मनको कुरा मनैभित्र नलुकाउनु अबदेखि
नबोलेरै मेरो चित्त नदुखाउनु अबदेखि
झर्किझर्की तर्कितर्की बस्ने बानी छोड काली
जिद्दिगरी आफैलाई नरुवाउनु अबदेखि
ओंठ टोकि मुसुमुसु हाँसिराख हेरिरन्छु
पछ्यौरीमा माया लुकाई नसताउनु अबदेखि
मेरो मुटु चौबन्दिको तुनाछेउ बाँध बरु
आफ्नै मुटु काट्दै टाल्दै नसिलाउनु अबदेखि
लण्डन