19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विश्व मानचित्रमा तिम्रो गाउँ

कविता रुपेश राई January 2, 2011, 9:58 am

ग्लोबल अर्थमा गाउँहरू

उठेकै छैन रहेछन्!

अप्डेट् गर्न भूलेको हुनुपर्छ। या त!

सेटलाइटले नतानेको हुनुपर्छ। हाम्रा गाउँ।

धेरै विकास भएको छ,

भन्छ। ग्लोबल अर्थमा किन देखिएन त?

डाँड़ामा खोलेको इको-टुरिजम

हाम्रा केटाहरूको व्यवसाय, त्यो पनि देखिँदैन।

वेबसाइट्मा हेरौँ भनेको,

वाइफाइमा छैन रहेछ गाउँ!

तिमीलाई दुःख लाग्दैन?

गाउँले भोगेको यो कथा, दौरा सुरुवा लगाउँदादेखि

आज जिन्स् प्यन्ट, टि-सर्ट लगाउँदासम्म। आलै छ।

कथा भन्न छाड़ेको छ गाउँ।

फुर्सदै कसलाई छ कथा सुन्ने

तिम्रा गाउँमा, दन्ते कथाहरू मरेपछि।

इतिहासकै कुरा मात्र गर्छन् पन्ना पल्टाउँदै

माछा किराले खाएका प्रमाणहरू। ज्ञ, त्र, क्षबाट थालिएका क्रान्तिहरू।

क्रान्तिहरू थाहै छैन गाउँमा इनटर्नेट्ले थालेको

वर्तमानको मान्चित्रमा, तिम्रो अनुहार साटेको।

ती मान्चित्रहरू हेरेका छौ?

पाकिस्तानका, चाइनाका भारतका अनि

हाम्रै छिमेकिका। विलय भएका।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।