरिचुच्चे नङ्गमा समाएर
बेसरी नाचियो
पालमको लयमा खुट्टा उचालियो
तिमी तामाङकी छोरी
उ मगरकी
म बाहुनको छोरो
उ लिम्बुकी छोरी
उ नेवारको छोरो
तिमी कलाकार
उ पत्रकार
उ नेता
उ ब्यापारी
उ लेखक
उ अधिकारकर्मी
उ किसान
भावना एकै बनाएर
हातमा हात मिलायौँ
सहिष्णु समाजको लागि
सांस्कृतिक सम्मानका खातिर
तिमीले र मैले नाचेको धान नाचको संवेदना
त्यो सहर र वस्तिमा पुग्नु पर्छ
तिम्रा गालामा फक्रिएका गुलाव सवैमा फक्रनु पर्छ
जहा अरुलाई हेर्ने दृष्टिकोण फरक छ
मलाई हेर्ने आँखा आक्रमक छन
कान्तिपुरको क्यामेरामा सजिएका
बहुलताले रंंिगन चित्रहरु
असहिष्णु समाजमा पुग्नु पर्छ
तिमी नायिका हौ
यहा तिम्रो तस्बिर बिक्छ
तिमीले चेतनाको प्रकाशपुञ्ज फैलाउनु पर्छ
सवैले सवैको सम्मान चेत भरेर
हामी सबै एक अर्काको
आस्थामा रमाउन सक्नु पर्छ
तिमी सुन्दरी नायिका
म सामान्य किसान को सामान्य छोरो
तिमी र म मा धेरै फरक होलान
तिम्रो मायालुपन मा सामान्यता देख्न खोज्छु
तिम्रो सौन्दर्यता भित्र
चौतारीमा घाँसको भारी विसाएर गीत गाउने प्रेमिकाहरुको चित्र कोरीनु पर्छ
ए प्रिय नायिका
कविता लेखिरहँदा
तितुम्बामा लोक भाका गाउँदै
दाउरा खोजिरहेकी आमालाई सम्झीरहेछु
तिम्रो चलचित्रमा
मेरी दुखि आमाको संवेदना हुन्छ हुदैन
तिमीजस्तै उमेरकी गाँउमा प्लसटु पढ्ने
मेलापातमा सुन्दर सपना बोकेर हिडिरहेकी
तिमी जस्तै सुन्दरीहरुको मनोभावना हुन्छ हुदै न ?
म प्रश्नमा रुमलिरहेछु
तिम्रो चलचित्रमा सिङगो देश वोल्छ बोल्दैन
बहुल संस्कृति बोल्छ बोल्दैन
बहुल सभ्यता बोल्छ वोल्दैन
नारीको दुखहरु खुल्छ खुल्दैन
हो सृजना ,प्रतिमा ,सुकु बोल्छ बोल्दैन ?
आगोको धुनि जगाएर
वरिपरि कुर्सीमा बसि
तिम्रो सौन्दर्यताले लोभिएकाहरु
तिम्रो बोलाईमा
मोहित भएकाहरुको अन्तिम चाहाना
पालम गाँउन लगाउनु थियो,धान नाच्न लागाउनु थियो
तिमी म र सवै नाच्यौ
फोटोहरु फेसवुकमा मैले अपलोड गरे
तिम्रो फिल्मि क्यामेरामा यि चित्रहरु कोरीनु पर्छ
तिम्रो र मेरो मुटु फरक छ
संवेदना मिलेजस्तो लाग्छ
स्नेहका रङ्ग मिलेजस्तो लाग्छ
त्यसैले हामीसगंै संवेदना मिले संग
स्नेह मिलेसंग
अव हामीले संस्कृति सम्मान का
सद्भावका नारा लगाउनु पर्छ ।
चाउरिएको अनुहार बोकेर भात पकाईरहेकी आमाको स्केच खिचेर
म शब्दमा खेल्छु ÷बनाउँछु
शब्दमा आउनु पर्छ
तिमी चलचित्रमा खेल्छौँ ÷बनाउछौ
चलचित्रमा आउनु पर्छ
उ चित्र कोर्छ चित्रमा आउनु पर्छ
धान नाच्दा मायावी र कोमल लागेको हात
अव गासिनु पर्छ देश बोल्नका लागि
सौन्दर्यले पुलकीत बनेका आँखाहरु नजिकिनु पर्छ
सहिष्णुताको शालिन सभ्यता फिजाउनका लागि
सभ्यताको देशिय चित्र कोर्न
संस्कृति ,सभ्यता बचाईराख्न
साम्बा, बिझुवाले तिमीलाई आर्शिवाद दिएको हुनु पर्छ ।