19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समलैङ्गिक डायरी

कविता सुधीर छेत्री January 4, 2011, 3:27 pm

पहिरोको ठिक्क डिलमा

ठूलो ढुङ्गा अल्झिएजस्तै गरी

भुत्लाले ढाकिएको छातीमा

अप्ठेरोसित अड्किएको छ

ब्रा।

लिप्स्टिक चाटिरहेका उसका ओँठहरू

लियोनार्डो डि-क्याप्रियोका किशोर गाला चाट्नचाहन्छ।

व्याक्सिङ् गरिएका छेपारीदेखि

च्याउँदै हेरिबस्छ मिनिस्कर्टबाट टाउको निकालेर

एउटा अश्लील ट्याट्टुले।

शनिबारको रात।

रात्रि भोज।

नयॉं होटल।

सबै सोँचेर नाइटोमा खोपेको गुलाबको फूल

मुसुक्क हॉंस्छ।

चञ्चले हावा रत्यौली गर्छ

फेशनेबल केश-विन्याससित।

ढुकढुक गर्दै आवेगहरू गन्ती गर्छन्

कृत्रिम वक्षभित्रपट्टिको

परायथार्थवादी मुटु।

हरियो चश्मापछि

लुकेका एकजोर नारसिस्ट आँखाहरू

संशोधित दृष्टिले यौन निचोर्दै रस टिप्छ।

मुहार सँधै हँसिलो राखिराख्न

अभ्यस्तताको जोगाड गरिरहेछ

रसाद्र मेक अप्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।