16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'मान्छे मान्छे नै बन्नुपर्छ' संग्रह नियाल्दा

कृति/समीक्षा गोबिन्दिसंह रावत January 4, 2011, 11:02 pm

२०६६ आश्विन अर्थात सेप्टेम्बर २००९ मा इन्जिनियरिङ्ग साहित्य समाज, नेपालबाट श्रीमती बीना श्रेष्ठद्वारा प्रकाशित मान्छे मान्छे नै बन्नुपर्छ कवि मानकाजीको चौथो कृतिका रुपमा देखापरेको छ । कवि मान्काजीले यसअघि विद्युत शास्त्र जस्तो प्रविधिक विषयवस्तुमा आधारित पाठ्य पुस्तकका रुपमा गद्य विधाको ग्रन्थ प्रकाशित गर्नु भएको थियो । त्यसपछि आप्mनो पाताल प्रवासको पहिलो कृतिका रुपमा चीनको डुलाई क्यानाडाको बसाई यात्रा संस्मरण २०५९ सालमा (२००२) मा पहिलो संस्करण र २०६० मा दोस्रो संस्करण प्रकाशित भएको पाइन्छ । क्यानाडाबाट क्यानाडाका नेलाली लेखकको नेपाली भाषामा प्रकाशित भएको संभवतः यही नै पहिलो कृति भएको छ । यसमा भएका यात्रा विवरणहरुले लेखकको चीनको बसाई र डुलाईको अनुभव र अनुभुतिहरुको वयान गरेको छ । मनोरञ्जनात्मक प्रसङ्गहरुसंगै जीवनका तीतामीठा अनुभूतिहरुलाई पनि लेखकले ईमान्दारीकासाथ यसमा वयान गरेका छन् । अझ नेपालको वास्तविकतासंग परिचित लेखकले तथ्याङ्कलाई तेर्साएर तुलनात्मक विचार पनि रखेका छन् । चीनको डुलाईसंगै क्यानाडाको अरु प्रान्तको डुलाईंलाई पनि यस संग्रहमा समावेश गराएर लेखकले शीर्षलाई सार्थकता प्रदान गरेका छन् । मानकाजीको कविताको पूर्वाभ्यास यसै ग्रन्थबाट भएको पनि देखिन्छ । उनले क्यानाडाको डुलाईका बारेमा वर्णन गर्दा गद्यमा पद्य शैलीलाई पनि प्राथमिकताका साथ प्रयँेग गरेका छन् । संभवतः यहीबाट उनको कविता लेखनको विजारोपण भएको अनुमान लगाउन सकिन्छ । अनि २०६१ साल (२००४) मा प्रकाशित भएको तेस्रो कृति मनको बह सबैलाई कह मा मानकाजीले एक दर्जन आप्mना काव्यात्मक अभिव्यक्तिलाई पनि ठा“उ दिएका छन् । यात्रा संस्मरण, हास्य व्य“ग्य र लेख÷रचना संग्रह भनी प्रकाशमा आएको उनको तेस्रो कृतिले कवि मानकाजी भित्र रहेको कवि व्यक्तित्वलाई चिन्हाएको छ । अनि त्यसैको प्रतिफल स्वरुप उनको चौंथो कृति काव्यात्मक भएर देखापर्छ । कवि मानकाजीको काव्यात्मक अभिव्यक्तिले छचल्किने वातावरण खोज्दै थियो । उनको ह्दयमा भएको काव्य गुणले बाणी खोजिरहेको थियो । यसको क्षणिक प्रयास चीनको डुलाई क्यानाडाको बसाई यात्रा संस्मरणका भएको थियो भने यसको थालनी मनको बह सबैलाई कह बाट भएको देखिन्छ र आप्mनो लेखनको उत्तरार्धमा आएपछि मानकाजी गद्य लेखनबाट कलमलाई ह्दयको मसीमा चोपलेर मनका अनुभूतिहरुलाई काव्यात्मक वाणी दिन थाल्छन् । अनि त्यसैको उपज स्वरुप मान्छे मान्छे नै बन्नुपर्छ कृति विशुद्ध काव्यकृति अर्थात कविता संग्रहका रुपमा २०६६ सालमा (२००९) प्रकाशित हुन्छ । पेशाले प्राविधिक विषयवस्तुका ज्ञाता भए पनि उनमा साहित्यप्रति रुचि रहेकोले लेखन विधालाई उनले निरन्तरता दिदै गएको पाइन्छ । गद्य र पद्य दुवै विधामा कलम चलाउने मानकाजिको कवि ह्दयको उद्गार यस संग्रहमा संग्रहित भएको छ ।

थरले श्रेष्ठ भए पनि अबअपरान्त थर नलेख्ने भनेर कविताबाटै घोषणा गरेका मानकाजीको जन्म गोरखा छहरे बजारमा ५, अप्रेल १९५० मा भएको थियो । मानकाजीको साहित्यिक यात्राको थालनी बिस वर्षको उमेरमा रसियाली भाषामा सन् १९७० मा क्रान्सनोदार गद्य रचनाबाट भएको थियो । सन् १९९८ मा क्यानाडा प्रवेश गर्नु भएको मानकाजी प्रारम्भमा टोरोन्टोवासी हुनुहुन्थ्यो भने पछि भ्यानकुभरमा बसाई सरेर त्यही बस्दै आउनु भएको छ । क्यानाडा आगमनपछि उनले नेपाल समुदायमा बसेर धेरैनै उल्लेखनीय कार्य गर्दै आउनु भएको थियो । टोरोन्टोमा २००० मा स्थापित नेपाली क्यानेडियन कम्युनिटिज् सर्भिसेस् (एन.सि.सि.एस) का संस्थापक मानकाजी हाल पनि भ्यानकुभरमा साहित्यिक गतिविधिमा संलग्न रहदै आउनु भएको पाइन्छ । नेपाली साहित्य अकाडमी, उत्तर अमेरिकाका प्रान्तीय सदस्य मानकाजीको अहिलेसम्म चारवटा कृतिहरु प्रकाशित भएको पाइन्छ । मानकाजी पेशाले प्रोफेसनल इञ्जिीनियर हुनुहुन्छ र यही वास्तविकतालाई उनको काव्यात्मक अभिव्यक्तिले पनि पुष्टी गरेको छ । यसमा संकलित कविताहरु छन्दमुक्त गद्य कविताका रुपमा रहेका छन् । कुनै कुनै मुक्तक बढी लम्बाएर मुक्तकको धर्म निर्वाह गर्न असफल भएको छ । उनका कविताले विभिन्न विषयवस्तुलाई समेट्न खोजिएको पाइन्छ । कतै राष्ट्रप्रतिको मोह छचल्किएको छ भने कतै नेपाली माटोप्रति देशप्रेमका भावनाहरु अभिव्यञ्जित भएका छन् । त्यस्तै कतै स्वदेश र आफन्तको विछोडको पीडा र सम्झना मुखारित भएको पाइन्छ । आयामका द्दष्टिले कतिपय रचनाहरु केही लामो भए तापनि छोटा कविताहरु पनि परेका छन् । कवितामा विसंगतिपूर्ण अभिव्यक्तिले विशेष महत्व पाएको छ । जन्मभूमीप्रतिको प्रेम, कर्मभूमीप्रतिको प्रेम, मानवीय प्रेम, मित्र र आफन्तप्रतिको प्रेम, नेता र आस्था भएको दलप्रतिको प्रेम आदि भावहरु यस संग्रहमा छचल्किएको छ । कतै व्यंग्य कसिएको छ । राजनैतिक व्यग्ंय, सामाजिक व्यग्य, नेपालको दुर्दशा प्रति आक्रोस, अराजकताप्रति चिन्ता र विरोध, देशको दयनीय अवस्थाको चित्रण संगसंगै निरंकुशताको विरोध गर्दै प्रजातन्त्र र गणतन्त्रको पक्षमा आÏना भावहरु अभिव्यक्त गरेको पाइन्छ । निर्धक्ककासाथ आफुले देखेको, भोगेको र अनुभव गरेको वास्तविकताको यथार्थमूलक चित्रण उनका कविताले गरको छ । कतिपय कवितामा स्वछन्दवादी भावधारा पाइन्छ भने कतै अतीतको सम्झनासंगै निराशाको अभिव्यक्ति अलापेका पनि छन् ।

गणनाको हिसाबले चौंथो कृति भए पनि काव्य कृतिका रुपमा मान्छे मान्छे नै बन्नुपर्छ कृति कविको पहिलो काव्यकृति बनेको छ । यस कविता संग्रहमा कवि मानकाजीले भाषा र काव्य विधाको विविधतालाई प्रस्तुत गरेका छन् । आप्mना मुक्तक र कवितात्मक अभिव्यक्तिलाई उनले नेपाली, अंग्रेजी, हिन्दी र रसियाली भाषामा अभिव्यक्त गरेका छन् । क्यानाडाका साहित्यकारको यो तेस्रो काव्यकृति पनि हो । क्यानाडा आएर कविता संग्रह प्रकाशन गर्ने पहिलो कवि बनेका मानकाजीको यही संग्रह क्यानाडाबाट प्रकाशित पहिलो काव्यकृति पनि हो । अहिलेसम्मको जानकारी अनुसार कवि मानकाजी मात्रैले निरन्तर आप्mना अभिव्यक्तिलाई प्रकाशित गर्दै आउनु भएको देखिन्छ । यस संग्रहलाई नियाल्दा यसमा ४८ वटा कविता, २८ वटा मुक्तक, २८ वटा अंग्रेजी कविता, २ वटा हिन्दी कविता र एउटा रसियाली भाषाको कविता संग्रहित भएका छन् । आयातनका हिसाबले भन्ने हो भने संग्रहमा लामो पद्यका रुपमा नेपाल फेरी फकर्दा (गीत) लाई लिन सकिन्छ । ८४ पंक्ति रहेको यो गीत सबै भन्दा लामो काव्य हो भने ६ पंक्तिको धत्तेरिका कवितालाई छोटो कविता मान्न सकिन्छ । तर यस संग्रहमा तीन पंक्तिको मुक्तक ओ क्यानाडा नेपाललाई छोटो काव्यात्मक अभिव्यक्ति मान्न सकिन्छ । समयावधिका दृष्टिबाट नियाल्दा यस संग्रहमा समावेश गएिका कवितामा ३० जुन २००६ मा अंग्रेजी भाषामा लेखिएको भ्यानकुभर कविता सबै भन्दा पहला लेखिएको कविता मान्न सकिन्छ भने पछिल्लो कविता पनि अंग्रेजी भाषाको I’m in the Cross Road of my Life ८ सेप्टेम्बर २००९ मा लेखिएको देखिन्छ । यस संग्रहमा संकलित कविताहरुको निर्माणकाल जुन २००६ देखि सेप्टेम्बर २००९ अर्थात तीन वर्ष दुई महिनाको समयावधिमा सृजना भएका अभिव्यक्तिले ठा“उ पाएको छ । धेरैजसो कविताका लेखन मिति नभएकोले तिनीहरुका बारेमा अडकलबाजि गर्दै यिनै समयावधिभित्रका सृजना मान्न सकिन्छ ।

संग्रहमा एउटै शीर्षक भएका नेपाली र अंग्रजी भाषामा लेखिएका दुईवटा कविता श्री नरेश शाक्यज्यू नमस्कार नेपालीमा र Naresh Shakya ji अंग्रेजीमा अनि त्यस्तै नेपालीमा भ्यानकुभर बिसी र अंग्रेजीमा Vancouver +,_- शीर्षकका दुवै कविताको भावभूमि र परिवेश एउटै भएता पनि श्री नरेश शाक्यज्यू नमस्कार नेपालीमा दुई अनुच्छेदमात्र रहेको छ भने त्यसैको अंग्रेजीमा लेखिएकोमा पा“चवटा अनुच्छेद रहेको छ तर अंग्रेजीमा नरेशजीको नाम भने कतै उल्लेख भएको छैन । कवि मानकाजी पाताल प्रवासपछि पूनःस्वदेश फिर्ता गएर यो संग्रहको प्रकाशनको बेला काठमाण्डौंको फोहोर मैला दीर्घाकालीन व्यवस्थापन समाधान र परिचालन परियोजनामा आवद्ध रहेको र त्यसैलाई आधार बनाएर फोहोर अभिश्राप हैन, वरदान हो शीर्षक कवितामा फोहोरको उचित व्यवस्थाको कमीले गर्दा राष्ट्रले राम्रो आय गुमाई रहेको गणितीय तथ्याङ्क पनि देखाएका छन् (पृष्ठ १३०) ।

यस संग्रहमा समावेश गरिएका प्रायःजसो कविताले उनको दैनिक कार्यप्रणालीको चर्चा गरेको पाइन्छ । मित्रहरुसंको भेटघाट र सम्बन्ध नविकरणका कुराहरु, स्थान वर्णन, दम्पत्ती वर्णन, आफन्त वर्णन, भोजन वर्णनबाट लिएर विसङ्गति र भ्रष्टाचारको समेत वर्णन यस संग्रहमा भएको पाइन्छ । यस संग्रहले व्यक्ति प्रसंशालाई प्राथमिकताका साथ मुखारित गरेको देखिन्छ । माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई, हिसिला यमी, जापानी नागरिक कुनफारा, ताकाशु, जुलिया रवर्ट, यचुमाया, तुल्सी माया, युगकवि सिद्धिचरण श्रेष्ठ, रत्नाकर, .बाल्मिकी, जर्ज बुस, टोनी ब्लेयर, चौहान, सुचित्रा, नरेश शाक्य, नन्द कुमारी श्रेष्ठ, भीम, शारदा, राम मनोहर, माधव नेपाल, दामोदर आचार्य, बीना, बोरिस, महेश, नीमा, इन्द्र, उर्वशी, रत्न, हिरा, भूपाल आदि उनका कविताका पात्रहरु हुन् । यसका अतिरिक्त साईनो सम्बन्धका आमा, अजि, दाइ, भाउजु, सालो, भिनाजु आदि आदरार्थी सम्बन्धले पनि कवितामा ठा“उ पाएको छ भने शहर, गा“उ, मुलुक, बजारको वर्णनलाई पनि प्राथमिकताका साथ राखेको पाइन्छ । उनले इमान्दारी पूर्वक आप्mनो मनले खाको व्यक्तिको प्रशंसा मुक्त कण्ठले गरेका छन् ।

कवि मानकाजीको अन्तरमनले समाज र राष्ट्रमा भएका नराम्रा कामहरुलाई केलाएर त्यसको समाधानका उपायहरुलाई पनि देखाउने प्रयास गरेका छन् । उनले समाजमा विद्यमान राजनैतिक र सामाजिक विसंगतिलाई मात्र नऔंलाएर पारिवारिक, व्यवहारिक र संस्कारमा भए गरिएका विसंगतिहरुलाई पनि देखाउने प्रयास गरेका छन् । कविताको लयमा मिठास भर्न कविले धेरैनै ठा“उमा अनेपाली शब्द पैंचो लिएको पनि देखिन्छ ।

उसको मुड गुड थिएन .....

हरामसे राम डरे .....

होते होते महिना वर्ष .....

सेवासंग ढेवा......

हुन्छ यही फिटिङ्ग....

व्यक्ति परिचय गर्दा उनले मन परेकालाई काधमा नै बोक्न पुगेका छन् । त्यसैले उनले माओवादी नेता बाबुरामलाई कतै राम त कतै कृष्णमा आरोपित गर्दै प्रशंसाले पंक्तिहरु भरेका छन् त कतै नेतृ हिसिला यमीसंगको पुरानो परिचयलाई सम्झदै उनलाई नेपालको चम्किलो तारासंग तुलना गराएका छन् ।

बढी बोलीचालीको भाषालाई प्राथमिकता दिएर कविता कोर्ने मानकाजीको भाषामा सरलता र सजिवता पाइन्छ । तर क्लिष्ट शब्दहरु र जबरजस्ती तुक मिलाउने प्रयासले कविताको परिभाषालाई अल्मलाइदिएको पनि आभाष हुन्छ । नारा जुलुसको भाषा जस्तै ठाडो भाषाको प्रयोगले प्राथमिहता पाएको देखिन्छ । विशेष गरेर शिक्षित र युवा वर्गप्रति उनी धेरैनै आसावादी भएका छन् । त्यसैले यस्ता युवाहरुको पलायन भएकोमा कवितात्मक गुनासो पनि गरेका छन् ।

धार्मिक सहिष्णुतामा बा“चेको नेपाल जहा“ पापी पति भए पनि पति भक्ती नमर्ने धारणा राख्ने नारी समाजमा उनले विसंगतिका भावलाई समाज विपरित धारणा राख्न पनि पछि परेका छैनन् । त्यसैले उनका अभिव्यक्तिमा कतै अत्यचारी लोग्नेको मृत्यु कुर्ने महिलाको बयान त कतै पशुपतिले जनतालाई पशुतुल्य बनाएको अभिव्यक्तिहरु पनि देखिन्छन् । मानिसलाई मानिस भएर बस्नु पर्ने प्रेरणा दिदै मानिसहरु जातिपातिमा लागेर मानवताको परिभाषा मेटाई रहेको र जातीयताको आधारमा एकअर्कालाई बेग्लै ठान्ने प्रवृतिले समाजमा मानिस मानिसबीच पर्खाल ठड्याउ“दै गई रहेकोमा मान्छेवादको वकालात गर्दै कवि भन्छन् ः

जातभातभन्दा ठूलो राष्ट्रवाद हुनुपर्छ

राष्ट्रिय स्वाभिमानले मात्रै देश बचाउ“छ

जातभात, वाहियातले देश टुक्राउ“छ, डुबाउ“छ

जातभात मूर्दावाद π मान्छेमान्छे जिन्दावाद ।। (पृष्ठ ३३)

नेपालीहरु जहा“ पुगे पनि विसंगतिपूर्ण संस्कारलाई डो¥याउदै लिएर जाने प्रवृति रहेको बताउदै भन्छन् ः

उता नेपाललाई क्यानाडा बनाउने बेला भइसक्यो

यता क्यानाडा नै नेपाल बन्नै पो डरलाग्यो

अहो, नेपाली टाइम, नेपाली मिटिङ्ग

जहा“ गयो नेपालीको, हुन्छ यही फिटिङ्ग (पृष्ठ १०९)

कवि मानकाजीले आफुलाई माओवादीका समर्थकका रुपमा देखाउन धेरै ठा“उमा माओवादी नेता, माओवादी विचार र माओवादीको नीतिका बारेमा मुक्त कण्ठले प्रशंसा गरेका छन् । अझ नेपालको गणतन्त्रलाई माओवादीको जनयुद्धसंग वारम्वार जोड्ने प्रयास पनि गरेको पाइन्छ ः

बधाई माओवादी,

१० वर्ष भूमिगत रही चेतना जगाउनेलाई

टाउकोमा कात्रो बा“धी अहोरात्र खटेनेलाई (पृष्ठ ६१)

प्रचण्डपथ जिन्दावाद

चुनावमा प्रचण्डपथका प्रचण्ड

जितोस् प्रचण्ड बहुमतले प्रचण्ड

प्रचण्ड गर्मी हो या सर्दी प्रचण्ड

बनून् राष्ट्रपति प्रचण्ड नबनी उदण्ड (पृष्ठ ५५)

माओवादीका शुभचिन्तक अनन्त भक्तका रुपमा यस संग्रहमा देखापरेका कवि मानकाजी गणतन्त्रको घोषणापछि संविधानसभाको चुनाव अघिनै आप्mनो राजनैतिक विचारलाई यसरी पोखेका छन् ः

दरवारिया दरवार छोड्न बाध्य भए

पञ्चे, मण्डले पुच्छर हल्लाउ“दै गए

काइते कांग्रेस हारेर पनि कुर्सी नछाड्ने

सोझा माओवादी कहिले खेलाडी बन्ने ?

सरकार बनाइ कहिले देश हा“क्ने ?

कैले देश, जनताले का“चुली फर्ने (पृष्ठ–३८)

जातपातको परिबन्दमा परेर समाजबाट मानवताले हराउ“दै गएको आभाष गर्ने कवि मानकाजीले कवितैका माध्यमबाट अब अपरान्त आप्mनो थर श्रेष्ठलाई तिलाञ्जली दिदै लेख्छन् ः

अबदेखि म श्रेष्ठ हैन, केवल मानकाजी

मेरो सदिच्छा – बन्न सकू“ सबैको लागि एक कामकाजी ।। (पृष्ठ ३४)

कवि ह्दयमा भावनाका अनेकन छालहरु आउने गरेको र लेख्ने विषय धेरै भएकोमा देशको राजधानी काठमाण्डौंमा देखापरेका विसंगतिहरुलाई इङ्कित गर्दै उनी लेख्छन् ः

बिहान प्रभातफेरी जा“दा

के सडक, के फुटपाथ आल्डैखाल्डो देख्छु

फोहरमैला छरपष्ट भएको पाउ“छु

भुस्याहा कुकुर ङ्यारङ्यार गरिरहेको देख्छु

खोलानाला आउनेबित्तिकै नाक थुन्न थाल्छु (पृष्ठ ३५)

त्यस्तै विसंगतिले भरिएको राजधानीमा प्रजातन्त्रको आगमनसंगै जनतामुखी नबनेर स्वार्थमुखी बन्दै गएको र मनपरीतन्त्र र अराजकता जताततै देखिन थालेकोमा विरक्त मान्दै लेख्छन्

कार्यालयमा पुग्यो हाकिम भेटि“दैन

मन्दिरमा गयो देवता भेटि“दैन

नेताहरुमा मानवता भेटि“दैन

धेरै नेपालीमा इमानदारिता भेटि“दैन ( पृष्ठ ृ ३६)

नेपालको वास्तविकताबाट परिचित कविले आप्mनो नेपाल फर्काइको क्रममा आफु पलायन हुनुअघि भन्दा पनि बढी भ्रष्टाचार बढेको र जताततै विसंगतियुक्त क्रियाकलापको अनुभव गर्दै कवि लेख्छन् ः

जनसङ्ख्या, सेवा शुल्क र मह“गी बेलगाम बढेछ

योजनाकार, तर्जुमाकार घट्नु घटेछ

अन्याय, अत्याचार, व्यभिचार बढ्नु बढेछ

मानवमूल्य मान्यता घट्नु घटेछ ( पृष्ठ ६०)

कवि मानकाजीले विशेष गरेर आप्mनो देश नेपालमा भएगरिएका र देख्ने गरिएका विभिन्न विसंगतिका प्रसङ्गहरु, अमानवीयताका आधारहरु, भ्रष्टचारका अनियन्त्रित क्रियाकलापहरु, शोषकहरु विभिन्न रुप फेरेर शोषितपीडित जनतामाथि विगतदेखि वर्तमानसम्म यावत र निरन्तर रुपले शोषण गर्दै आएको वास्तविकतालाई कवितात्मक भाषामा अभिव्यक्त गरेका छन् । उनले हिजोभन्दा आज र आज भन्दा भोली गरिब निमुखा जनताहरु पिल्सिदै गएको यर्थाथतालाई कवितात्मक वाणी दिएका छन् । आज नेपाल बन्द छ, मान्छै मान्छेनै बन्नु पर्छ, केको बारेमा लेखु, केकोबारेमा लेखु ?, खै कहा“ गयो फुटपाथ, जाम, झुलबाहिरका लामखुट्टेहरु, नेपालमा गणतन्त्र आयो, नेपाल फेरी फर्कदा, यो देश कास्को ? यस्ता धेरैनै उदाहरणीय कवीताहरु यसमा संग्रहित छन् । कवि मानमाजीले कतिपय ठा“उमा नेपाली भाषाको चलनचल्तीका शब्दहरुको सट्टा आप्mनै शब्दहरुको प्रयोग गरेको पाइन्छ । जस्तै जातपातको ठा“उमा जातभात, फोहोरको ठा“उमा फोहर, फेर्नेको ठा“उमा फर्ने

यसमा संकलित कविताहरु छन्दमुक्त गद्य कविताका रुपमा रहेका छन् । कविताले विभिन्न विषयवस्तुलाई समेट्न खोजिएको पाइन्छ । कतै राष्ट्रप्रतिको मोह छचल्किएको छ भने कतै नेपाली माटोप्रति देशप्रेमका भावनाहरु अभिव्यञ्जित भएका छन् भने कतै स्वदेश र आफन्तको विछोडको पीडा र सम्झना मुखारित भएको पाइन्छ । कवितामा प्रेमले विशेष महत्व पाएको छ । जन्मभूमी प्रतीको प्रेम, कर्मभूमी प्रतीको प्रेम, मानवीय प्रेम, मायालु प्रतीको प्रेम । त्यस्तै कतै व्यंग्य कसिएको छ । राजनैतिक व्यग्ंय, सामाजिक व्यंग्य, नेपालको दुर्दशा प्रति आक्रोस, देशको दयनीयको चित्रण, मानवीय व्यंग्य, अविकास, अराजकता प्रति चिन्ता र विरोध अनि कतै निरंकुशताको विरोधमा कविताले बोलेको छ भने कतै प्रजातन्त्र र गणतन्त्रको पक्षमा कविता रचिएका छन् । यस संग्रहमा संकलित कविताहरु मध्ये विषयवस्तुका दृष्टिकोणले सर्वाधिक महत्व पाएको विषय देशप्रेम रहेको छ । उनले मेलमिलापको भावना, देश विकास, राष्ट्रिय अखण्डता, एकताका प्रसङ्गहरु केट्याएका छन् । उनलाई विशेष रुपमा वर्तमान नेपालको दयनीय स्थितिप्रति चिन्ता रहेकोले त्यसको चित्रण यस संग्रहमा सटिक शैलीमा गरेका छन् ।

कविताका माध्यमबाट कवि मानकाजीले विशेष गरेर आप्mनो देश नेपालमा भएगरिएका र देख्ने गरिएका विभिन्न विसंगतिका प्रसङ्गहरु, अमानवीयताका आधारहरु, भ्रष्टचारका अनियन्त्रित क्रियाकलापहरु, शोषकहरु विभिन्न रुप फेरेर शोषितपीडित जनतामाथि विगतदेखि वर्तमानसम्म यावत र निरन्तर रुपले शोषण गर्दै आएको वास्तविकतालाई आÏनो यस संग्रहमा कवितात्मक भाषामा अभिव्यक्त गरेका छन् ।

जस्ले जति नियम काटे पनि, सजाय नलाग्ने

बहुबिहा गरे पनि ऐननियम नलाग्ने

कस्ता कस्ता अभियुक्त खुङ्खार, छाती फुलाई हि“ड्ने,

पापी भ्रष्टाचारीहरु चिल्ला गाडीमा कुदने । (पृष्ठ–५७)

उनले हिजोभन्दा आज र आज भन्दा भोली गरिब निमुखा जनताहरु पिल्सिदै गएको यर्थाथतालाई कविताका माध्यमबाट देखाईदिएका छन् । आज नेपाल बन्द छ, मान्छे मान्छेनै बन्नु पर्छ, केको बारेमा लेखु, केकोबारेमा लेखु ?, खै कहा“ गयो फुटपाथ, जाम, झुलबाहिरका लामखुट्टेहरु, नेपालमा गणतन्त्र आयो, नेपाल फेरी फर्कदा, यो देश कास्को ?, आदि धेरैने कविताहरुले कविको यथार्थपरक अनुभूतिलाई मुखारित गरेको छ । कवि मानमाजीले कतिपय ठा“उमा नेपाली भाषाको चलनचल्तीका शब्दहरुको सट्टा आप्mनै शब्दहरुको प्रयोग गरेको पाइन्छ । जस्तै जातपातको ठा“उमा जातभात, फोहोरको ठा“उमा फोहर, फेर्नेको ठा“उमा फर्ने आदि

बोलीचालीको भाषामा कविता लेख्न रुचाउने मानकाजीलका कुनै कुनै कविता सोझै संवादात्मक भएको पनि पाइन्छ ।

दिदीभिनजु कहा“ एउटा ड्राईभर छ,

जस्ले घरायसी कामलगायत गाडी हा“क्ने काम गर्छ

जब ऊ घरमा हुन्छ

भिनाजु एकदम खुशी हुनुहुन्छ

किनकी, जता भन्यो उतै उस्ले लगिदिन्छ

परे, आप्mनो भागैसमेत खान दिने गर्नु हुन्छ (पृष्ठ–११७)

मानकाजीले आप्mनो पातालवास त्यगेर देश सेवामा समर्पित हुन नेपाल फर्केर गएको र काठमाण्डौंको फोहोरमैला दीर्घकालीन व्यवस्थापन समाधान र परिचालन परियोजनामा कार्यरत रहदा फोहोर अभिशाप हैन वरदान हो शीर्षकमा आप्mनो विशेषता रहेको विषयलाई समेत गणितीय प्रस्तुतिबाट प्रमाणित गरेर कविता कोर्न पनि सफल भएका छन् ः

हुन पनि

१ टन फोहोर प्रशोधन गर्दा

१२०० युनिट बिजुली, ३०० लिटर पानी

५ केजी नुन र अन्य सामग्री उत्पादन हुन्छ

सानो मेलम्ची र मध्येमस्र्याङ्गदी नै सावित हुन्छ (पृष्ठ–१०३)

आयामका दृष्टिले हेर्दा यस सङ्ग्रहमा सङ्कलित कतिपय रचनाहरू केही लामो स्थापित, कतिपय स्थापितोन्मुख र कतिपय कनिकुथी शब्दविन्यास मिलाएर कविताको रुप दिइएको छ । संरचनात्मक दृष्टिले हेर्दा कतिपय कविता प्रगीतात्मक रुपमा आएका छने भने कतिपय कविता सोझै प्रहार गर्ने खालका नारावादी पनि छन् ।

प्रचण्डपथ – जिन्दावाद

राजतन्त्र – मूर्दावाद

नया“ नेपालको नया“ खाका

प्रचण्ड पथको कबुल–भाका

खत्तम होस् राजतन्त्रे डाका

नबनोस् सिक्किम, भुटान वा श्रीलङ्का

(पृष्ठ–५५)

यस सङ्ग्रहका रचनामा विषयवस्तुगत विविधता पाइन्छ । प्रायजसो कविताले मूलतः जन्मभूमि प्रेम, कर्मभूमि प्रेम र अंशतः मानवीय प्रेमका भावनाहरुलाई अभिव्यक्त गरेको देखिन्छ । खासगरी मातृभूमि÷स्वदेशप्रेमसंगै आक्रोशका भावहरु धेरैजसो कवितामा विशेष महŒवका साथ प्रस्तुत गरिएको छ । कवितामा कतै व्यङ्ग्य हानिएको छ, कतै आक्रोश पोखिएको छ, कतै नेपालको दुर्दशाको चित्रण गरिएको छ, कतै निरङ्कुशतन्त्रको उछितो काढिएको छ त कतै गणतन्त्रको महिमागान गरिएको छ अनि कतै पूर्वस्मृतिजन्य अनुभूति प्रस्तुत गरिएको छ । यस सङ्ग्रहका थुप्रै कवितामा आÏनो जन्मभूमि नेपालका विविध सन्दर्भ र प्रसङ्गलाई कवितात्मक बान्कीमा उनिएको छ । मानकाजीका धेरैजसो कविता प्रथमपुरुष द्दष्टिबिन्दु र तृतीय पुरुषद्दष्टीबिन्दुमा संरचित छन् । भाषाशैलीका दृष्टिकोणले सरल र सरस रहेको यस संग्रहका कविताहरुमा विम्व, प्रतीक, अलंकार, मिथ, स्वभाविक भाषाको प्रयोग संगसंगै कतिपयमा जबरजस्ती तुकबन्दी गरेर कवितालाई लयात्कमतम बनाउने प्रयास पनि भएको छ । समष्ठीमा भन्नु पर्दा यस संग्रहले मूलरुपमा वर्तमान नेपालको दयनीय स्थितिको चित्रण गर्दै देशपारीय मानसिककताको पीडा, आशा, निरासा, देशको अविकसित वस्तुस्थिति, विग्रदो कानून व्यवस्था, मनपरीतन्त्रको बाहुल्यताको आडमा आÏनो विचार मिल्ने दल र नेताको खुल्ला मनले स्व्छन्द विचारकासाथ ईतरलाई होच्याउ“दै मुग्ध कण्डले प्रशंसा गरेका छन् । कविताको मूल उद्देश्य वर्तमान युगीन विविध यथार्थको प्रकटीकरण र मानसिकताको चित्रण गर्नु रहेको छ । त्यसैका आधारमा जातपात रहीत समाजको कल्पना गर्दै मानिस–मानिसबीच भाइचारा र विश्वबन्धुत्वका लागि आव्हान गर्दै उनी भन्छन् ः

सन्सारमा जन्मेका सबै मान्छे, मान्छे बन्नु पर्छ

मान्छे, मान्छेमा माया–प्रेम को बिउ“ रोप्नु पर्छ

मान्छेको जात् मान्छे नै हो, यो नियम् सदा पालौै

जात–भात कुरीति अब सदाको लागी फालँौ

टोरोन्टो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।