19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत कोमल श्रेष्ठ मल्ल December 30, 2010, 2:33 pm

उजाड उजाड सिउँदो नहोस

सेतो साडी चोलो नहोस ।

दुखी दुखी आँशु बहने

जीवन कहील्यै कुलो नहोस ॥

आँखा आँखा, मुटु मुटु,

माया पिरति जीउदो रहोस ॥

अंग अंग माधुर्यतामा,

निसार निसार खोट नहोस ॥

सृजनाको फूलबारीमा,

कहील्यै पनि चोट नहोस ।

उजाड उजाड सिउँदो नहोस

सेतो साडी चोलो नहोस ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।