19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विभोर बराल January 2, 2011, 10:00 am

शिखरमा पुग्ने मान्छे तल झर्न चाहँदैन

शरीरले दिँदैन साथ, कोही मर्न चाहँदैन

नबोलेरै काटिएको युगलाई सलाम छ

अचेल कोही मौनताको भरपर्न चाहँदैन

मनलाई बाँध्नेहरू अमर भए होलान् तर

जिन्दगानी तिनलाई याद गर्न चाहँदैन

सपनाको हिमपातका घाइत्ते त करोडौँ छन्,

विरोधमा कोही पनि अघि सर्न चाहँदैन

'विभोर' भई उदाशीले खोल्यो झ्यालका पर्दाहरू

ऊ, मुहारमा एउटै रङ्ग सधैँ भर्न चाहँदैन

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।