19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल योगेन्द्र श्रेष्ठ January 10, 2011, 11:38 am

तिमीलाई भेट्न भनि,नौ डाँडा काटेर आएँ ।

बोकि ल्याको महङ्गो सुन,बाटैमा साटेर आएँ ।।

हरपल तिम्रै मात्र यादले सताउदा मलाई ।

साथीसंगी आफन्त सबैलाई ढाँटेर आएँ ।।

माया गर्छु भनि देऊ, अंगालो नै हालिदेऊ ।

जुनी जुनी संगै रहुँ प्रेमको डोरी बाटेर आएँ ।।

कति राखौ मनमा कुरा गाठो पारि पारि अझै ।

डर संकोच सबै त्यागी आज त आँटेर आएँ ।।

फूलमाला तयार गरि प्रतिक्षामा बसे हुन्छ,

द्रुतमार्ग अवरोधका नीलकाँडा छाँटेर आएँ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।