17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पिएस निङलेकु लिम्बू “निश्चल” January 7, 2011, 9:42 pm

सत्य सत्य, धरो धरम तिमीलाई भूल्या छैन ।

मरि जाऊ बाचा कसम कतै मन डूल्या छैन ।

दिन रात एक अर्कामा सध भरै परे जस्तै

मैले पनि मन कहिल्यै अरुसंग खूल्या छैन ।

धेरै देखे फूल बारीमा फूलहरु फूल्दै झरे

मैले यसै डरै डरले कहिकतै फूल्या छैन ।

बाचा मात्रै दिने होइन बेलामौका भेट्ने गर

बिना अर्थ यहा “निश्चल” तिमीसंग झुल्या छैन ।

धरान, सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।