फेरि एउटा पुरानो साल फाटेर गयो,
यसपाली झन् समयले ढाटेर गयो
पर्खी बस्यौ आउला भनी उमेर घर्काएर,
जुगौं बित्यो पर्खंदैमा, डांडा काटेर गयो
सेलाएन समय खै, चिसिएन कतै,
मौसम उल्टै दिनानुदिन तातेर गयो
भोकाहरू भोकै भए, नांगा नांगै रहे,
जसले भेट्यो भान्सा, उल्टै चाटेर गयो
दक्षिणबाट हुरी पस्यो, धुरीखामै हल्यो,
घरमूलीको मन नि उतै बाटेर गयो