कठिन बाटो काटेर आएँ केही त गर्नै छ
बाँचुन्जेल् सम्म सिर्जना गर्छु आखिर मर्नै छ ।
दैवको लीला यस्तै नै रैछ भनेर बुझौँ है
बनेर शित टल्कँदै मैले धर्तिमा झर्नै छ ।
शब्दको खेती गरेर पनि सिर्जना उमार्छु
साहित्य सेवा गरेर अझै ढिकुटी भर्नै छ ।
मान्छेको चोला पाएर मात्र बाँचेको सार हुन्न
असल बनी जीवन खोला हाँसेर तर्नै छ ।
उदेश्य लिएँ आकाश छुने पुग्ला कि नपुग्ला?
सौंन्दर्य भर्दै "प्रभा"नै बनी उज्यालो छर्नै छ।