19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वृद्ध सपनाहरु

कविता सुदीप पाख्रिन January 16, 2011, 1:31 pm

जब जब

घरमुनिको

नरिवलको बोटको हाँगामा बसेर

एक हुल कागहरु दिक्कै लागुन्जेल

काग काग ! कराउथ्यो- एका बिहानबिहानैदेखि

तब तब

मेरी बूढी हजुरआमाका वृद्ध आँखाहरु

पर............

बाटोको उपल्लो छेउसम्म

परदेशिएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो

अनि

स्वचालित ढंगले

केही सपनाहरु बुनिन्थ्यो

न कुनै कु्रसहरु

न त हातहरु नै देखिन्थे आँखाहरुमा

र पनि

वृद्ध सपनाहरु बुनिन्थे- वृद्ध आँखाहरुमा

काग कराउनु

अनि खबर आउनु बीच

कुनै नाता नरहे भैmं,

आँखाहरु

र सपनाहरुको पनि

आजभोलि

कुनै सम्बन्ध छैन

जीवन

र रहरहरु पनि कहीं कतै सम्बन्धित छैन

तरैपनि

जबजब

घरमुनिको

नरिवलको बोटका हाँगाहरुमा बसेर

एक हुल कागहरु दिक्कै लागुन्जेल

काग काग ! कराउथ्यो एका बिहान बिहानैदेखि.......

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।