15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपालीमा पदयोग र पदवियोगसम्बन्धी दिग्भ्रम

विचार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल January 1, 2011, 12:50 am
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद÷शब्दमा अर्को पद÷शब्द जोडिने प्रव्रिmया हो भने पदवियोग एक पदमा अर्काे पद नजोडिने प्रव्रिmया हो । पदयोग गरी जोडिएका पदलाई एउटै डिकोमा लेखिन्छ भने पदवियोग गरिएका पदलाई बेग्लाबेग्लै डिकामा लेखिन्छ । यो नेपाली भाषाको महत्वपूर्ण विशेषता हो । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी खासखास नियमहरू प्रचलित छन् र ती त्यति धेरै अस्पष्ट पनि छैनन् । भाषा परिवर्तनशील भएकाले यससम्बन्धी नियमहरू पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्यमान्यतालाई पूरै भत्काउने काम उपयुक्त हँुदैन । यतिखेर कतिपय गतिविधि त्यस्तै देखिन थालेका छन् । यस्ता क्रियाकलाप भाषाको विकासका लागि शुभ सङ्केत होइनन् ।

नेपाली भाषालाई चौतर्फी आक्रमण गरी थिल्थिल्याएर कमजोर तुल्याउने प्रयत्न भइरहेका बेला नेपाली भाषाकै विद्वान् भन्न–भनाउन रुचाउने र नेपाली भाषाकै खेतीबाट गुजारा चलाइरहेकाहरूले समेत नेपाली भाषालाई कमजोर तुल्याउने वृत्तिलाई नै मलजल गर्ने प्रयत्न गर्नुलाई निसन्देह गतिलो काम मान्न सकिन्न । भाषा भनेको संस्कृतिको सबैभन्दा महत्वपूर्ण र अभिन्न अङ्ग भएकाले भाषामाथिको आक्रमण भनेको सोभैm संस्कृतिमाथिको आक्रमण हो । नेपाली भाषा नेपाल राष्ट्रको मात्र नभएर विश्वभर छरिएर रहेका सिङ्गो नेपाली जातिको सांस्कृतिक धरोहर बनिसकेको तथ्यबाट हामी कोही पनि अपरिचित छैनौं । राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भाँचकुँच र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त कार्य होइन ।

यति हुँदाहुादै पनि व्यक्तिगत रूपमा कसैलाई आफ्ना दृष्टिकोण वा विचारहरू प्रस्तुत गर्ने स्वतन्त्रता छँदैछ । पूर्वतिरबाट चूडामणि रेग्मी, पश्चिमतिरबाट मुकुन्दशरण उपाध्याय तथा मध्यतिरबाट शिवराज आचार्यजस्ता कतिपय व्यक्तिहरूले निकै पहिलेदेखि नै भाषासम्बन्धी आआफ्ना दृष्टिकोण प्रस्तुत गरिरहेकै छन् । तिनीहरूका वैयक्तिक दृष्टिकोणलाई नमान्न वा मान्न सबै स्वतन्त्र नै छन् । कसैले यस्तो ‘लेख्नसकिने’ भन्ने प्रस्ताव राख्नसक्छ । प्रस्ताव जोसुकैले जहा“सुकै र जहिले पनि गर्न सक्छ तर प्रस्तावका निहु“मा यसै गर्ने भनी ठोकुवा गर्नु उपयुक्त हु“दैन । अनि आÇनै भनाइलाई पनि एउटा सामान्य लेखमा समेत एकरूपता कायम गर्न नसक्नेले प्रस्ताव राख्नुको पनि खासै अर्थ रहन्न । कोश, व्याकरण र प्रयोग पूरै बेग्लाबेग्लै बाटो हि“ड्दैनन् । यसैले कोशमा एउटा प्रविष्टि दिएर व्याकरणमा अर्कै थोक हुन्छ भन्नु र त्यसभन्दा भिन्न ढङ्गले प्रयोग गर्नु झनै निरर्थक हुन्छ ।

वास्तवमा नेपाली भाषाको विशेषता नै यसको मौलिक स्वरूप र वर्णविन्यासमा केन्द्रित छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । यसलाई हिज्जे वा वर्तनी पनि भन्ने प्रचलन छ । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हु“दा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । लेखनमा एकरूपता ल्याउन र भाषालाई व्यवस्थित गर्न वर्णविन्यासले महŒवपूर्ण भूमिका खेल्छ । उपयुक्त वर्णविन्यासबाटै भाषा शुद्ध र स्तरीय बन्छ । ह«स्व, दीर्घ, ब, व, श, ष, स आदिको व्यवस्थित विन्यासका साथै पदयोग, पदवियोग आदिलाई नेपाली वर्णविन्यासअन्तर्गत समेटिन्छ । वर्णविन्यास नेपाली भाषाको विशेषतै भएकाले यसमा थुप्रै समस्याहरू देखानपरेका पनि होइनन् । नेपाली भाषाका ज्ञाताहरूकै बीचमा समेत लेखनमा एकरूपता नपाइएको स्थिति पनि टड्कारै छ । यति भएर पनि नेपाली वर्णविन्याससम्बन्धी विभिन्न नियमहरू प्रचलित छन् र धेरजसोले मानक रूप धारण गरिसकेको स्थिति छ ।

नेपाली वर्णविन्यासका सन्दर्भमा अहिले बढी चर्चामा ल्याइएको नेपालीमा पदयोग र पदवियोगसम्बन्धी पनि प्रचलित स्पष्ट नियमहरू छन् । प्रयोगबाटै यी नियमहरू स्थापित भएका हुन् र कतिपय नियमहरू विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन वा थपघटसमेत गर्न सकिन्छ । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी प्रमुख केही नियमहरू यसप्रकार छन् ः

पदयोगसम्बन्धी नियम

(१) नाम र विभक्ति जोडेर लेखिन्छ, जस्तै—

भाइले, साथीलाई, हिजोदेखि, इनारबाट, जहाजद्वारा, प्रमोदको, प्रमोदका, प्रमोदकी, दराजमा आदि ।

(२) शब्दमा लागेको उपसर्ग जोडेर लेखिन्छ, जस्तै—

अज्ञान, अयोग्य, अधिकार, अधिपति, अनुहार, अभियोग, अतिरिक्त, आजीवन, आमरण, उपकार, उपदेश, दुर्घटना, नियोग, निरङ्कुश, पराजय, परिव्रmमा, प्रचार, प्रहार, बेइमान, विचार, विज्ञान, सकुशल, सहयात्री, सहयोग, सुपुत्र, सुमार्ग आदि ।

(३) शब्दमा लागेको प्रत्यय जोडेर लेखिन्छ, जस्तै—

अंशियार, आर्थिक, इमानदार, खर्चालु, गफाडी, गोठालो, घरानिया“, घरेलु, घिचुवा, घुमन्ते, घुस्याहा, जा“गरिलो, ठिमिले, डोटेली, धुपौरो, बचत, बटुवा, बनावट, बोलक्कड, भतुवा, भिडन्त, मानवीय, लेखाइ, सहरिया, सामाजिक, सिलौटो, सुनौलो, सोल्माली, ह“सिलो, गुनिलो, नुनिलो आदि ।

(४) समस्त शब्द जोडेर लेखिन्छ, जस्तै—

कालीमाटी, चरीनङ्ग्रे, चैतेबा“दर, त्रिभुज, दाजुभाइ, दिदीबहिनी, बाबुछोरा, आमाबाबु, लोग्नेस्वास्नी, भान्दाइ, भान्साकोठा, घामपानी, रातदिन, माछापुच्छ«े, हिजोअस्ति, आजभोलि, गहु“गोरो, घामपानी, चन्द्रमुखी, दोबाटो, बाढीपीडित, मामाघर, रतन्धो, लामखुट्टे, षट्कोण, वनभोज, मामाससुरा, त्रिकोण, नवग्रह, पञ्चरत्न आदि ।

(५) द्वित्व भई बनेका शब्द जोडेर लेखिन्छ, जस्तै—

गाउ“गाउ“, घरघर, दिनदिन, रातोरातो, अगिअगि, अलिअलि, आधाआधा, आनीबानी, खेतैखेत, गयोगयो, गर्छगर्छ, ढोकाढोका, पछिपछि, माथिमाथि, रातोरातो, घरघर, बाटैबाटो, पालैपालो, टिपनटापन, बाटैबाटो, वनैवन, भुटभाट, छरछिमेक, भातसात, आनीबानी, पानीसानी, सरसल्लाह, भैmझगडा, आआनो, आलोपालो, ऐ“चोपै“चो आदि ।

(६) अनुकरणात्मक शब्द जोडेर लेखिन्छ, जस्तै—

क¥याककुरुक, खल्याङमल्याङ, खस्याकखुसुक, गल्र्यामगुर्लुम, झल्याकझुलुक, त¥याकतुरुक, पल्याकपुलुक, स¥याकसुरुक आदि ।

(७) अकरण बुझाउने शब्दको ‘न’ जोडेर लेखिन्छ, जस्तै—

नखाला, नपढ्ला, नजाती, नराम्रो, नपुग, नजाऊ, खा“दैनथ्यो, पढ्दैनथी, गरेनछ, जा“दैनथ्यो, खेल्दैनथ्यो, भन्दिनथी, हि“ड्दैन, लेख्दिन, खाएन, गरेन, जा“दैन, पढ्दिन आदि ।

(८) धातु र समयसूचक प्रत्यय जोडेर लेखिन्छ, जस्तै—

पढ्छ, पढ्यो, पढ्ला, पढ्नेछ, पढ्थ्यो, पढ्थ्यौ“, पढेछ, लेख्छ, लेख्यो, लेख्ला, लेख्नेछ, लेख्थ्यो, लेख्थ्यौ“, लेखेछ आदि ।

(९) सामान्य वर्तमान, भूत र भविष्यत् बुझाउने व्रिmया जोडेर लेखिन्छ, जस्तै—

पढ्छ, पढ्यो, पढ्नेछ, लेख्छ, लेख्यो, लेख्नेछ, खेल्छ, खेल्यो, खेल्नेछ आदि ।

(१०) अज्ञात र अभ्यस्त भूत बुझाउने व्रिmया जोडेर लेखिन्छ, जस्तै—

पढेछ, पढ्थ्यो, लेखेछ, लेख्थ्यो, हेरेछ, हेथ्र्यो, गएछ, जान्थ्यो आदि ।

(११) संयुक्त व्रिmया जोडेर लेखिन्छ, जस्तै—

हेर्नुपर्छ, पढ्नुहुन्छ, आउनुहोस्, खाइसक्नुभएछ, खेल्नुहोस्, गइदिइहाल्नुपर्छ, गइसक्यो, भनिदिउ“ला, लेखिसकी, हेरिदिनुछ आदि । (बौद्धिक–प्राज्ञिक सहमतिका आधारमा यस्ता कतिपय क्रियाहरूमा पदवियोग पनि गर्न पनि सकिन्छ ।)

(१२) व्यक्तिको नामका बीचको शब्द जोडेर लेखिन्छ, जस्तै—

हरिराज, पवित्रादेवी, मानदेव, राममाया, देवनारायण, भरतकुमार, लोकनाथ, काजीमान, लक्ष्मीप्रसाद, सोमबहादुर, विष्णुकान्त, बेखालाल, दिलकुमारी, नातिकाजी आदि ।

(१३) नाम र नामयोगी जोडेर लेखिन्छ, जस्तै—

विद्यालयअगाडि, घरपछाडि, खाटमाथि, टेबुलमुनि, बाबुसित, भाइस“ग, इदअगि, तिहारपछि, कोठाभित्र, कोठाबाहिर, खोलावारि, खोलापारि, मधेसतिर, यतातिर, गाउ“भरि, कानुनबमोजिम, पूर्वतर्पm, रीतिअनुसार, यसअन्तर्गत, उनीसमेत, यसभन्दा, उतापट्टि आदि ।

घरअगाडि मन्दिर छ । मन्दिरपछाडि रुद्राक्षको रूख छ ।

घरबाहिर हिलो छ । केटो डिलमाथि गयो ।

खोलावारि खेत छ । खोलापारि जङ्गल छ ।

घरवरिपरि सफा राख । भातस“गै तरकारी खाऊ ।

इदपछि मात्र हाम्रो भेट हुन्छ । नेपालको उत्तरपट्टि हिमाल छन् ।

(१४) नामस“ग जोडिने नामयोगीको पछि आउने विभक्ति पनि जोडेर लेखिन्छ, जस्तै—

पुस्तकभित्रको, बाटामुनिको, घरभित्रबाट, तिहारअगिदेखि आदि ।

पदवियोगसम्बन्धी नियम

(१) वाक्यमा आउने सबै शब्दहरू छुट्ट्याएर लेखिन्छ, जस्तै—

राम विद्यालयबाट आई हातखुट्टा धोएर खाजा खान्छ र गृहकार्य गर्न बस्छ ।

लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित मुनामदन नेपाली साहित्यमा अत्यन्त लोकप्रिय छ ।

संसारको सर्वाेच्च शिखर सगरमाथा नेपालमा हुनु हामी सबैका लागि गौरवको कुरा हो ।

(२) संयोजक छुट्ट्याएर लेखिन्छ, जस्तै—

घाम र पानी । गा“स अनि बास ।

दही वा मोही । रातो अथवा कालो ।

भाषा तथा व्याकरण । होचो तर मोटो ।

बस या जाऊ मलाई मतलब छैन । जाऊ तर झगडा नगर ।

बाहिर नजाऊ किनभने पानी पर्दैछ । छाता बोक किनकि पानी पर्दैछ ।

न आयो न खबर ग¥यो । तिमी पास भयौ भने पुरस्कार पाउ“छौ ।

जेरी वा स्वारी जे खाए पनि हुन्छ । पहिले सुन अनि मात्र बोल ।

(३) व्रिmयायोगी छुट्ट्याएर लेखिन्छ, जस्तै—

बाहिर पानी पर्दैछ । माधव बाहिर गयो ।

आज घाम लागेको छ । बिहान कुहिरो लागेको थियो ।

अगि पानी परेको थियो । विजय अगाडि पुग्यो ।

लाक्पा माथि पुगेछ । अगि हुरी चलेको थियो ।

छवि जुरुक्क उठेर हि“ड्यो । पाठो बुरुक्क उफ्रियो ।

केटी धुरुधुरु रोई । बहिनी मुसुक्क हा“सी ।

वारि घर र पारि खेत छ । बाटोमा राम्ररी जाऊ ।

माधव धेरै रिसाहा छ । दोर्जे भर्खरै गयो ।

बटु खेल्न गयो । यादव पढ्न थाल्यो ।

(४) विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी छुट्ट्याएर लेखिन्छ, जस्तै—

भाइका लागि, साथीको निम्ति, उसले भन्दा, घरको अगाडि, घरको अगिल्तिर, कोठादेखि बाहिर, त्यसभन्दा माथि, बाटादेखि मुनि, त्यहा“देखि पर, दाजुको तर्पmबाट आदि ।

(५) निपात छुट्ट्याएर लेखिन्छ, जस्तै—

ए, कुरो त्यसो पो रहेछ ? हो त नि ।

म गए“ ल । लौ, जा न त ।

ऊ गए पो । खै कुन्नि ।

त्यसो त होइन क्यारे । त्यसै हो व्यारे ।

बाहिर त बा“दर पो आएछ । बा“दर नै हो र ?

खै कता गयो त ? आऊ न है ।

त“ पो आइस् ? तिमी नै जानुपर्छ ।

ऊ त गइसक्यो नि । ए, कुरा त्यसो पो ∕

त्यसै हो व्यारे । म त गए“ ल ।

(६) संयुक्त व्रिmयाका बीचमा निपात आए छुट्ट्याएर लेखिन्छ, जस्तै—

खानु नै पर्छ । गर्नु त पर्ने नै हो ।

झुटो बोल्नु त भएन नि । मैले जानु नै पर्छ ।

(७) वर्तमान, भूत र भविष्यत् तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने व्रिmया छुट्ट्याएर लेखिन्छ, जस्तै—

वर्तमान — पढ्दै छ, पढेको छ, खेल्दै छ, खेलेको छ, हा“स्दै छ, हा“सेको छ, गाउ“दै छ, गाएको छ आदि ।

भूत — पढ्दै थियो, पढेको थियो, खेल्दै थियो, खेलेको थियोे, हा“स्दै थियो, हा“सेको थियो, गाउ“दै थियो, गाएको थियोे आदि ।

भविष्यत् — पढ्दै हुनेछ, पढेको हुनेछ, खेल्दै हुनेछ, खेलेको हुनेछ, हा“स्दै हुनेछ, हा“सेको हुनेछ, गाउ“दै हुनेछ, गाएको हुनेछ आदि ।

‘लेखनमा सरलीकरण गर्न, लेखनमा पाइने भद्दापन कम गर्न, लेखनमा हुने अपवादहरू कम गर्न तथा शब्दहरूको वर्णविन्यासमा अनुमेयता बढाउन नेपाली वर्णविन्यासको मानकीकरणको आवश्यकता रहेको’ भन्ने सैद्धान्तिक भनाइप्रति सहमति जनाउन सकिए पनि त्यसका व्यावहारिक पक्ष पनि उत्तिकै विचारणीय छन् । यसैमा पनि सरलीकरणकै पनि सीमा निर्धारण गर्न कठिन छ । यो विभिन्न तह र स्तरअनुरूप हुने गर्छ । कतिसम्म जोड्दा भद्दापन हुने र कतिसम्म जोड्दा नहुने भन्ने कुरा पनि आ“खैपिच्छे फरक हुन सक्छन् । अपवाद कम गर्ने नाममा भाषाको मौलिक स्वरूप नै नष्ट गर्ने भन्ने कुरा पनि आउ“दैन । कतिपय अपवाद नै त्यस भाषाका विशेषता हुन्छन् । लेखनमा पूरै बानी परिसकेका वर्णविन्यासलाई अनुमेय बनाउनु आवश्यक पर्दैन ।

नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हु“दाहु“दै ‘दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेखिन्छ’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दस“ग जोडेर लेखिन्छ’ तथा ‘व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेखिन्छ’ भन्नु औचित्यहीन देखापर्छ । पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त–व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले झनै ठूलोे गन्जागोलको स्थिति पैदा गर्छ । दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्ट्याउने भन्ने कुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ । भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भिœयाएर भाषालाई झन् जटिलतातर्पm अग्रसर गराई नेपाली भाषाप्रति वितृष्णा पैmलाउने काम गर्नु हुन्न ।

‘नाम, थरका बीचमा आउने मध्यवर्ती नामलाई अलग डिकोमा लेख्न सकिने’ भन्ने कुरालाई पश्चगमनकै रूपमा लिनुपर्छ । यस्ता शब्द धेरै पहिले छुट्टै लेखिने गरेको पाइए पनि अहिले यी पूरै जोडेर लेख्ने बानी परिसकेका शब्द हुन् । एकै पृष्ठमा भएको आÇनो नाम पनि एक ठाउ“मा छुट्ट्याउने र एक ठाउ“मा जोड्ने गरेको अनि सन्दर्भग्रन्थसूचीमा ‘बद्री विशाल’ छुट्ट्याएको अनि ‘रमेशकुमार’ जोडेको स्थिति देखिन्छ । यस्तैमा पनि ‘जयदेव, महादेव’ जोड्ने अनि ‘जीवेन्द्र देव, हरेन्द्र देव’ जस्ताचाहि“ छुट्ट्याउने भन्ने कुरा कति हास्यास्पद छ भन्ने सहजै बुझिन्छ । यस्तै गरी ‘पदवियोग’ र ‘वर्णविन्यास’ शब्दसमेत छुट्ट्याउने र जोड्ने दुवै गरिएको पाइन्छ । यसरी नियम बताइएको लेखनमा समेत यस्तो भद्रगोलको स्थिति देखिन्छ भने यो सबै जानेर नभई अन्य कुनै ढङ्गबाट गरिएको काम हो भन्ने सजिलै बुझिन्न र ?

‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द तथा ‘विशेषण विशेष्य ढा“चाका शब्दहरू अलग डिकोमा लेखिन्छन्’ भन्ने कुरा विचारणीय छ । यसमा पदयोग र पदवियोग दुवैको प्रचलन रहेकाले यसलाई तत्काल नियम बनाइहाल्न कठिन छ । द्वित्वलाई पनि सार्थक र निरर्थक भनी छुट्ट्याएर योग र वियोगको झमेलामा नफसाई प्रचलनलाई स्वीकार गर्दा कुनै हानि देखि“दैन । नियम बढाउनेभन्दा घटाएर भाषालाई सरलीकरण गर्नुपर्छ । योजक चि≈न प्रयोगलाई न्यून गर्न सकिन्छ तर निमिट्यान्न पार्न सकिन्न ।

‘पदयोग र पदवियोगले अर्थबोधमा समस्या पर्दैन, शब्द वा वाक्यको स्तरको अर्थमा कतैकतै अस्पष्टता हुने ठानेर कल्पित धारणाका आधारमा तर्क दिन खोजिए पनि सङ्कथनको तहमा सन्दर्भ प्रभावशाली हु“दा यसको अर्थ खोज्न कुनै समस्या पर्दैन’ भन्ने भनाइ पनि तर्कपूर्ण छैन । यसरी छुट्ट्याउ“दा ‘अमृतराज भण्डारी’ र ‘अमृत राजभण्डारी’, ‘प्रकाशसिंह’ र ‘प्रकाश सिंह’ जस्ता शब्दमा पूरै अर्थगत भिन्नता रहेको कुरा सारै स्पष्ट छैन र ? यसलाई सङ्कथनका तहबाट कसरी अथ्र्याउन सकिन्छ ? यसको तात्पर्य पदवियोग गर्नै हुन्न सबै पदयोग गरेरै लेख्नुपर्छ भन्ने होइन । त्यसका पनि प्रचलन, परम्परा र नियम छन् । समयको आवश्यताअनुसार कतिपय नियम संशोधन र परिमार्जन पनि गर्न सकिन्छ तर पदवियोगका नाममा ‘विश्वविद्यालय’ जस्ता शब्दलाई समेत छुट्ट्याउने कुरा कदापि स्वीकार्य हुन्न ।

संसारका हरेक भाषाको एउटा मानक रूप हुन्छ र त्यस मानक रूपको निर्माण एक्कासि नभएर त्यसको लामो परम्परा रहेको हुन्छ । समय, प्रयोगविस्तार र युगको मागअनुरूप भाषाको मानक स्वरूपमा पनि बेलाबखत परिवर्तन भइरहन्छ । भाषाको मानक स्वरूप निर्माणका लागि सम्बद्ध राष्ट्रका शैक्षिक–प्राज्ञिक उच्च निकायको भूमिका महŒवपूर्ण रहन्छ तर संस्थागत पदीय अधिकारको दुरुपयोग गरी वैयक्तिक दृष्टिकोणलाई जबर्जस्ती मानक भनाउनेतर्पm लाग्नु उपयुक्त हु“दैन र त्यो स्वीकार्य पनि हु“दैन । अहिले नेपाली भाषामा देखापरेका कतिपय समस्याहरूमा यसप्रकारको छनक पनि देखिन्छ । भाषाको ज्ञानै नभएका उच्च ओहोदामा आसीन व्यक्तिहरूले सञ्चार माध्यममार्पmत सूचना प्रवाह गर्दैमा त्यसलाई मानक भनिहाल्न सकिन्न । पाठ्यसामग्री जबर्जस्ती लाद्ने कुरा होइन यसर्थ नेपाली भाषालाई ‘कसैको’ नबनाई ‘सबैको’ बनाऊ“, नामबाट मात्र होइन कामबाटै बनाऊ“ । शब्दकोश, व्याकरण र प्रयोगलाई स“गस“गै हि“डाउनु पर्छ नत्र भाषामा भद्रगोलको स्थिति आउ“छ । भाषा संवेदनशील विषय भएकाले यसमा कसैले पनि मेरो भनाइ लागू भएन भनी त्यसलाई प्रतिष्ठा सङ्घर्षको विषय बनाउनु हुन्न ।

नेपाली वर्णविन्यासमा देखिएका विविध समस्याहरूलाई पदीय दुरुपयोग गरेर वा कोठामा बसी कल्पना गरेर होइन यसका लागि विनाभेदभाव भाषाविद्हरूको उच्चस्तरीय संयन्त्र बनाएर प्रज्ञाप्रतिष्ठान, नेपाली केन्द्रीय विभागजस्ता आधिकारिक संस्थाहरूको सहभागितामा भाषाविद्हरूको साझा सहमति कायम गरी न्यूनतम विवाद र अपवाद आउने ढङ्गबाट स्पष्ट नीतिनियम बनाई त्यसैअनुरूप भाषाको प्रयोग गर्नु र सबै मिलेर भाषालाई जोगाउनु अपरिहार्य छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।