17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हरिलठ्ठक

लघुकथा डा. रविन्द्र समिर December 31, 2010, 10:17 pm

विर्खबहादुर दुर्गमबाट राजधानी झ¥यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आप्mनै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।

‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? छोराछोरीको हालखबर के छ ?’ – कालो चिया घुटुक्क निल्दै विर्ख बहादुरले भन्यो – जेठो छोरो गाउँमा मास्टरी गर्छ, छोरीको बिहे भयो, माइलो छोराले खरदारको जागीर खान्छ, यो हरिलठ्ठक एस.एल.सी. मा तीन पटक फेल भयो । यस्तोलाई कसले जागीर दिने ? बरु यसलाई तपाइँसँगै राख्नुहोस्, ठीकै छ यो हरिलठ्ठक मन्त्री भए पनि सहनै पर्‍यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।