घात गर्दा निष्ठुरीले, ठीकै भयो बाँच्न सिकेँ !
पीर व्यथा आफैंसँग, ठीकै भयो साँच्न सिकेँ !!
रुप अनेक निर्मोहीका, गाह्रो हुने चिन्न यहाँ !
घातसँगै सही गलत, ठीकै भयो जाँच्न सिकेँ !!
बितेका दिन सम्झिएर, कमजोर हुनु किन अब !
मर्काएर कम्मर पनि, ठीकै भयो भाँच्न सिकेँ !!
धोका पाउँदा मर्न खोज्छन्, कतिपय पागलप्रेमी !
विरहका गीतमा पनि, ठीकै भयो नाच्न सिकेँ !!