19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेघ गर्जन अघि

कविता सुचन प्रधान January 14, 2011, 12:19 pm

मेघ गर्जन अघि

आमा तिम्रो आँखामा

एउटा विप्लवको स्वप्न देख्न पाउँ ।

मैले हृदयमा केही पनि राखेको छुइन ।

बस, यौटा विप्लवको कविता

मेघ गर्जन अघि मेरा

खेतला मित्रहरूलाई सुनाउँन पाउँ।

वैसाखी घामले पट- पटी फुटेको खेत

असारको मेघ गर्जन अघि

मेरा किसान भाइहरूले

विप्लवको बिरूवा रोपुन्।

प्रिये अब अन्तिम इच्छा यही छ

मैले जो आफ्नो भने

आज पो थाहा भयो

यो त सब संसारको रहेछ

मैले भ्रम पालेर बसेछु।

आउ अब तिम्रो ओंठमा

मेरो ओठले एउटा विप्लवको कविता कोरी राख्छु।

अन्तिम मेघ गर्जन अघि

तिम्रो पसिनाको थोपा- थोपामा

आगोको कथा भनिराख्छु।।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।